राजनीति

    Showing १६१-१७० of २,३०४ items.
  • उदयपुर १ रास्वपाका पारशमणि गेलाल निर्वाचित

    इटहरी। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का पारशमणि गेलाल विजयी भएका छन्।गेलाल करिब १९ हजार मतान्तरले विजयी भएका हुन्। उनले ३० हजार ५९० मत ल्याउँदा श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ११ हजार ६०६ मत मात्र ल्याएका छन्।यसअघि उदयपुर २ मा रास्वपाकै सूर्यबहादुर तामाङ सात हजार मतको अन्तरले निर्वाचित भइसकेका छन्। तामाङ १४ हजार ८०२ मत पाएर विजयी हुँदा नेकपा ९एमाले०का अम्बरबहादुर रायमाझीले सात हजार ६४८ मत पाएका छन्। 

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १५१ पटक पढिएको
  • भोजपुरमा श्रम संस्कृति पार्टीको अग्रता

    इटहरी । भोजपुर जिल्लाको पछिल्लो मतपरिणामअनुसार श्रम संस्कृति पार्टीको ध्रुवराज राईले चौध हजार २४१ मतको साथ अग्रता कायम गरेको छ। नेकपा ९एमाले० को शेरधन राई बाह्र हजार ३१९, नेपाली कांग्रेसको बालकृष्ण थापा ८, २०९, राष्ट्रिय स्वतन्त्रता पार्टीको रमेश ओझाको पाँच हजार ९३७ र  नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले पाँच हजार ३७२ मत प्राप्त गरेका छन्।अरुण, आमचोक, टेम्केमैयुङ, पौवादुङ्मा,भोजपुर, रामप्रसाद, षडानन्द र साल्पासिलोच्छो मत गनिसक्दाको मतपरिणाम रहेको छ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २२० पटक पढिएको
  • बर्दिया–१ मा रास्वपाका थारु विजयी

     इटहरी  । बर्दिया निर्वाचन क्षेत्र न। १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुर सिंह थारु विजयी भएका छन्। उनी  ४९ हजार ६३१ मत पाएर विजयी भएका हुन्।  उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन्।  यस्तै नेपाली कांग्रेसका संजय कुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन्।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १५१ पटक पढिएको
  • ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार जगदीश खरेल भारी मतका साथ निर्वाचित भएका छन् ।ललितपुर क्षेत्र नम्बर २ की निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेल ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरे । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ र नेकपा ९एमाले०का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् ।कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १७६ पटक पढिएको
  • सिराहा–१ मा रास्वपा का बब्लु गुप्ता फराकिलो मतले विजयी

    इटहरी । सिराहा निर्वाचन क्षेत्र नं। १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ता फराकिलो मतान्तरले विजयी हुनुभएको छ। निर्वाचन कार्यालय सिराहाका प्रमुख राजन श्रीवास्तवका अनुसार, गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरीले नौ हजार ७८४ मत प्राप्त गर्नुभएको छ। सिराहा–१ मा रहेका ४१ वटै वडामा प्रथम स्थान हासिल गर्न सफल गुप्ताले, कांग्रेसका पुराना नेता चौधरीभन्दा चार गुणभन्दा बढी मत प्राप्त गर्दै विजयी हुनुभएको हो। तेस्रो स्थानमा नेकपा एमालेका पूर्व प्रतिनिधि सभा सदस्य राम शङ्कर यादवले सात हजार ८८६ म

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १४५ पटक पढिएको
  • सप्तरी १ मा रास्वपाकी पुष्पाकुमारी चौधरी विजयी

    इटहरी । सप्तरी १  मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की पुष्पाकुमारी चौधरी विजयी भएकी छिन्। उनले ३८ हजार १९५ मत ल्याएका हुन्। चौधरीका प्रतिस्पर्धी स्वाभिमान पार्टीका उम्मेदवार सुमित कुमार ३० हजार ३४८ मतान्तरले पराजित भएका  हुन् ।सुमित कुमारले सात हजार ८४७ मत ल्याएका छन् । तेस्रो नम्बरमा नेकपा ९एमाले० का सुमनराज प्याकुरेलले सात हजार ६५२ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १६० पटक पढिएको
  • सुहाङले दिए मतदातालाई धन्यवाद, जनअपेक्षा पुरा गर्न प्रयत्न गर्ने प्रतिवद्धता

    इटहरी । प्रतिनिधिसभा निर्वाचनमा इलाम  क्षेत्र नम्बर–२ बाट निर्वाचित नेकपा एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङले मतदाताप्रति आभार व्यक्त गर्दै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।निर्वाचन परिणाम सार्वजनिक भएपछि एक  सन्देश जारी गर्दै नेम्वाङले इलामेली आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूले देखाएको माया, विश्वास र भरोसालाई मतमा परिणत गरी आफूलाई प्रतिनिधि चुनिएको बताएका छन् । उनले उक्त जित आफू मात्रको नभई सम्पूर्ण इलामेली जनताको साझा विजय भएको बताएका छन् ।नेम्वाङले मतदाताले दिएको अमूल्य मतलाई इलामको समृद्धि र भावी पुस्ताको उज्यालो भविष्यका लागि गरिएको ठूलो लगानीका रूपमा लिएको उल्

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १९३ पटक पढिएको
  • २२ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक हुँदा रास्वपाले जित्यो १५ सिट

    विराटनगर । कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमध्ये २२ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये १५ वटा सिटमा रास्वपाका उम्मेद्वारले जितेका छन् । रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगामा क्लीनस्वीप गरेको छ । रास्वपापछि नेपाली कांग्रेस रहेको छ । कांग्रेसले हालसम्म ३ सिटमा विजयी बनेको छ । एमालेले ३ र श्रम संस्कृति पार्टीले १ सिटमा विजयी भएको छ । ताप्लेजुङमा एमालेका क्षितिज थेबेले बाजी मारे । उनले कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बूलाई पराजित गरेका हुन् । यस्तै पाँचथरमा भने कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भए । उनले निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २११ पटक पढिएको
  • ओखलढुङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का विश्वराज पोखरेल विजयी

    इटहरी । ओखलढुङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का विश्वराज पोखरेल विजयी हुनुभएको छ। नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई मात्र ५ मतले पछि पार्दै पोखरेल विजयी हुनुभएको हो। अन्तिम मतपरिणाम अनुसार पोखरेल १३ हजार ९५३ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गर्नुभएको छ। यस्तै, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अम्बीरबाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले० की अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गर्नुभएको छ। कुल ५८ हजार ८९१ मत खसेकामा ५५ हजार ५३५ मत सदर र ३ हजार ३५६ मत बदर भएको मुख्य निर्वा

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १९९ पटक पढिएको
  • झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर विजयी

    इटहरी ।  झापा क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर विजयी हुनुभएको छ। उहाँले निवर्तमान सभामुख समेत रहनुभएका नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गर्नुभएको हो। निर्वाचन अधिकृतको कार्यालय झापा–२ का अनुसार विजयी निवर्तमान उपसभामुख राना मगरले ६० हजार ११० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभएको छ। यसैगरी, श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी ७ हजार २९१ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५ हजार ६१६ मत प्राप्त गर्न

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]