खेलकुद

    Showing ३७१-३८० of ७७५ items.
  • तेस्रो वराहक्षेत्र नगर स्तरीय खुल्ला रोड रेसमा पुरुषतर्फ कालुमान, महिलातर्फ रिना प्रथम

    इटहरी । नवौँ स्थापना दिवसको अवसरमा बुधवार वराहक्षेत्र नगरपालिकाले नगर स्तरीय खुल्ला रोड रेस प्रतियोगिता आयोजना गरेको छ। तेस्रो संस्करणको उक्त प्रतियोगिताको पुरुषतर्फ वराहक्षेत्र(८ का कालुमान राई प्रथम भएका छन् । उनले निर्धारित दुरी २६ मिनेट २ सेकेण्डमा पार गर्न सफल भएका थिए । त्यस्तै २६ मिनेट ४  सेकेन्डमा दुरी पार गर्दै वराहक्षेत्र(७ का सुर्य तामाङ दोस्रो, २६ मिनेट १९ सेकेण्ड दुरी पार गर्दै वराहक्षेत्र(८ का भरत कविरथ तेस्रो भएका छन्। प्रथम भएका कालुमानले नगद १० हजार, दोस्रो भएका सुर्यले नगद ७ हजार, तेस्रो भएका भरतले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।  त्यस्तै महिला तर्फ

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ३८१ पटक पढिएको
  • निप्स कर्पोरेट फुट्सल २०८१ सम्पन्न

    इटहरी / नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशी निप्स इटहरी च्याप्टर द्वारा कोशी प्रदेश का बैंक , बिमा तथा नेपाल टेलिकम का बिच कर्पोरेट फुट्सल टुर्नामेन्ट सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय का सहायक निर्देशक श्री पुष्पा खनालको प्रमुख आतित्यतामा यही फागुन २४ गते इटहरी स्थित एरेन स्पोर्ट्स को प्रागणमा संचालित सो कार्यक्रमको सभापतित्व निप्स इटहरी च्याप्टरका उपाध्यक्ष गणेश श्रेष्ठले गर्नुभएको थियो। त्यसै गरि अतिथि हरुमा निप्स कोशी काेषाध्यक्ष नारायण गौतम , सिद्धार्थ प्रीमियर इन्स्योरेन्स का प्रकाश निरौला, प्रभु इन्स्योरेन्स का प्रदेश प्रमुख सुनिल पाण्डे , प्रोटेक्टिभ

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • ४५० पटक पढिएको
  • इटहरीमा दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौडमा दुई हजारभन्दा बढीको सहभागिता

    इटहरी | इटहरीमा शनिबार सम्पन्न दोस्रो तरहरा अर्गानिक १० किलोमिटर खुल्ला दौड प्रतियोगितामा दुई हजारभन्दा बढी धावकले भाग लिए। स्थानीय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले धावकहरूलाई प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गरेको छ। प्रतियोगिता तरहरा रनको आयोजनामा सम्पन्न भएको हो, जसमा विभिन्न उमेर समूह तथा वर्गका धावकहरूले आफ्नो क्षमताको प्रदर्शन गरे।प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र वडा नं. २० का अध्यक्ष मणिराम श्रेष्ठले गरे। उनीहरूले इटहरी र आसपासका क्षेत्रमा खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ३५६ पटक पढिएको
  • तरहरामा दोस्रो १० के रन प्रतियोगितालाई १ लाख सहयोग प्रदान,२४ गते हुँदै

    इटहरी | इटहरी उपमहानगरपालिका–२० का वडा सदस्य बहादुर तामाङको नेतृत्वमा इटहरी उपमहानगरपालिकाको तरहरा रनद्वारा आयोजित दोस्रो १० के रन प्रतियोगितालाई सफल बनाउन १ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। स्थानीय व्यवसायी साथीहरू र विदेशमा हुने साथीहरूबाट संकलन गरिएको हो। रनको तयारी तिव्र पारिको छ ।फागुन २४ गते शनिबार हुने यो दौड प्रतियोगितामा २२ सयभन्दा बढी धावक सहभागी हुनेछन्। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानका साथै भारतको सिक्किम, दार्जिलिङ, मिरिकलगायतका स्थानबाट धावकहरूको सहभागिता रहनेछ।प्रतियोगिता विभिन्न आठ विधामा सञ्चालन हुनेछ। १२ वर्षभन्दा कम उमेरका बालबालिकाले ३ किलोमिटर दौड, १६ वर्षभन्द

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ३२६ पटक पढिएको
  • अध्यक्ष गुरुङद्वारा स्ववियु चुनावमा नेविसंघका उम्मेदवार विजयी बनाउन तरुणहरूलाई निर्देशन

    सुनसरी | नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारलाई विजयी गराउन विशेष भूमिका खेल्न तरुण दलका कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।मंगलबार, अध्यक्ष गुरुङले नेपाल तरुण दलका जिल्ला कार्यसमितिहरू, केन्द्रीय सदस्यहरू तथा अन्य सक्रिय तरुणहरूलाई एक परिपत्र जारी गर्दै स्ववियु निर्वाचनमा नेविसंघको पक्षमा वातावरण निर्माण गर्न, व्यापक रूपमा प्रचारप्रसारमा जुट्न र उम्मेदवारलाई जिताउन प्रत्यक्ष भूमिका खेल्न आह्वान गरेका हुन्।परिपत्रमा उनले तरुण दलका सबै जिल्ला समिति, क्षेत्रीय समिति र सम्बन्धित

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ५७७ पटक पढिएको
  • विराट गोल्डकप : आयोजकसँग कोलकाता स्तब्ध

    विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ ।विराटनगरमा सोमबारदेखि सुरू भएको गोल्डकपको पहिलो खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै मोरङ क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।विराटनगरको सहिद रंगशालामा सोमबार राति सम्पन्न खेलमा पाहुना टोलीमाथि आयोजकले संघर्षपूर्ण जित निकालेको छ ।आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए । साउथन समिति कोलकाताले १३ मिनेटमा बराबरी गोल फर्कायो । कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।खेलको ३४ मिनेटमा कोलकाताले

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • २७७ पटक पढिएको
  • प्रथम कोशी प्रदेश खेलकुद महोत्सव ः प्रदेशस्तरीय महिला फुटबलको उपाधि झापालाई

    इटहरी । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाको टोलीले जितेको छ । विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथरको टोलीलाई ३ – ० को अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो । खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापा टोलीले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक–एक गोल थप्दै झापाको जित सुनिश्चित गर्नु भएको थियो । प्रतियोगिताको फाईनल खेलको ‘ वुमन अफ द म्याच ‘ झापाकी मन

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ३२१ पटक पढिएको
  • मुकेश मेमोरियललाई सहिद कप भलिबलको उपाधि

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा आयोजना गरिएको पहिलो सहिद कप भलिबल उपाधि मुकेश मेमोरियल क्लब आम्बेगुदिनले जितेको छ । कुञ्जारी स्पोर्टिङ क्लब सिकैँचालाई सोझो सेटमा हराउँदै आम्बेगुदिनले उपाधि जितेको हो । आम्बेगुदिनले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२३ को अङ्कसहित जित निकालेको हो । उपाधि जितसँगै आम्बेगुदिनले १० हजार ५०० रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको कुञ्जारीले पाँच हजार रुपियाँ र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । सहिद सप्ताहको अवसरमा नेकपा ९माओवादी केन्द्र० वडा कमिटी सिकैँचाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विजेता र उपविजेत

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • २४४ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८१’ सप्ताहव्यापी खेलकुद समारोह सुरू

    मिलन अधिकारीज. ब. क्या.  इटहरी। जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८१’ सप्ताहव्यापी खेलकुद समारोह सुरू भएको छ । शुक्रबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन कार्यक्रमको अध्यक्ष्ता ‘स्ववियु अध्यक्ष सहदेव काफ्लेको रहेको थियो भने कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । क्याम्पसलाई समुदाय सँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पस बाट इटहरी चौक हलगडा हुँदै जनता क्याम्पसमा सम्म पाँच किलोमिटरको जे. एम.सि रन आयोजना गरिएको थियो । स्ववियुले विधार्थीको प्रयोगात्मक कार्य र क्षमता अबिवृद्धी गराउन विभिन्न काम  गर्दै आएको

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ७७७ पटक पढिएको
  • कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरलाई

    इटहरी । कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै इटहरी नमुना कलेजको टिम नमुना ब्लास्टरले उपाधी जितेको हो । सुनसरीको भोक्राहा स्थित डा. खलिल आजाद खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको आक्रमक अर्धशतकिय इनिङमा ८ बिकेट गुमाउदै प्रतियोगिताकै २ सय ७ रनको उच्च स्कोर खडा गरेको थियो । आक्रमक सुरुवात गरेका ऐरीले ७८ रनको सानदार पारी खेले । ३४ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरे । ३४ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ५ चौकाको मदतमा ५३ रन बनाए

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • २६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]