खेलकुद

    Showing २३१-२४० of ७७५ items.
  • आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

    इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ सञ्चालन हुने भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं। ४ तेल्लोकमा गोल्ड कप तथा मेला सञ्चालन हुने भएको हो । प्रतियोगिता तथा मेला आगामी मङ्सिर २३ देखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेलासहित अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । यो सँगै खेलकुदको माध्यमबाट ताप्ले

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • ३२१ पटक पढिएको
  • खेलकुद महासङ्घ र युवा सङ्घद्वारा इनरुवामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न

    इनरुवा, सुनसरी । नेपाल खेलकुद महासङ्घ इनरुवा र युवा सङ्घ इनरुवाको संयुक्त आयोजना तथा नेकपा (एमाले) इनरुवा नगर कमिटीको सहकार्यमा आज सुनसरीको सदरमुकाम इनरुवामा भव्य मोटरसाइकल र्‍याली सम्पन्न गरिएको छ ।देशभरि नेकपा (एमाले)ले सञ्चालन गरिरहेका विविध राजनीतिक र जनजागरण कार्यक्रमहरूको क्रममा आज इनरुवामा आयोजित उक्त र्‍यालीमा सयौँ युवा उत्साहपूर्वक सहभागी भएका थिए । झण्डा, ब्यानर र देशभक्तिपूर्ण नारासहितको र्‍यालीले इनरुवाको मुख्य बजार गरेको थियो ।नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोषले र्‍याली युवाहरूमा जागरण र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ३११ पटक पढिएको
  • प्रथम गछिया गोल्डकप २०८२को उद्घाटन मंसिर १५ मा

    सुन्दरहरैचा। गछिया युवा समाजले आयोजना गर्न लागेको प्रथम गछिया गोल्डकप २०८२ को उद्घाटन मिति सार्वजनिक गरिएको छ।  पाथीभरा देवीको मन्दिरबाट विशेष कार्यक्रमका बीच  गोल्डकपको उद्घाटन मंसिर १५ गते, सोमबार हुने घोषणा गरिएको आयोजक समितिका सदस्य राजकुमार बयलकोटीले बताए।युवा खेलाडीको प्रतिभा विकास, स्थानीय खेलकुदको प्रवर्द्धन र समुदायमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्यसहित गछिया युवा समाजले यस वर्ष पहिलोपटक गोल्डकप आयोजना गर्न लागेको क्लबका अध्यक्ष सरोज दाहालले बताए ।प्रतियोगितामा स्थानीयदेखि बाहिरी जिल्लाका टोलीहरूको सहभागिता रहने अनुमान गरिएको छ। विस्तृत खेल तालिका तथा कार्यक्रमबारे थप जानका

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ३४० पटक पढिएको
  • सलहेश सिराहाले जित्यो पथरीशनिश्चरे गोल्डकप उपाधि

    इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सलहेश फुटबल क्लबले जितेको छ । आयोजक पथरी ११ फुटबल क्लबलाई घरेलुु मैदानमा २–१ गोलले हराउँदै सलहेश  फुटबल क्लबले दोस्रो संस्करणको उपाधि जितेको हो । जितसँगै सलहेशले पाँच लाख रुपियाँसहित गोल्डकप प्राप्त गरेको छ । उपवजेता पथरी–११ फुटबल क्लब पथरीशनिश्चरेले दुई लाख ५० हजार रुपियाँसहित उपविजेताको ट्रफी पाएको छ । १८ओैं मिनेटमा पथरी ११ का अग्रपक्तिका खेलाडी निरज परियारलाई  सलहेशका कारिम ओमेलाजाले फल्ड गरेपछि पथरी–११ ले पेनाल्टी प्रहारको अवसर पाएको थियो । पथरी–११ धिरेन क्षेत्रीले पेनाल्टी सदुप

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ४४८ पटक पढिएको
  • टु स्टार ग्रामीण सिर्जनशील क्लबले जित्यो पुरुष र महिला दुवै फुटबलको उपाधि

    इटहरी । ऐतिहासिक बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ । आयोजक क्लवले पुरुष र महिला दुवै विधामा उपाधी जित्न सफल भएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा शनिबार साँझ सम्पन्न पुरुष तर्फको फाइनल खेलमा आयोजक टु स्टार क्लबले तिजोक युवा क्लब नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै उपाधी हात पारेको हो । निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो । विजेता टु स्टार क्लबले नगद एक लाख १५ हजार रुपियाँ, ट

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • २६५ पटक पढिएको
  • वंगलादेशमा भएको अन्तर्राष्ट्रिय कुमुते कोशी प्रदेशका सात जनाले स्वर्ण र दुइ जनाले रजत पदक जिते

    इटहरी, कार्तिक २२ । वंगलादेशमा भएको छैठौं अन्तर्राष्ट्रिय कराते च्याम्पियन कुमुते (फाइट) प्रतियोगितामा नेपालका तर्फबाट सहभागी कोशी प्रदेश इटहरी र सुन्दर हरैचाका सात जनाले उपाधि जितेका छन् । अक्टोम्बर ९ गतेदेखि दुई दिनसम्म चलेको प्रतिस्पर्धामा नेपालबाट सहभागी भएका नौं जनामध्ये सात जनाले स्वर्ण पदक हात परेका हुन भने दुई जनाले रजत उपाधि हात परेका हुन् । उपाधि हात परेका खेलाडीहरुलाई शनिबार इटहरी स्थानीय खेलप्रेेमी, व्यवसायी तथा सञ्चारकर्मी द्वारा सम्मान समेत गरियो । उपाधि विजेता खेलाडी कक्षा ५ देखि माथि विद्यालय तहमा अध्ययनरत छात्रछात्रा हुन् । सो क्रममा छ देशका सहभागीमध्ये ठूलो सफलता ह

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ४८१ पटक पढिएको
  • झापामा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु

    इटहरी ।  झापा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ‘मान्था’ चक्रवत्को कारण दुई दिनपछि सरेको सर्वाधिक राशिको प्रतियोगिता आजदेखि हुने भएको हो । कात्तिक २४ सम्म शिवसताक्षीस्थित दूधे रङ्गशालामा गोल्डकप हुने लागेको गोल्डपको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताउनुभयो । आजको उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । रङ्गशालामा एकैपटक १५ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न सक्ने गरी स्थायी र अस्याथी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगितामा एपिएफ, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी,

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ४३६ पटक पढिएको
  • झापा महिला गोल्डकप–२०८२ सोमबारदेखि सुरु

    इटहरी ।   ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले यहाँ वर्षा भइरहेकाले प्रतियोगिता दुई दिन ढिला हुन लागेको हो । यसअघि शिवसताक्षीस्थित दुधे रङ्गशालामा उक्त प्रतियोगिता शनिबारदेखि आरम्भ हुने तय भएको थियो । प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ५२८ पटक पढिएको
  • फिदिममा आयोजित आठौं तरुण गोल्डकपको उपाधि कुम्मायक गाउँपालिकालाई

    इटहरी ।  फिदिममा आयोजित आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुम्मायक गाउँपालिकाले हात पारेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको बिहीबार साँझ सम्पन्न फाइनलमा कुम्मायकले हिलिहाङ गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । फाइनल खेलमा दुबै टोलीले वर्षातका बावजुद सशक्त प्रदर्शन गरे पनि खेलको निर्णायक क्षणमा कुम्मायकका सुदीप लावतीले गरेको एकमात्र गोल टोलीको निर्णायक बनेको थियो । विजेता कुम्मायक गाउँपालिकाले नगद एक लाख एक सय ७३ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता हिलिहाङ गाउँपालिकाले नगद

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ४४६ पटक पढिएको
  • तरुण गोल्डकपको उपाधी कुम्मायकलाई

    पाँचथर– पाँचथर सदरमुकाम फिदिममा सम्पन्न आठौँ तरुण गोल्डकप फुटवल प्रतियोगिताको उपाधी कुम्मायक गाउँपालिकाले जितेको छ । विहिवार सम्पन्न फाईनल खेलमा हिलिहाङ गाउँपालिकालाई हराउँदै उपाधी जितेको हो ।१–० गोलको  झिनो अन्तरले कुम्मायकले उपाधी जितेको हो । दोश्रो हाफको अन्तिम समयमा सुदिप लावतीले गरेको गोलनै जितका लागि पर्याप्त भयो ।विजेता टिमले १ लाख १ सय ७३ रुपैँया नगद र ट्रफि पाएको छ । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको थियो । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।प्रतियोगितामा कुम्मायक गाउँ पालिकाका वेष्ट किपर रोचक लावती,वेष्ट डिफ

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ४३० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]