खेलकुद

    Showing ७११-७२० of ७७७ items.
  • लिभरपुलको जित

    सन् २०२२ को अन्तिम खेलमा लिभरपुलले जित निकालेको छ । प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो । लिभरपुलको जितमा लेस्टर सिटीका वुल्ट फेसले दुई आत्माघाति गोल गरे । खेलको चौथो मिनेटमा डेवस्बुरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो । तर ३८ र ४५औं मिनेटमा फेसले लगातार आत्माघाति गोल गरेपछि लेस्टर अग्रता जोगाउन असफल भएको हो । दोस्रो हाफमा दुबै टोलीले गोलका अवसर शृजना गरेपनि सदुपयोग गर्न सकेनन् । जितपछि लिभरपुलि १६ खेलबाट २८ अंक सहित छैटौं स्थानमा छ । लेस्टर १७ खेलबाट १७ अंक सहित १३औं स्थानमा छ । 

    • प्रकाशित मितिः पुस १७, २०७९
    • १४९ पटक पढिएको
  • सुषमा गोदावरीले आयोजना गरेको साइन्स ओलम्प्याडको विजेता गौतम

    इटहरी । विज्ञान विषयमा विद्यार्थीहरुको आकर्षण वढाउने उद्धेश्यले सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले आयोजना गरेको  साइन्स ओलम्प्याड तेस्रो संस्करणको विजेता ब्राइटफ्युचर सेकेण्डरी स्कुल इटहरीका चिमेश गौतम वन्न सफल भएका छन ।       सुनसरी र मोरगंका ७० विद्यालयहरुका २सय विद्यार्थीले विभिन्न चरणमा सहभागिता जनाएको साइन्स ओलम्प्याडमा गौतम प्रथम बनेका हुन ।      विद्यार्थीहरुलाई विषयगत अध्ययन पाढयपुस्तकको ज्ञानको अतिरिक्त अन्य धेरै अवसर प्राप्त गर्न सकिएको खण्डमा विद्यार्थीले आफना क्षमता प्रस्फुटन गर्न सक्छन त्यसैले सुषमा गोदावरी कलेजले सुनसरी र मोरगंका व

    • प्रकाशित मितिः पुस १०, २०७९
    • १४६ पटक पढिएको
  • ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

    काठमाडौँ /  दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।   कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा  फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ । अर्जेन्टिना विश्वपकपको समूह चरणको पहिलो खेलमा साउदी अरेवियासँग पराजित भएपनि उपाधि उचाल्न सफल भयो । अर्जेन्टिना यसअघि सन् २०१४ मा फाइनल पुगेको थियो । उक्त फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।खेलको २३औं मिनेटमा अर्जेन

    • प्रकाशित मितिः पुस ४, २०७९
    • १४५ पटक पढिएको
  • विश्वकपमा क्रोएसिया तेस्रो

    कतार  / फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।  कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिवार तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई  २-१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक(एक गोलको बराबरीमा ल्याए ।खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले  गोल गर्दै फेरि अग्रता दिलाए ।  जुन गोल नै क्रोएसियाको जितका

    • प्रकाशित मितिः पुस ३, २०७९
    • १२९ पटक पढिएको
  • विश्वकप फुटबल: क्रोएसियामाथि शानदार जितसहित अर्जेन्टिना फाइनलमा

    कतार  / अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ ।  कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३(० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३(० गोलअन्तरको जीत सुनिश्चित ग¥यो । जीतसगै अर्जेन्टिनाले सन् २०१८ मा

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • १९४ पटक पढिएको
  • धरान रनमा यस पटक प्रत्येक धावकमा चिप टाइमिङ सिस्टम लगाइने

    धरान : धरान रन समूहले आउँदो फागुन १३ गते एघारौँ अन्तर्राष्ट्रिय नेवा च्यारिटी दौड प्रतियोगिता आयोजना गर्ने तयारी प्रारम्भ गरेको छ । यसपालि धरान रन एघारौँ वर्षमा प्रवेश गर्ने भएकोले प्रतियोगितालाई फरक ढङ्गमा सम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष रमु राईले शुक्रवार पत्रकार सम्मेलनमा बताएका छन् । प्रतियोगितामा यसपालि दौडको ठिक समय मापनकालागि चिप टाइमिङ सिस्टम प्रयोग गरिने अध्यक्ष राईले बताए । यो प्रणाली नेपालमा पहिलो पटक धरान रनले प्रतियोगितामा प्रयोग गर्न लागेको उनको भनाई छ । उनले भने ‘चिप सिस्टममा प्रत्येक धावक, धाविकामा लगाइन्छ र यसले धावकले कति समयमा कति दुरी पुरा गरेको हो त्यसको सही मापन द

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • १८४ पटक पढिएको
  • सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

    इटहरी । नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३०  हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३०  हजार ३७१ मत प्राप्त गरेका छन् ।  नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् । 

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • १३१ पटक पढिएको
  • कतार विश्वकप फुटवल : आज चार खेल हुँदै : अर्जेन्टिनालाई जित्नै पर्ने दबाव, पोल्याण्डलाई बराबरी भए पुग्ने

    इटहरी । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बुधबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट शुरु हुनेछ । यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटर फाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।फ्रान्सले तालिकामा २ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा पुगेको हो । त्यस्तै अष्ट्रेलियाको ३ अंक हुँदा डेनमार्क र ट्युनिसियाको सम

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • १३५ पटक पढिएको
  • विश्वकपका आधा खेल सम्पन्न, समूह चरण पार गर्ने कसको सम्भावना कति ?

    एजेन्सी । विश्वकप फुटबलका ६४ मध्ये ३२ खेल सकिएको छ। आज समूह चरणका अन्तिम खेल सुरु हुनेछन्। समूह चरणका १६ खेलपछि नकआउटमा पुग्ने सबै टोलीको टुंगो लाग्ने छ। अहिलेसम्म सबै टोलीले दुई दुई खेल खेलेका छन्। अब एक एक खेल खेलेपछि कतार पुगेका १६ टोली घर फर्किँदा बाँकी १६ टोली अघिल्लो चरण प्रवेश गर्नेछन्। हरेक समूहका विजेता र उपविजेता नकआउटमा पुग्दा तालिकाको अन्तिममा रहने दुई टोली बाहिरिने छन्। अहिलेसम्म कुन समूहमा कुन टोलीको अवस्था कस्तो छ? समूह एसमूह ए का तीन टोलिको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी छ। यो समूहमा रहेको आयोजक कतार एक खेलअघि नै बाहिरिने निश्चित भएको छ। अंक तालिका

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • १२७ पटक पढिएको
  • कतार विश्वकप फुटबलमा आज चार खेल : ब्राजिल र पोर्चुगल मैदान उत्रदै

    एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ मा आज  समूह चरणका चार खेल हुँदैछ । समूह चरण अन्तर्गत समूह जी र समूह एच का दुई दुई खेलहरु हुनेछन् ।समूह जी मा रहेको क्यामरुन र सर्बिया बीच पहिलो खेल हुनेछ । क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । दोस्रो खेलमा समूह एच मा रहेको दक्षिण कोरिया र घाना बीच हुनेछ । यो खेल पौने ७ बजे सुरुहुनेछ । पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा छ । ब्राजिल र स्विट्जरल्यान्ड बीचको खेल पनि आजैछ । समूह जी मा रहेको ब्राजिल र स्विट्ज

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • १३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]