खेलकुद

    Showing ३४१-३५० of ७७५ items.
  • सरकारले लोहनीको उपचारको जिम्मा लिनुपर्छ : सदस्यसचिव बस्नेत

    विराटनगर – कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिएका छन्।उनका अनुसार लोहनी नेपालको क्रिकेट क्षेत्रमा एक होनहार र भविष्यप्रद खेलाडी हुन्, जसले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना राख्छन्। तर दुर्भाग्यवश, सन् २०२३ मा जनकपुरमा आयोजित महेन्द्र नारायण निधी टी-२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको कप्तानी गर्दै गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए।खेल मैदानमै चोट लागेपछि लोहनीको खुट्टाको अहिलेसम्म पाँच पटक शल्यक्रिया भइसकेको छ

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ४०२ पटक पढिएको
  • आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म

    इटहरी ।  भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, एलएक्स सिटी मोरङ, भगवती स्पोर्ट्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने आयोजकले जनाएको छ । जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • ३८५ पटक पढिएको
  • ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सुनकोशीले जित्यो

    इटहरी। ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सुनकोशी गाउँपालिकाले जितेको छ । चम्पादेवी गाउँपालिकाको दलिडाँडामा सम्पन्न जिल्ला स्तरिय प्रतियोगितामा सुनकोशी गाउँपालिका प्रथम भएको हो । सुनकोशीले आठ स्वर्ण, सात रजत र तीन कास्य सहित कुल १८ पदक जितेको छ । गत वर्षको प्रतियोगितामा सुनकोशी चौथो भएको थियो । खेलकुद र शैक्षिक क्षेत्रमा गाउँपालिका जिल्लामै उत्कृष्ट बन्दै गएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । गत वर्षको एसईईको नतिजामा पनि सुनकोशी जिल्लामै उत्कृष्ट भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाका १३ वटा माध्यमिक तहका विद्यालयलाई एक–एक लाख प्रदान गरिए

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • ४२६ पटक पढिएको
  • इटहरीलाई पराजित गर्दै विराटनगरलाई मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि

    इटहरी | इटहरीमा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले चुमेको छ ।इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा विराटनगरले इटहरी उपमहानगरपालिकालाई ४ विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।इटहरीले प्रस्तुत गरेको १ सय ८२ रनको विजयी लक्ष्य विराटनगरले १९ दशमलव ५ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो  ।विराटनगरका लागि मिनस थापाले सर्वाधिक ८७ रनको उत्कृष्ट इनिङ खेले ।४५ बलको सामना गरेका उनले ६ छक्का र ८ चौका प्रहार गरे । अटल शाहले २६ रन बनाउँदा कप्तान दिपेश कँडेलले नटआउट २० रन बनाए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले रितेस रायको ६१ रनमा निर्ध

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • २९४ पटक पढिएको
  • राष्ट्रिय खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान

    इटहरी । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राईलाई गृह जिल्लामा सम्मान गरिएको छ । सृजनशील युवा समाज थुलुङ दूधकोशी, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिले राईलाई ५५ हजार पाँचसय ५५ रुपियाँ नगदसहित सम्मान गरेको हो । सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टिमको उत्कृष्ट खेलाडीका रूपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रूपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिनुभयो । एक कार्यक्रमको आयोजना गरी शनिवार नेपाल सरकारका रक्षामन्त्री मानवीर राई, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असीम राईले संयुक्त रूपमा सम्मान गर्नुभएको हो । सम्मानपछि खेलाडी राईले

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ४४५ पटक पढिएको
  • धरान फाइट नाइट २०२५ आगामी वैशाख १२ गते हुने

    इटहरी । धरान उपमहानगरमा पहिलो पटक राष्ट्रिय स्तरको आइविए प्रो एण्ड एमेचर महिला–पुरुष धरान फाइट नाइट २०२५ आगामी वैशाख १२ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान बक्सिङ्ग संस्थाले खेलकुदको शहर धरानमा बक्सिङ्ग खेलको प्रर्वद्धन तथा खेलाडि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित धरानमा पहिलो पटक धरान फाइट नाइट गर्न लागिएको धरान बक्सिङ्ग संस्थाको सचिव महेश आले मगरले बताउनुभयो । खेलकुद क्षेत्रको विकास, विस्तार, सामाजिक कार्य, प्रतियोगिताको आयोजना, प्रशिक्षण लगायत कार्यमा युवाहरुलाई सहभागिता गराई खेलाडि युवाहरुलाई क्रियाशिल बनाउँदै उनीहरुमा सामाजिक उत्तर दायित्व निर्वाह गर्ने तथा समाज

    • प्रकाशित मितिः चैत २७, २०८१
    • ४११ पटक पढिएको
  • मोरङको पथरीशनिश्चरेमा शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने

    इटहरी । शहिद रत्नकुमार वान्तवा राष्ट्रिय चेस प्रतियोगिताको चौथो संस्करण चैत २७ देखि ३० गतेसम्म हुने भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको फ्रेण्डशिप चेस क्लबले आयोजना गर्ने प्रतियोगिता स्थानीय सीन भिलेज पार्टी प्यालेसमा हुनेछ । देशभरका दुई सय खेलाडीले सहभागि हुने अनुमान गरिएको प्रतियोगिताका विजेताले ५१ हजार नगदसहित ट्रफी पाउनेछन् । यस्तै, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३५ हजार र २५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । खुलातर्फ १५ औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा विभिन्न चार इभेन्टमा खेल खेलाइनेछ । महिला, खुल्ला, बालबालिका र भेट्रान्सका खेलाडीलाई पन

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ३९५ पटक पढिएको
  • खेलकुद दिवसको अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डले निकाल्यो ¥याली

    इटहरी । कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको छ । बोर्डले आइतबार बिहान विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको हो । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा बोर्डले खेलकुद दिवसको अवसर पारेर बृहत्त् ¥याली समेत निकालेको थियो याली बोर्डको कार्यालयमा औपचारिक कार्यक्रम गर्दै समापन भएको थियो । औपचारिक कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नवौं राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजालाई तुलना हुनेगरी १० औं खेलकुदको तयारीका लागि जुटेका बताउनुभयो । साथै, उनले १२ औं राष्ट्रिय खेल

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ३६४ पटक पढिएको
  • ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने

    इटहरी । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ । नेपालका सात अग्ला डाँडा मध्येको एक ३३५० मिटर उचाईमा रहेको जिल्लाकै अग्लो देम्बाडाँडामा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी गल्फ महोत्सव सञ्चालन गरिने भएको हो । पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा वैशाख १ र २ गते हुने गल्फ महोत्सव सञ्चालन हुदैँछ । महोत्सवमा विभिन्न छ देशका खेलाडी सहभागी हुनेछन् । नेपाल सरकारले सूचिकृत गरेको १०० गन्तव्य मध्येको एक देम्बाडाँडा र समग्र जिल्लाकै पर्यटन वि

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ३८२ पटक पढिएको
  • भोजपुर सदरमुकाममा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै

    इटहरी । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ । आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् । प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले रु २० लाख सहयोग गर्ने भएको छ । अन्य रकम जिल्लाका विभिन्न पालिका र व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन गरिने महासचिव किरातीले बताए । कोशी प्रदेश खेलकु

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ४१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]