इटहरी । यसै वर्षको नोभेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपको बारेमा थुप्रै चर्चाहरू भइरहेका छन् । सहभागी हुने देश, खेल र खेलाडीसँगै विश्वकपमा प्रयोग हुने विभिन्न प्रकारका प्रविधिहरूको विषयमा धेरैको चासो रहेको छ । तापक्रम घटाउने प्रविधिदेखि खेलको क्रममा खेलाडी अफसाइड भएको कुरा पत्ता लगाउनेसम्मका विभिन्न प्रविधिहरू विश्वकपको इतिहासमा पहिलो पटक प्रयोग हुनेछन् । १. कुलिङ प्रविधि कतारमा आयोजना हुने विश्वकपको विषयमा सबैभन्दा ठूलो चुनौती भनेकै त्यहाँको मौसम हो । खाडी मुलुक भएकाले कतारको तापक्रम धेरै हुनु स्वभाविक हो । विश्वकप नोभेम्बर महिनामा सुरु हुनेछ । धेरै तापक्रममा खेल खेल्न न
काठमाडौं। दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ। समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब मड्रिडलाई १-० अन्तरले पराजित गर्यो। दोस्रो लेगमा एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो।घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न सफल भयो । बुधबार नै भएको खेलमा लिभरपुल र बेन्फिकाले ३-३ गोलको बराबरी खेलेपनी समग्रमा ६-४ले विजयी हुँदै सेमिफाइनलको टिकट काट्यो। फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ ।
३० चैत, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबल वर्षैभरि चर्चामा रह्यो । २०७८ सालमा नेपालको महिला राष्ट्रिय टिमले एसियन महिला सेन्ट्रल जोन च्यालेन्ज कपको उपाधि जित्दै सबैभन्दा ठूलो उपलब्धि हासिल गर्यो ।कोभिड-१९ महामारीले गर्दा वर्षको सुरुआती केही महिना प्रभावित बनेपछि घरेलु भलिबल गतिविधि भने निरन्तर भइ नै रह्यो यसवर्ष नेपालको महिला र पुरुष दुवै टिमले सेन्ट्रल जोनमा प्रतिस्पर्धा गरे । महिला टिमले अपराजित रहँदै उपाधि रक्षा गर्दा पुरुष टिम पदकसम्म पुग्न सकेन ।कोभिड-१९ ले गर्दा नेपाली महिला टिमले खेल्ने पक्का भएको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा रद्द हुँदा ठूलो प्रतियोगिता खेल्नबा६ ने
इटहरी उपमहानगरपालिकामा प्रथम वडा स्तरीय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका वडा न ४ को आयोजनामा भएको नगर स्तरीय फुटसल प्रतियोगीता सम्पन्न भएको हो । इटहरी मा रहेका २० वटै वडामा रहेका खेलाडिहरुको पहिचान गरि आयोजना गरिएको फुटसलमा इटहरी वडा न ४ ले उपाधि हात पारेको थियो विजेतालाई नगद प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरिएको थियो । बुधबार भएको खेलमा इटहरी ४ र इटरी २ विच प्रतिस्पर्धा भएको थियो जसमा इटहरी ४ ले २ गोलको अग्रता देखाउदै आफ्नो जित निश्चित गरेको थियो । इटहरीमा रहेका खेलाडि पहिचान र उनिहरुलाई राष्ट्रिय स्तरमा चिनाउन पनि यो खेल आयोजना गरिएको इटहरी उपमहनागर प
२९ चैत, काठमाडौं । सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सनले सानदार ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार गुजरात टाइटन्स विरुद्ध ८ विकेटको जित दिलाए ।लगातार दुई हारबाट सिजनको सुरुवात गरेको हैदरावादको यो लगातार दोस्रो जित हो । कप्तान विलियम्सनले कप्तानी पारी खेल्दै ४६ बलमा ५७ रन बनाए । टी-२० मा विलियम्सनको लागि यो ढिलो पारी हो । तर उनले चार छक्का र २ चौका प्रहार गरे । जसका कारण उनी खेलको म्यान अफ दि म्याच घोषित भए यद्यपी गुजरात टाइटन्सले एक क्षणमा नचुकेको भए न विलियम्सनले यो स्कोर बनाउन सक्थे । अझ खेलको रुप पनि बदलिन सक्थ्यो । चुक्ने खेलाडी कोही नभएर गुजरातका कप्तान हार्दिक पा
लेटाङ । लेटाङ नगरपालिकाले कानेपोखरीमा सम्पन्न अन्तर पालिका स्तरीय अध्यक्ष कपको उपाधि जितेको छ । फाइनलमा बेलबारी नगरपालिकालाई २-० ले पराजित गर्दै लेटाङले उपाधि कब्जा गरेको हो । लेटाङको जितमा दोस्रो हाफमा अनुप मगर र सागर तिवारीले एकएक गोल गरेका हुन्।विजेता लेटाङले ट्रफी सहति रु १ लाख तथा उपविजेता बेलबारीले ट्रफी सहित रु ६० हजार प्राप्त गरेका छन् । विधागत उत्कृष्ट तर्फ लेटाङ नगरपालिकाका राजु मगर उत्कृष्ट डिफेन्डर, सागर विक उत्कृष्ट फरवार्ड, आयुस लिम्बु र अनुप मगर सर्वाधिक गोलकर्ता तथा इन्द्र राई उत्कृष्ट कोच घोषित भए । त्यस्तै बेलबारी नगरपालिकाका सन्तोष दनुवार उत्कृष्ट गो
धरान : विभागीय टिम त्रिभुवन आर्मी क्लबले बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी रङ्गशालामा शनिवार भएको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो। आर्मीका लागि टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे बुढाथोकीले २९ औँ मिनेटमा र खवासले ४० औ मिनेटमा गोल गरे ।आयोजकका तर्फबाट विजय भुजेलले ६९ औँ मिनेटमा १ गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका भरत खवास घोषित हुँदै नगद १० हजार हात पारे । भोलिको खेल 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी र कञ्चनजंगा फुटबल क्लब भारत बिच
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा वडा अध्यक्ष गोल्डकप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आयोजक सुन्दरहरैँचा नगरपालिका वडा नं ६ रहेको छ भने सह आयोजकका रुपमा सिद्धार्थ समाज युवा क्लब रहेको छ । प्रतियोगिताको पहिलो खेलमा आयोजक टोली वडा नं ६ विजयी भएको छ । वडा नं छ स्थित शिद्धार्थ खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा वडा नं ६ ले वडा नं २ माथि २—० अन्तरको जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । उद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा रहनुभएकी सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको अध्यक्षका रुपमा आयोजक वडाका
सुन्दरहरैचा। मोरङको सुन्दरहरैचा वार्ड नं ५ स्थित बलियामा प्रदेश नम्बर १ स्तरिय तेक्वान्दो प्रतियोगिता समापन भएको छ ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ तीनपैनी तेक्वान्दो डोजाङको आयोजनामा वडा नं ५ स्थित वलियामा २ दिने प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा १० जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।तेक्वान्दो प्रतियोगितामा मुख्य निर्णायकका रुपमा ज्ञानेन्द्र विक र पिताम्बर पौडेल रहेका थिए भने प्रतियोगितामा पुरुष तथा महिला तर्फ विभिन्न तौल समुह विच प्रतिस्पर्धा भएको थियो ।कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समय देखि रोकिएको खेल गतिविधिहरुलाई सुचा
सुन्दरहरैँचा नगरपालिका वडा न ४ मा हुन लागेको प्रदेश नं १ स्तरिय तेक्वान्दो प्रतियोगितालाई वडा कार्यलले खेल सामाग्री हस्तान्तरण गरेको छ । चैत्र ११ गते बाट तीनपैनी तेक्वान्दो डोजाङ्गले आयोजना गर्न गइरहेको उक्त खेलमा प्रदेश १ का विभिन्न स्थानबाट खेलाडिहरुको सहभागीता रहेने क्लबले जानकारी दिएको छ ।कोरोनाको प्रत्यक्ष चापमा परेको खेल क्षेत्रलाई केहि माथि उडाउन र खेलाडिहरुको पहिचानका लागी पनि यो खेल आयोजना गरेको क्लबले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले वडामा रहेका खेलाडिहरुको पहिचान र उनिहरुलाई राष्ट्रिय क्षेत्रसम्म पुर्याउने उदेश्यका साथ खेलकुदमा वडाले सहयोग गर्ने ब
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.