इटहरी । किक बक्सिङका खेलाडी चिरण राईले चन्दा सङ्कलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गर्नुभएको छ । सुनकोशी गाउँपालिका–४ ओखलढुङ्गाका २४ वर्षीय राईले सन् २०२५ फेब्रुअरी १ देखि ५ तारिखसम्म भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक सङ्कलन थाल्नुभएको हो । राई नेशनल किक बक्सिङ एसोसिएसन मार्फत सिङ्गो नेपलको प्रतिनिधित्व गर्दै फोर्थ वाको इण्डीया खुला अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा सहभागी हुन लाग्नुभएको छ । प्रतियोगितामा सहभागी हुन लाग्ने खर्च राई आफैँले व्यहोर्नु पर्ने भएको छ । खेलमा सहभागी हुन एक लाख खर्च लाग्ने एसोसिएसनले जनाएको छ । काठमाडौं–दिल्ली–काठमाड
इटहरी। सुनसरीको इटहरीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीसँग अल्टिट्युड क्लबले शान्ति सुरक्षा सम्बन्धी एक दिने अन्तरक्रिया तथा दोस्रो अल्टिट्युड रनिङ कप फुटबल सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न गरेको छ।कोशी प्रदेशमा पछिल्लो समय लागुऔषध दुर्व्यसन बढेको र संगसंगै सवारी दुर्घटनाहरू पनि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री भण्डारीले तीनै तहका सरकार र सम्बन्धित सुरक्षा निकायहरूले यसबारे चासो राख्नुपर्ने सुझाव दिए।उनले सडक दुर्घटना न्यूनीकरण र लागुऔषध निर्मूलिकरणतर्फ यही फागुन १ गतेदेखि कोशी सरकारले बेग्लाबेग्लै कार्ययोजना बनाएर त्यसलाई कडाइका साथ पालना गराउने
इटहरी । धरानमा माघ २८ गतेदेखि कोशी प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक कोशी प्रदेश फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी माघ २८ देखि फागुन ६ गतेसम्म कोशी प्रदेश प्रिमियर लिग गर्ने जानकारी गराएको हो । धरान रंगशालामा हुने प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरूले सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न कूल २५ लाख २५ हजार रुपैयाँ खर्च हुने जनाइएको छ । प्रदेश लिग च्याम्पियनले नगद २ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टिमले १ लाख २५ हजार पाउने छन । प्रतियोगिताको लागि अखिल नेपाल फुटबल स
इटहरी । सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयहरूको छाता सङ्गठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोर्टस् मिटको तयारी अन्तिम चरणमा पुगेको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसान सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी विद्यार्थीको बौद्धिक विकासका साथसाथै शारीरक, नैतिक र सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्यले हिसान स्पोर्टस् मिटको तयारी गरेको जनाएको छ । सुनसरीव्यापी बृहत् खेलकुद सप्ताह सञ्चालन गर्दै आइरहेको हिसानले माघ १३ गतेबाट ११ औं हिसान स्पोर्टस् मिट गर्ने तयारी गरेको हिसानका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिनुभयो । हिसान स्पोर्टस् मिटमा
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ । आइतबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । एक साता सम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिनुभयो । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको का
धरान / नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको अध्यक्षमा रन्जित शाहको नेतृत्वमा १७ सदस्य कमिटी चयन भएको छ । नेकपा एमाले धरान पार्टी कार्यालयमा भएको नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको पुनर्गठन कार्यक्रम कोशी प्रदेश सभा सदस्य विजय राई को प्रमुख अतिथ्यता तथा नेकोस स्थायी कमिटी तथा पार्टी प्रदेश कमिटी सदस्य धरान इन्चार्ज सन्तोषी श्रेष्ठ, नेपाल खेलकुद महासङ्घ स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज भेसराज कार्की, नेपाल खेलकुद महासङ्घ सुनसरी अध्यक्ष विकल पौडेलको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा रन्जित शाहको अध्यक्षतामा गठित कमिटीमा उपाध्यक्ष
विराटनगर : नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित हुनुभएको छ। आज विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशन बाट अध्यक्षमा राय निर्विरोध निर्वाचित हुनुभएको हो। २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर ( प्रभाकर ) र नविन थापा , सचिवमा सागर केसी , सहसचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर र कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित हुनुभएको महासंघ स्थायी कमिटी सदस्य रोहित कोइरालाले जानकारी दिनु भयो।दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेल क्षेत्रलाई ग
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे (प्याब्सन ) द्वारा आयोजित तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। शुक्रबार पथरिशनिश्चरे वडा नं १ को जांतेमोड स्थित खेल मैदानमा सो टुर्नामेन्ट सम्पन्न भएको हो । एक समारोहका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले सो प्रतियोगिता अन्तर्गत भलिबल तथा फुटबल प्रतियोगिताका विजयी विद्यालयहरूका छात्र– छात्राहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । गत माघ ०२ गतेदेखि संचालित उक्त टुर्नामेन्ट अन्तर्गतको भलिबल ( छात्रा) तर्फ
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित ‘पाँचौँ अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा पिपलडाँडा देविस्थान मावि, मङ्गलटार विजयी भएको छ। चार दिनसम्म चलेको प्रतियोगितामा पिपलडाँडाले ६ स्वर्ण, ९ रजत र २ कास्य पदक हात पार्दै शिल्ड पक्का गरेको हो। हलेसी तुवाचुङ–१० अर्खौलेस्थित सरस्वती माध्यमिक विद्यालयको संयोजनमा नगरपालिकाले आयोजना गरेको यस प्रतियोगितामा पिपलडाँडाले ह्याट्रिक जित हासिल गर्दै शिल्ड आफ्नो बनाउन सफल भयो। खेल संयोजक मिलन कसजुका अनुसार पिपलडाँडाले यसअघि दुईपटक लगातार शिल्ड जितिसकेको थियो। ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि प्रतिस्पर्धा गराइएको प्
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ समूहले स्पर्धा गर्ने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए। प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार र कप प्रदान गरिनेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई ३५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । खेल नकाउटका आधारमा हुनेछ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.