खेलकुद

    Showing २८१-२९० of ७७५ items.
  • चौथो अन्तर विद्यालय इनडोर क्रिकेट लिग २०८२ श्रावण २० देखि सुरु हुने

    इटहरी / आइडियल स्पोर्ट्स एकेडेमीको आयोजनामा चौथो अन्तर विद्यालय इनडोर क्रिकेट लिग २०८२ यहि आउँदो श्रावण २० गतेदेखि सुरु हुने भएको छ। इटहरीमा आयोजना हुने यस प्रतियोगितामा सुनसरी जिल्ला तथा कोशी प्रदेशका करिब ३२ विद्यालयहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।यस लिगको उद्देश्य सुनसरी जिल्लामा ग्रासरुट क्रिकेटको विकास गर्नुका साथै अफ सिजनमा खेलाडीहरूलाई इनडोर खेलमार्फत सक्रिय राख्नु रहेको आयोजकले बताएका छन्। उनीहरूका अनुसार, युवा पुस्तालाई खेलप्रति प्रेरित गर्नु र अभ्यासको निरन्तरता कायम गर्नु प्रतियोगिताको मुख्य ध्येय हो।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई इटहरीमा विगत दुई वर्षदेखि स

    • प्रकाशित मितिः साउन १३, २०८२
    • १,०३० पटक पढिएको
  • तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ देखि ३१ गतेसम्म फुङ्लिङमा, विजेतालाई सात लाख रुपैयाँभन्दा बढी पुरस्कार

    इटहरी। तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । हरेक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिने पूर्वकै सर्वाधिक दर्शक सहभागी हुने प्रतियोगिता आगामी साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने भएसँगै तयारीलाई तीव्र पारिएको हो । प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्दै गोल्डकपको तयारीबारे जानकारी गराएको हो । विगतका वर्षमा भन्दा प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउनेगरी तयारीलाई तीव्रता दिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार व्यस्थापकीय त

    • प्रकाशित मितिः साउन २, २०८२
    • ४३५ पटक पढिएको
  • तरहरा कोरा यहीँ साउन ३ गते हुने , बालबालिकाको शिक्षाका लागि साइक्लिङ अभियान

    तरहरा | 'यो र्‍याली होइन, दौड होइन, यो हो एउटा यस्तो यात्रा जहाँ सबै विजेता हुन्छन्' भन्ने नारासहित तरहरा कोरा २०२५ च्यारिटी साइकल राइड कार्यक्रम आगामी श्रावण ३ गते, शनिबार बिहान तरहरा चोकबाट सुरु हुने भएको छ।तरहरा साइकलिङ क्लबको आयोजनामा प्रत्येक वर्षझैँ यसपालि पनि यो राइड शिक्षा, स्वास्थ्य र वातावरण जस्ता सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको हो । यस कार्यक्रमबाट संकलित रकम श्री जनसहयोग उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको रूपमा प्रदान गरिने कार्यक्रम संयोजक सुरज तामाङले बताउनुभयो । कोरा भन्नाले धार्मिक स्थलहरू वर

    • प्रकाशित मितिः साउन १, २०८२
    • ३६६ पटक पढिएको
  • 'तरहरा रन’को ऐतिहासिक उपलब्धि : १०० औं हप्ताको उत्सव उल्लासपूर्वक सम्पन्न

    तरहरा | ‘स्वास्थ्यका लागि दौडौँ, समुदायका लागि जोडौँ’ भन्ने मूल नाराका साथ नियमित रूपमा सञ्चालन हुँदै आएको लोकप्रिय दौड कार्यक्रम ‘तरहरा रन’ ले हालै आफ्नो १०० औं हप्ता सफलता र उत्साहका साथ सम्पन्न गरेको छ। निरन्तर प्रयास, समुदायको साथ, र स्वास्थ्यप्रेमीहरूको सहभागिताले यो दौड कार्यक्रम आज तरहराको परिचय र गौरवको विषय बनेको छ।शनिबार बिहानको शीतल वातावरणमा आयोजित विशेष कार्यक्रमले यो ऐतिहासिक अवसरलाई अझ उत्सवमय र अर्थपूर्ण बनायो। कार्यक्रमका दौरान ईटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, वडा नं. २ की वडाध्यक्ष सुन्दरदेवी, शान्तिनगरका वडाध्यक्ष माधव कोईराला, प्रहरी चौकी तरहराका

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ७११ पटक पढिएको
  • पृतनापति ट्रफी–२०८२’ मा श्री नं. १८ बाहिनी अड्डा प्रथम, ८४ पदकसहित पहिलो

    इटहरी ।  पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री नं १८ बाहिनी अड्डा पहिलो भएको छ । श्री नं १८ ले ३२ स्वर्ण, २२ रजत र ३० कास्य पदक प्राप्त गरी पहिलो भएको हो । भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स गरी आठ खेल सम्मिलित प्रतियोगितामा श्री नं। २१ बाहिनी अड्डा दोस्रो र श्री नं। २ बाहिनी अड्डा तेस्रो भएका छन् । आज सम्पन्न प्रतियोगितामा पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । ‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिता

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ३९० पटक पढिएको
  • सञ्चार उद्यमी विकल पौडेललाई प्रदेश खेलकुद विकास बोर्ड कोशी द्वारा सम्मान

    विराटनगर /  प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले पत्रकारिता क्षेत्रमार्फत खेलकुद प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विराट टेलिभिजन तथा कोशी प्रेसका प्रबन्ध निर्देशक विकल पौडेलसहितका सञ्चारकर्मीलाई नगदसहित सम्मान गरेको छ।कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा सम्पन्न विशेष कार्यक्रममा पौडेललाई नगद ११,४४० रुपैयाँ पुरस्कार तथा सम्मान–पत्र प्रदान गरिएको हो।त्यसैगरी पत्रकार अभय राई, सुमन सुस्केरा, गुरु ढकाल, अनिल श्रेष्ठ र रमा दाहाललाई पनि खेलकुद पत्रकारितामा सक्रिय योगदान पुर्‍याएको भन्दै सम्मान तथा नगद पुरस्कार प्रदान ग

    • प्रकाशित मितिः असार २८, २०८२
    • ३५८ पटक पढिएको
  • इटहरीमा पहिलोपटक भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिता समापन

    इटहरी | इटहरीमा पहिलो पटक भएको आर्म रेस्लिङ किंग इटहरी प्रतियोगिता समापन भएको छ ।नेपाल तरुण दल, इटहरी उपमहा- नगर समितिको आयोजनामा भएको प्रतियोगिताको अध्यक्ष अनीश सुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको प्रमुख आथित्यतामा गरिएको थियोे ।प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका आकाश अधिकारीलाई नगद १ लाख रुपैयाँ, द्वितीय रोहन श्रेष्ठलाई ४० हजार रुपैयाँ र तृतीय आयुश विक्रम शाहलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताको वेभिषण राईले सान्त्वना पुरस्कार पाए  । प्रतियोगितामा १ सय जना ५० भन्दा बढि सहभागी थिए ।युवाहरूलाई संगठनमा आबद्

    • प्रकाशित मितिः असार २१, २०८२
    • ९९५ पटक पढिएको
  • इटहरीमा २४३ हप्ता सञ्चालनमा आएको ग्रासरुट फुटबल क्याम्प अस्थायी रूपमा स्थगित

    इटहरी । विद्यालयस्तरदेखि नै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने लक्ष्यसहित इटहरीमा सञ्चालन हुँदै आएको ग्रासरुट फुटबल क्याम्प २४३ औं हप्ता पुगेर केहि समयकालागि स्थगित गरिएको छ । छ वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरु गरेको यो कार्यक्रम हाल इटहरी फुटबल क्लब, द ब्वाइज क्लब र राष्ट्रिय जागृति क्लबको सहकार्यमा सञ्चालन हुँदै आएको थियो । एन्फाको आर्थिक सहयोग रोकिएपछि तीन वर्षदेखि इटहरी उपमहानगरपालिका–६ को आर्थिक सहयोगमा क्याम्प सञ्चालन भइरहेको थियो । तर, चालु आर्थिक वर्षको बजेट सकिएसँगै कार्यक्रम अस्थायी रूपमा स्थगित गरिएको वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलले जानकारी दिनुभयो । उहाँले वर्षा ऋतु

    • प्रकाशित मितिः असार २१, २०८२
    • ४९९ पटक पढिएको
  • अरुण गाउँपालिकाले ५१ करोड ६६ लाख रुपैयाँको बजेट पारित गर्‍यो

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। असार १० गते सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकालले आर्थिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभाबाट उक्त बजेट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो।उपाध्यक्ष ढकालका अनुसार आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत पारित भइसकेको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका कार्यक्रमहरू समावेश गरिएका छन्।सभामा गाउँपालिकाका सभाध्यक्ष शालिकराम खत्रीले बजेटसँगै सङ्घीय सरकारबाट करिब

    • प्रकाशित मितिः असार २१, २०८२
    • ६५६ पटक पढिएको
  • इटहरीमा पहिलोपटक ‘आर्म रेस्लिङ किंग’ प्रतियोगिता सुरु, युवाहरूमाझ उत्साहपूर्ण सहभागिता

    इटहरी | पूर्वी नेपालका युवामाझ लोकप्रिय बन्दै गएको खेल 'आर्म रेस्लिङ'लाई औपचारिकता दिँदै नेपाल तरुण दल इटहरी नगर समितिले पहिलोपटक इटहरीमा भव्य ‘आर्म रेस्लिङ किंग इटहरी’ प्रतियोगिता सुरू गरेको छ। प्रतियोगिता मंगलबार (असार १७) देखि इटहरीको प्रतिष्ठित खेलस्थल क्लब के मा सुरु भएको हो।कार्यक्रमको उद्घाटन नेपाल तरुण दल इटहरी उपमहानगर कार्यसमितिका अध्यक्ष अनीश सुवेदीको अध्यक्षता र नेपाल तरुण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य सिजन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।प्रतियोगिताका विजेताले नगद रु. १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले रु. ४० हजार र तेस्रो हुनेले

    • प्रकाशित मितिः असार १७, २०८२
    • १,१०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]