तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत तेह्रथुमका विभिन्न पालिकामा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेको छ।अभियानका क्रममा म्याङ्लुङ नगरपालिका, लालीगुराँस नगरपालिका लगायतका विभिन्न स्थानमा पुगेर पार्टी नेतृत्व, शुभेच्छुक तथा स्थानीय नागरिकसँग भेटघाट गरिएको हो। भेटघाटका क्रममा स्थानीय नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, चासो, गुनासा तथा सुझावहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै सरकारले हालसम्म गरेका काम, उपलब्धि र सकारात्मक पहलका विषयमा जानकारी गराइएको थियो। साथै, सरकारका कामप्रति नागरिकको धारणा बुझ्ने प्रया
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको तेस्रो पूर्ण बैठकले प्रदेश सदस्य सुनिल भुसाललाई प्रदेश सचिवालय सदस्यमा नियुक्त गर्ने निर्णय अनुमोदन गरेको छ।कोशी प्रदेश समितिको तेस्रो पूर्ण बैठकबाट भुसाललाई प्रदेश सचिवालयमा जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको हो। पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै प्रदेश तहमा पार्टीका गतिविधिलाई सक्रिय रूपमा अघि बढाउने उद्देश्यले उनलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ।पार्टीमा निरन्तर सक्रिय रहँदै आएका भुसाल पर्यटन, शिक्षा तथा व्यवसाय क्षेत्रमा समेत लामो अनुभव भएका व्यक्ति हुन्। नयाँ जिम्मेवारीसँगै उनले पार्टीको संगठन वि
सृजना ठाकुर ,इटहरी । स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारदाता तथा कामको खोजीमा रहेका युवालाई प्रत्यक्ष सम्पर्कमा जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा सातदिने ‘सीप तथा रोजगार मेला–२०८३’ सुरु भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस मेलाको युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शुभारम्भ गर्नुभएको हो। असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने यस मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाताका ७५ भन्दा बढी स्टलहरू राखिएका छन्। कार्यक्रममा बोल्दै सभामुख अर्यालले युवाहरूल
सुन्दरहरैंचा । विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रालाई निरन्तरता दिँदै सुन्दरहरैंचा नगरपालिका–४ का पूर्व वडा सदस्य रविन दाहाल नेपाली कांग्रेसको नगरस्तरीय नेतृत्वमा जिम्मेवारी लिने तयारीमा छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने नगर अधिवेशनमा उनले नगर उपसभापति पदमा उम्मेदवारी दिएका छन्।धनकुटाबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरु गरेका दाहालले विद्यार्थी राजनीतिसँगै नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा आफ्नो सक्रियता बढाउँदै लगे। तत्कालीन सशस्त्र द्वन्द्वका कारण धनकुटामा उत्पन्न परिस्थितिपछि सुन्दरहरैंचा–४ मा बसाइँ सरेका उनले त्यसयता स्थानीय सामाजिक तथा
इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सञ्चारकर्मीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आयोजित अन्तरक्रियामा उहाँले प्रदेशको स्वास्थ्य अवस्था, हालसम्मका प्रयास र आगामी रणनीतिक योजनाबारे जानकारी गराउनुभयो। कार्यक्रममा मन्त्री पराजुलीले प्रदेशअन्तर्गतका अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद केन्द्रहरूको अनुगमन गर्दा देखिएका समस्या समाधानलाई प्राथमिकतामा राखेको बताउनुभयो। आवश्यक जनशक्ति, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सामग्रीको उचित व्यवस्थापन गरी सेवा प्रवाहलाई छिटो–छरितो र प्रविधिमैत्री बनाउन मन्त्रालय लागिपरेको उहाँक
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिका वडा नं। २० को वडा अधिवेशनबाट चार जना क्षेत्रीय प्रतिनिधि निर्विरोध तथा सर्वसम्मत निर्वाचित भएका छन्।वडा कार्यसमितिका सभापति अर्जुन बस्नेतको नेतृत्वमा सम्पन्न वडा अधिवेशनबाट मणिराम श्रेष्ठ, सिजन गुरुङ, सुबेक्छु देवान र तनुज गुरुङ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध तथा सर्वसम्मत निर्वाचित भएका हुन्।क्षेत्रीय प्रतिनिधिमा निर्वाचित श्रेष्ठ, गुरुङ, देवान र गुरुङलाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ प्रतिनिधिहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा
सुन्दरहरैचा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन प्रक्रिया सुरु भए पनि मोरङ क्षेत्र नम्बर ६ मा भने अधिवेशन अघि बढ्न सकेन। अधिवेशन रोकिएसँगै यसको कारणलाई लिएर कांग्रेसभित्रै विवाद चर्किएको छ।मोरङ–६ मा वडा अधिवेशन रोकिएको विषयमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाको भूमिकामाथि प्रश्न उठाएका छन्। उनीहरूले क्रियाशील सदस्यता व्यवस्थापन तथा अधिवेशन तयारीमा देखिएको विवादकै कारण वडा अधिवेशन प्रभावित भएको दाबी गरेका छन्।कार्यकर्ता तहमा क्रियाशील सदस्यता वितरणमा संग्रौलाको प्रभाव र हस्तक्षेप रहेको आरोपसमेत उठेको छ। नेताहरूका अन
सृजना ठाकुर ,इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रभित्र पर्ने टेंग्रा खोलामा रहेको सहायक पैदलयात्री पुल भत्काएपछि त्यसका बाँकी अवशेषहरू खोलाभित्रै छाडिँदा आसपासका मानव बस्तीहरू डुबानको गम्भीर जोखिममा परेका छन्। पुराना संरचना ढालेपछि खोलाभित्रै छाडिएका सिमेन्टका ठूला ढिस्का, कंक्रिट, फलामका डन्डी तथा ढुङ्गा–माटोका कारण खोलाको स्वाभाविक बहाव पूर्ण रूपमा अवरुद्ध बनेको छ।वर्षातको समयमा खोलामा पानीको सतह बढ्दा यी अलपत्र अवशेषहरूले प्राकृतिक बाँधको रूप लिने देखिएको छ। खोलाभित्र थुपारिएका निर्माण सामग्रीले लेदो, फोहोर र झाडी रोकेर पानीको निकास ठप्प पार्ने र बाढी सोझै नजिकैका मानव बस्तीहरूतिर सोझ
सुन्दरहरैंचा : कुनै पनि क्षेत्रको विकास केवल ठूला नारा, भाषण र चुनावी आश्वासनले सम्भव हुँदैन। विकासका लागि स्थानीय आवश्यकता बुझेको, जनताको समस्या नजिकबाट महसुस गरेको र कठिन परिस्थितिमा समेत समुदायसँगै उभिन सक्ने नेतृत्व आवश्यक हुन्छ। पूर्वी मोरङको तीव्र गतिमा विकास भइरहेको सुन्दरहरैंचा नगरपालिकामा सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय रहँदै आएका नाममध्ये देवराज तामाङ पनि एक हुन्।व्यवसाय, राजनीति र समाजसेवालाई समानान्तर रूपमा अघि बढाउँदै आएका तामाङ पछिल्लो समय स्थानीय तहको नेतृत्वका विषयमा चर्चामा आउन थालेका छन्। व्यवसायिक क्षेत्रमा हासिल गरेको अनुभवसँगै सामाजिक गतिविधिमा देखाउँदै आएको स
इटहरी । इटहरी उपमहानगरपालिका–५ मा सर्पदंशका कारण ८ वर्षीया बालिकाको मृत्यु भएपछि नेकपा (एमाले) इटहरी–५ वडा कमिटीले पत्रकार सम्मेलन गर्दै आपत्कालीन स्वास्थ्य सेवा र पूर्वाधार विस्तारको माग गरेको छ। पत्रकार सम्मेलनमा वडा कमिटी अध्यक्ष देवी प्रसाद चापागाईंले सर्पदंश लगायतका आकस्मिक उपचारका लागि बालबालिका सहितका बिरामीलाई बारम्बार एक अस्पतालबाट अर्को अस्पताल रेफर गर्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सर्पदंश उपचार केन्द्रहरूमा तत्काल आईसीयू तथा भेन्टिलेटर सुविधा व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग जोडदार माग गर्नुभएको छ । त्यस्तै, सचिव खगेन्द्र कटवालले घटनाको नि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.