मोरङ / बिराटनगरका सामुदायिक बिद्यालयका छात्राहरुलाई एकदिने "महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ बिराटनगर महानगर कमिटीको आयोजनामा भएको कार्यक्रम महासंघका स्थायी कमिटी सदस्य बिराटनगर महानगरपालिका कमिटीका उत्प्रेरक मनोज बिक्रम शाहको अध्यक्षता तथा नेकपा एमालेका युवा नेता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथ्यतामा बिराटनगरको सहिद मैदान स्थित कवर्ड हलमा सम्पन्न भएको छ । कार्यक्रममा २० ओटा बिध्यालय बाट करिब १०० जना भन्दा बढी बिध्यार्थीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा महासंघ केन्द्रीय खेलनीति तथा अनुसन्धान आ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई भेटेका छन् । उनले एसीसी कपको लागि पाकिस्तान जान लागेको क्रिकेट टीमलाई भेटेर शुभकामना दिएका छन् ।उनले सोमबार साँझ बसेरा होटलमा खेलाडीहरुलाई भेटेर खेलका लागि शुभकामना दिएका हुन् साथमा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले आफ्नो भनाई राख्दै बिभिन्न समयमा खेलकुदबाट राष्ट्र चिनाउने काम भएकोले खेलकुद महासंघको नेतृत्वमा खेलाडीलाइ सम्मान जनक जिवन जिउन सक्ने वातावरण बनाउने बताउदैं क्रिकेट टोलीलाइ शुभकामना दिएका छन ।एसीसी कप खेल्न नेपाली क्रिकेट टोली बुधबार पाकिस्तान प्रस्थान गर्दैछ ।
सुनसरी । नेपालकै प्रतिष्ठित हराईजन कप बास्केटबल प्रतियोगिता हुँदै आएको धरान उपमहानगरपालिका १७ स्थित श्री माविमा रहेको हराईजन बास्केटबल कोर्टमा धरान नगरपालिकाले डोजर चलाएको छ। धरानकै पुरानो तथा प्रतिष्ठित बास्केटबल कोर्टमा नगरप्रमुख साम्पाङको नेत्रित्वमा शनिवार साँझ डोजर चलाएका हुन ।भूतपूर्व गोर्खा लाहुरेहरूको श्रमदानबाट २०४५ सालमा निर्माण भएको धरानकै पहिलो सामुदायिक बास्केटबल कोर्ट भत्काएर नगरप्रमुख राईले सो स्थानमा विद्यालय भवन बनाउने भन्दै डोजर चलाएको बताएका छन् ।उक्त बास्केटबल कोर्टमा सातौँ संस्करणसम्मको हराईजनकप राष्ट्रिय बास्केटबल प्रतियोगिता सम्पन्न भैसकेको छ । यस्तै उक्त
बेलबारी / दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिताका बिजेता ४ जना महिला खेलाडी मोरङको बेलबारीमा सम्मानित गरिएको छ ।तेक्वान्दो खेलको माध्यायमबाट देश तथा बिदेशमा परिचित गराउन सफल खेलाडीहरुलाई बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) ले बधाई तथा शुभकामना दिएकी छिन् । उनले खेलाडीहरुले बेलबारीको नाम उच्च बनाएकोमा गर्व महशुस भएको समेत बताईन् । ७ औँ दक्षिण एशियाली तेक्वान्दो आईटिएफ (ITF) प्रतियोगिताका बिजेता खेलाडीहरुलाई डाँगीहाट आईटिएफ (ITF ) तेक्वान्दो डोजाङले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उपप्रमुख कोईरालाले यस्तो बताएकी हुन् । कार्यक्रमम
काठमाडौं / नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाइगर्सले ग्लोबल टी-ट्वान्टी क्यानडा उपाधि जितेको छ ।आज बिहान सम्पन्न फाइनलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सलाई पाँच विकेटले हराउँदै टाईगर्सले उपाधि जितिसकेको छ ।सीएए सेन्टर ओन्टारियोमा टाइगर्सलेले टस जितर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।सर्रेका लागि ओपनर जतिन्दर सिंहले सर्वाधिक ५६ रनमा अविजित इनिङ्स खेले । आयन खानले २६ रन बनाए । टाइगर्सका आयन अफजल खानले २ तथा कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान १-१ विकेट लिएका लिएका थि
सुनसरी / इटहरी उपमहानगरपालिकामा १८ वटा कलेज सहभागी दुई दिने कोशी प्रदेश स्तरीय "Inter College Futsal Tournament -2080" सम्पन्न भएको छ । कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगीता एस डि फुटसल इटहरीको आयोजनामा सम्पन्न भएको हो । कोशी प्रदेशका १८ वटा कलेज सहभागी रहेका फाइनल खेलमा धरान सिटी कलेज र इटहरी नमुना कलेजको प्रतिस्पर्धा भएको थियो । धरान सिटी कलेजले विजेता र इटहरी नमुना कलेजले उपबिजेताको उपाधि हात पारेको थिए। विजेतालाई नगद प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरिएको थियो । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं प्रदेश खेलकुद विकास समितिका संस्थापक सदस्य-सचिव पर्शुराम
तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्
सुनसरी / इटहरीका विकास गुरुङ झापाको बिर्तामोडमा आयोजित प्रदेश १ स्तरीय स्नुकर २०८० को च्याम्पियन बनेका छन् । उनले धरानका बालकुमार लिम्बूलाई पराजित गर्दै उपाधि चुमेका हुन् ।बिर्तामोड स्नुकरले साउन ४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा धरानका लिम्बूलाई बेस्ट अफ ११ मा ६-१ फ्रेममा पराजित गर्दै विकास गुरुङले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । रनरअप बनेका लिम्बूले नगद २५ हजार र ट्रफीमा चित्त बुझाए ।प्रतियोगिताकै बेस्ट प्लेयर फिदिमका सन्तोष राई बने । यस्तै, हाइएस्ट ब्रेक विराटनरका सरोज गौतम बने । उनको ब्रेक सर्वाधिक ९७ रह्यो । उनीहरुले जनही १०-१० हजार पाए ।अन्तिम चारबाट बाहिरिएका विराटनगरका सरोज गौतम र
इटहरी । मोटर स्पोर्ट्समा काम गर्ने संख्या नासा नेपालको कोशी प्रदेश संघ गठन भएको छ ।मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम , रोड सेफ्टी र खेलकुद क्षेत्रमा संलग्न युवाहरुको भेलाले सनिबार इटहरीमा १६ सदस्यीय प्रदेश संघ गठन गरेको हो । नासा नेपालका सचिब निरज खड्का क्षेत्रिको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद बिकाश वोर्ड सदस्य सचिव हंसराज वाग्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले व्यवसायी प्रकाश कपुरीको अध्यक्षतामा प्रदेश संघ गठन गरेको हो । संघको उपाध्यक्षमा रमण भट्टराई, सुमन भट्टराई र डा. राम बाबु गिरि रहेका छन् भने सचिवमा सन्तोष कुमार थापा र
सुनसरी /पाँचौ औँ नेकोस ओपन तेक्वान्दो खेलाडीलाई सम्मान गरिएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा तेक्वान्दो सुनसरीका खेलमा सहभागी हुने टिमलाई सम्मान गरिएको छ ।कार्यक्रमको अध्यक्षता राष्ट्रिय तेक्वलो सङ सुनसरी जिल्ला कार्यका उपाध्यक्ष खगेन्द्र कटुवाल, इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी , विशिष्ट अथिति कविर माध्यमिक विद्यालयका प्रधानध्यापकका मिनु न्यौपाने , तेक्वान्दो कोज हरि बुढाथोकी ,राष्ट्रिय तेक्वलो संघका पुर्व अध्यक्ष ज्ञानु विश्वकर्मा , अथिति नागरिक समाजका प्रतिनिधि पदम अधिकारी ,राष्ट्रिय संघ नगर समितिका अध्यक्ष विमल गुरूङ , वाई पोइटिङ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.