खेलकुद

    Showing ४८१-४९० of ७७६ items.
  • वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेटमा लुम्विनी अपराजित हुँदै शिर्ष स्थानमा अर्को खेलमा सूदुरपश्चि पनि विजयी

    इटहरी । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र सूदुरपश्चि प्रदेशले विजयी  भएका छन् । प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय २ रनको झिनो योगफल बनायो । गण्डकीका कप्तान अर्जुन कुमालले ३५ रन बनाउँदा सिब्रिन श्रेष्ठले २५ रनको योगदान दिए । सूदुरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ८ दशमलव ५ बलमा ३ मेडन राख्दै १३ रन मात्र खर्

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • १९० पटक पढिएको
  • दोस्रो अन्तराष्ट्रिय आमन्त्रित भेट्रान फुटबल प्रतियोगिता हुँदै

    इटहरी । चौबिसे गाउँपालिकामा गत बर्ष देखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण हाम्रो राजारानी पुरुष भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउने कार्तिक २७ गतेबाट शुरु हुनेभएको छ । आयोजक संस्था हाम्रो राजारानी भेट्रान राजारानी धनकुटाले पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको हो । स्वर्गीय ज्ञानबहादुर र बुद्धिमायाँ लिम्बूको स्मृतिमा सञ्चालन हुने प्रतियोगितामा नेपाल भारत र यू.के.स्थित भेट्रान फुटबल क्लव सहित टिमको सहभागीता रहनेछ । चौबिसे गाउँपालिकाको संरक्षण तथा गोरखा ब्रुअरीको मुख्य प्रायोजनमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा ३२ लाख बराबरको अनुमानित खर्च हुने आयोजकको अनुमान छ । खेल

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • २१० पटक पढिएको
  • विराट भेट्रान्सलाई हराउँदै उर्लाबारी भेट्रान्स फाइनलमा प्रवेश

    पथरिशनिश्चरे, / मोरङको पथरी शनिश्चरेमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको पहिलो सेमिफाइनलमा उर्लाबारी भेट्रान्सले विराट भेट्रान्स विराट चोकलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।उर्लाबारी भेट्रान्सले विराट भेट्रान्सलाई १ का विरुद्ध ४ गोल गर्दै फाइनलको यात्रा तय गरेको हो।खेल सुभारम्भ भएको २ मिनेटमै उर्लाबारी भेट्रान्सका खेम पोखरेलले आफ्नो टिमका लागि १ गोल गर्दै खाता खोले भने उनैले २६ औँ मिनेटमा अर्को गोल थाप्दै आफ्नो टिमलाई २-० गोलको अन्तरमा अग्रता दिलाए। उता, दुई मिनेटमा नबित्तिकै विपक्षी टिम- विराट भेट्रान्सका सुरज प्रधानले विपक्षी गोलकि

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २६७ पटक पढिएको
  • धरानमा मैत्रीपूर्ण फुट्सल र चियापान कार्यक्रम सम्पन्न, पत्रकार महासंघ विजय

    इटहरी । सञ्चारकर्मी बीचको एकता र सहकार्यलाई सुदृढ बनाउन  धरानमा प्रेस चौतारी नेपाल सुनसरीको आयोजना तथा नेपाल खेलकुद महासंघ सुनसरीको समन्वयमा एकदिवसीय मैत्रीपूर्ण फुट्सल र चियापान कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल सुनसरीका  अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेकपा एमाले सुनसरीका इन्चार्ज तथा पुर्व मन्त्री जगदीश कुशियैतको उपस्थिति रहको थियो । मैत्रीपूर्ण फुट्सल खेलमा प्रेस चौतारी नेपाल सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीका टोलीहरू आमनेसामने भएका थिए । रोचक र प्रतिस्पर्धात्मक खेलमा नेपाल पत्रकार महासंघले जीत हासिल गर्न सफल

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २४२ पटक पढिएको
  • सुनसरीको चतरामा ’स्टोनस्किपिङ’ प्रतियोगिता हुने

    इटहरी । सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।  चतरा हाइकिङ समूहको आयोजना चतरा नहरमा आगामी कार्तिक १६ गते प्रतियोगिता आयोजना हुने धरानमा सोमबार आयोजित पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो । ’पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिता अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा  नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ । चतरामा गत वर्षदेखि प्रतियोगिताका रुपमा आयोजना हुँदै आएको कार्यक्रम संयोजक नवराज विष्टले जानकारी दिनुभयो । प्रतियोगिताका विजेता क्रमशः पहिलो, दोस्रो र तेस्रोले

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १८० पटक पढिएको
  • तरहरामा ब्याडमिन्टन प्रतियोगिता धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम विजयी

    इटहरी । तहरामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समुह ’क’ अन्तरगत धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम बिजयी भएको छ । इटहरी २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम बिजयी भए भने राजकुमार राइ र राम तामाङको टिम उपबिजेता बन्यो ।  तीन समुह चरणमा भएको प्रतियोगितामा ख समुहबाट रबिन बस्नेत र मेम कुमार राईको टिम प्रथम भएको छ । उपबिजेतामा आशिष श्रेष्ठ र गिता तामाङले चित्त बुझाए । त्यस्तै समुह ग बाट सिम्रन मगर र प्रेमको टिम बिजयी भए भने उपबिजेतामा ललित मगर र तिलकले बाजी मारे । प्रतियोगिताको बिजेताले नगद १० हजार र ट्रफि ,उपबिजेताले नगद ५ हजार र ट्रफि

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १६८ पटक पढिएको
  • लायन्स क्लबद्वारा बाढीपीडितलाई राहत वितरण

    इटहरी । गत महिना परेको अविरल बर्षाका कारणका डुवानमा परेका बराहक्षेत्र नगरपालिका वडा नं.–६ का ४६ घरधुरी बाढीपीडितलाई लायन्स क्लबले राहत वितरण गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नं.–६ का वडा अध्यक्ष उद्वब प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सी का डिस्ट्रिक गभर्नर बिकास अधिकारीको अध्यक्षतामा उक्त राहत सामाग्री वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सीका लायन्स नेताहरू सहित स्थानीय लायन्स क्लब अफ सप्तकोसी डायनामिकका लायन्सकर्मीहरूको उपस्थिति रहेको थियो । प्राकृतिक विपत्तिका बेला लायन्स इन्टरनेसनलले पठाएको राहत सामाग्री स्थानीय लायन्स

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १५६ पटक पढिएको
  • झापा ११ लाई बेलबारी गोल्डकपको उपाधि

    छविराज ढकाल पथरिशनिश्चरे / बेलबारीमा भएको ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ फुटबल क्लबले उचालेको छ । एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनल खेलमा झापाले पाहुना टोली सिराहाको सलहेस फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा झापाले सिराहालाई ५–३ गोल अन्तर हराउँदै उपाधि जितेको थियो। जितसँगै झापाले ८ लाख रुपैयाँ र उपविजेता सिराहाले ४ लाख रुपैयाँका साथ ट्रफी प्राप्त गरे । झापाका दिनेश उराव, अभिषेक

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ३०२ पटक पढिएको
  • राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ सांस्कृतिक कार्यक्रम

    इटहरी । धनकुटाको हिलेमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी तीन महिना भित्रमा हुन लागेको तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ हिले व्याडमिन्टन क्लबले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो। बिहीबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर आगामी कार्तिक १४ गते सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको हो । सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका बहुचर्चित कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक हिले व्याडमिन्टन क्लबका अध्यक्ष आशिष तामाङले जानकारी दिनुभयो । तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको लागि करिब २० लाख खर्च हुने अन

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • २८५ पटक पढिएको
  • यही कार्तिक ८ देखि १४ गतेसम्म प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुँदै

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १ जाँते मोडस्थित पथरी रङ्गशालामा  यही कार्तिक ८ गतेदेखि १४ गतेसम्म प्रथम वडाध्यक्ष भेट्रान्स  पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मङ्गलबार पथरी रङ्गशालामा आयोजित पत्रकार सम्मेलन मार्फत पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका उपाध्यक्ष प्रतीत सुब्बाले सोको जानकारी दिनुभएको हो ।“  स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद“ भन्ने  मुख्य नाराका साथ आयोजना हुन गइरहेको सो प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको र खेल तालिका समेत सार्वजनिक गरिसकिएको पनि उहाँले बताउनुभयो । सो प्रतियोगितामा झापा र मोरङका उत्कृष्ट ८ वटा भे

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • ३६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]