इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठुलो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ एवम् संस्थागत बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।गणतन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश राजधानी विराटनगरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । समारोहअघि विराटनगरमा प्रभातफेरी निकालिएको थियो भने वीरेन्द्र सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने आकर्षक झाँकीहरू प्रस्तुत गरिएको थियो ।समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको
इटहरी । कोशी प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहबाट जारी भएका कानुनलाई डिजिटल माध्यमबाट व्यवस्थित र अभिलेखीकरण गर्ने अभियान सुरु गरेको छ । नेपालमा सङ्घीयता कार्यान्वयनपछि स्थानीय तहले ठुलो सङ्ख्यामा ऐन, नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड जारी गर्दै आएका छन् । प्रदेश सरकारले पनि आफ्नो अधिकारक्षेत्रभित्र विभिन्न कानुन निर्माण गरेका छन् तर ती कानुन एकीकृत रूपमा अभिलेखीकरण नहुँदा दोहोरोपन र पहुँचको समस्या भएको थियो । धेरै स्थानीय तहका कानुन सम्बन्धित स्थानीय तहको कार्यालय वा वेबसाइटमा सीमित थिए भने कतिपय कानुन सार्वजनिक पहुँचमै थिएनन् । कानुन कार्यान्वयन गर्ने कर्मचारी, अनुसन्धानकर्
इटहरी। सुनसरीको इनरुवाका विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनुभएको छ । प्रदेश सरकारले बुधबार राति उहाँलाई सदस्यसचिवमा नियुक्त गरेको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डमा विगत सात महिनादेखि सदस्यसचिव पद रिक्त रहेको थियो । इनरुवा नगरपालिका–३ निवासी घोष करातेका पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । उहाँ लामो समयदेखि क्रिकेटसँग समेत आबद्ध रहँदै आउनुभएको छ ।घोषले विदेशी टोलीसमेत सहभागी गराएर प्रत्येक वर्ष सुनसरीमा एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । उहाँ साढे तीन दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । सामाजिक विकासमन
इटहरी । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम मङ्गलबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रदेश सभामा सांसदहरूले उठाएका जिज्ञासा र आलोचनाको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विस्तृत जवाफ दिएपछि सभाले यसलाई सर्वसम्मत पारित गरेको हो ।नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी सांसदहरूले सरकारको लक्ष्य र क्षमतामाथि कडा प्रश्न उठाएका थिए । पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्र राईले सरकारले नीति तथा कार्यक्रममा ठुला र कार्यान्वयन नहुने योजना ल्याएर जनतालाई भ्रममा पारेको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारले आयोजना गरेको लगानी सम्
इटहरी। कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते भव्यरुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । यही जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरुको नेतृत्वमा र अन्य कार्यालयहरुमा कार्यालय प्रमुखहरुको नेतृत्वमा सरसफाइ गर्ने तथा साँझ दीपावली गरिनेछ । यसैगरी, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट बिहान प्रभातफेरि निकालिने र मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बो
इटहरी । आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनौट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन् । सोमबार विराटनगरमा आयोजना गरिएको प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रदेश स्तरीय समिक्षा कार्यक्रममा सहभागिहरुले निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको छनौट गर्दा मतदाता संख्यालाई ध्यान दिनुपर्ने जिकिर गरेका थिए । उनीहरुले निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको पालनामा कडाइ गर्न पनि आग्रह गरेका छन् । निर्वाचन आयोगले आयोजना गरेको सो कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले गत फागुन २१ गते भएको निर्वाचन शान्तिर्पूण,
इनरुवा सुनसरी /३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा सुनसरीको इनरुवामा आयोजित कार्यशालामा सहभागी वक्ताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई समयअनुसार सुधार गर्दै जनतामुखी बनाउनुपर्नेमा जोड दिएका छन्। मदन भण्डारी स्मारक संरक्षक समाजद्वारा आयोजित कार्यक्रममा एमालेसँग आबद्ध नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।“नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपाय” विषयक कार्यशालामा सुबोधराज प्याकुरेलले कार्यपत्र प्रस्तुत गर्दै वाम आन्दोलनमा देखिएका नीतिगत, संगठनात्मक तथा कार्यशैलीगत समस्याबारे विश्लेषण गर्नुभयो। उहाँले अनुभव, इतिहास र कार्यदक्षताको समन्
इटहरी । “स्थानीय सरकारमा सामाजिक न्याय” भन्ने नारासहित दलित जनप्रतिनिधिहरूसँग नीति संवाद कार्यक्रम सुनसरीको इटहरीस्थित सत्संग भवनमा सम्पन्न भएको छ । स्थानीय तह दलित जनप्रतिनिधि सङ्घ नेपालद्वारा आयोजित उक्त कार्यक्रम दलित लाईभ्स म्याटर ग्लोबल एलायन्सको समन्वय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश सहयोग कार्यक्रम विराटनगर, कोशी प्रदेशको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता स्थानीय तह दलित जनप्रतिनिधि सङ्घ नेपालका अध्यक्ष दीपक विश्वकर्माले गर्नुभएको थियो। उद्घाटन सत्रका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो रहनुभएको थियो भने समापन सत्रका प्रमुख अ
इटहरी । सरकार एवं प्रधानमन्त्री उत्तरदायी हुनु संवैधानिक दायित्व मात्रै नभएर लोकतान्त्रिक संस्कृतिको आधारभूत मूल्य हो। यतिबेला सरकारको नेतृत्व गरि रहेका प्रधानमन्त्री बालेन्द्र साहले संसदप्रति उत्तरदायी नभएको विषय सवैतिर आलोचना बनेको छ।यही विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमबाट विधिको शासनप्रति जवाफदेही बनाउन सङ्घीय सरकारको ध्यानाकर्षण गराउनेसहित २८ बुँदे निर्णय गर्दै कोशी सङ्कल्प पत्र सार्वजनिक गरेको छ। सङ्कल्प पत्रमा सङ्घीय सरकारलाई विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ रहँदै संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मान
इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । शनिबार विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकालाई आफ्नो मातहतमा राख्न खोज्नु कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभयो । शक्ति सन्तुलनको सिद्धान्तमाथि प्रहार भएको टिप्पणी गर्दै उहाँले सरकारलाई जिम्मेवा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.