खेलकुद

    Showing १७१-१८० of ७७५ items.
  • नेपाल पुलिस र न्यु डायमण्ड नवौं एनभीए महिला तथा पुरुष भलिबलको फाइनलमा प्रवेश

    काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स युथ क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लव र विभागीय टोली एपीएफलाई पराजित गर्दै न्यु डायमण्ड फाइनल प्रवेश गरेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गर्यो । खेलमा पुलिस २५–१२, २९–३१, २५–१४ र २५–१८ ले बिजयी भएको हो ।त्यस्तै शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा न्यु डाइमन्डले एपीएफलाई ३–० को सोझो सेटम

    • प्रकाशित मितिः पुस १८, २०८२
    • २६३ पटक पढिएको
  • साथीभाइले जित्यो पदमबहादुर गुरुङ स्मृति कप

    इटहरी । तमु ल्होसारको अवसरमा ताप्लेजुङमा आयोजित दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति कप फुटबल प्रतियोगिताको उपाधी साथीभाइ स्पोर्टिङ क्लबले जितेको छ । मङ्गलबार भएको फाइनलमा आयोजक ‘बि’ लाई ३–० गोलले पराजित गर्दै साथीभाइले उपाधी जितेको हो । तमु ल्होसार मूल आयोजक समिति तथा ताप्लेजुङ स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । उपाधि जितसँगै साथीभाइ स्पोर्टिङ क्लबले एक लाख १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आयोजकले ५५ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । सोमबार भएको सेमिफाइनलमा नेपाल प्रहरी क्लब ताप्लेजुङलाई पराजित

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २२७ पटक पढिएको
  • माछापोखरी मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

    इटहरी। आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लबले विजयी सुरुआत गर्दै प्रथम मानाभारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबारबाट सुरु भएको उद्घाटन खेलमा आयोजक मानाभारा युथ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गर्दै चाँगे सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । आयोजकका कप्तान मनराज लिम्बूले खेलको ५१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनु भएको थियो । तर ५८ औँ मिनेटमा चाँगेका दिपेश श्रेष्ठले गोल गर्दै बराबरी गर्नुभयो । त्यस्तै पुन श्रेष्ठले ६० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–१ गोलअन्तरले पछि

    • प्रकाशित मितिः पुस १६, २०८२
    • २५९ पटक पढिएको
  • पदम बहादुर स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ र आयोजक भिड्दै

    इटहरी । दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ र आयोजक ’बी’ भिड्ने भएका छन् । तमु ल्होसार पर्व २०८२ को अवसरमा फुङ्लिङस्थित लक्ष्मीटारमा मङ्गलबार हुने फाइनल खेलमा साथीभाइ र आयोजक भिड्ने भएका हुन् । सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ पुलिस क्लबविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै साथीभाइ फाइनल पुगेको हो । यस्तै अन्तिम सेमिफाइनल खेलमा आयोजक ‘बि’ ले टाइब्रेकरमा गोर्खाली स्पोर्टिङ क्लब मेलुङलाई पराजित गरी आयोजकले फाइनलमा साथीभाइसँगकोे भेट पक्का गरेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख १५ हजार रुपियाँसहित ट्रफी म

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ३०७ पटक पढिएको
  • प्रथम मानाभारा गोल्ड कप आजबाट

    इटहरी । प्रथम मानाभारा गोल्ड कप मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा प्रथम मानाभारा गोल्ड कप आजबाट सुरु हुने भएको हो । स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो । खेजेनिमको आहाले टारमा सञ्चालन हुने प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । आज हुने उद्घाटन खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब र माछापोखरी हिटी क्

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २५२ पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सङ्घीय मेलाको अवसरमा खेलाइने भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सङ्घीय मेलाको अवसरमा खेलाइने भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने भएका छन् । मङ्गलबारदेखि सुरु हुने मेलामा खेलाइने अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । आयोजक सङ्घीय मेला खेलकुदरसांस्कृतिक क्लबले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटनको दिन मङ्गलबार दुई वटा खेल हुनेछ । उद्घाटनको दिन पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन र फुङ्लिङ नगरपालिका तथा आयोजक ‘बि’ र सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकबिच खेल हुने छ । यस्तै दोस्रो दिन बुधबार पहिलो चरणकै खेलअन्तर्गत सिदिङ्वा गाउँपालिका–६ मेहेले र पाथीभरा याङ्वरक–३

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २८६ पटक पढिएको
  • लेटाङ रनको तेस्रो संस्कारण माघ १ गते मोरङको लेटाङमा हुने

    इटहरी । लेटाङ रनको तेस्रो संस्कारण माघ १ गते मोरङको लेटाङमा हुने भएको छ । आयोजक लेटाङ रनले पत्रकार सम्मेलन गर्दै माघ १ गते करिव ८ सय धावकहरूको प्रतिस्पर्धाका बिच लेटाङ रनको आयोजना हुने जानकारी दिएको छ । लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने बताउँदै आयोजक समितिका अध्यक्ष किरण राईले यसवर्ष चार वटा विधामा महिला र पुरुषतर्फ अलग अलग प्रतिस्पर्धा सञ्चालन गरिने जानकारी दिनुभयो । सबैभन्दा ठूलो पुरस्कार राशी खुला पुरुषरमहिला तर्फको १० किलोमिटरको म्याराथन रहनेछ । जसमा देश विदेशका खेलाडीहरुले खुलारुपमा सहभागिता जनाउने छन् । यस विधामा महिला र पुरुष दुवैतर्फ प्रथम

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २०९ पटक पढिएको
  • इटहरीमा तेक्वान्दो जुनियर रातो, रातो / कालो पेटी ग्रेडिङ्ग सम्पन्न

    इटहरी । इटहरीमा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको छ । इटहरी स्थित पकली माध्यमिक विद्यालयमा राष्ट्रिय तेक्वान्दो संघ सुनसरीको आयोजनामा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो ÷ कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको हो। ग्रेडिङ्गमा २८ जना रातो–कालो पेटी भएका र १८ जना कालो पेटी भएका विद्यार्थीहरूले परीक्षा दिएका थिए । परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरूले प्रमाणपत्र प्राप्त गरेका छन् । राष्ट्रिय तेक्वान्दो संघ सुनसरीका अध्यक्ष खगेंद्र कुटवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी इटहरी वडा नं. ५ का वडाध्यक्ष भिष्म कुमार घिमिरे, राष्ट्रिय तेक्वान्दो संघ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३५० पटक पढिएको
  • हरिनगरमा पहिलो टि–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु

    इटहरी । हरिनगर स्पोट्र्स क्लबको आयोजनामा पहिलो टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ सुनसरीको समन्वयमा हरिनगर खेलमैदानमा १२ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मोहम्मद गजाली अन्सारीले जानकारी दिनुभयो। प्रतियोगिताको उद्घाटन हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले गर्नुभएको हो। उद्घाटन खेल रोलेक्स क्रिकेट क्लब भोक्रा नरसिंह र जुद्धगञ्ज क्रिकेट क्लब जुद्धगञ्जबीच सम्पन्न भएको थियो  । उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष गफार अन्सारीले खेलकुद क्षेत्रको विकासका लागि आफू सधैँ तत्पर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २५५ पटक पढिएको
  • सुनसरीको विजयपुरगढीदेखि धनकुटाको साँगुरीगढीसम्म नेपाली सेनाको पदयात्रा र दौड प्रतियोगिता गर्ने

    इटहरी । नेपाली सेनाले राष्ट्रि एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा पदयात्रा तथा दौड प्रतियोगिता गर्ने भएको छ । सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको साँगरीगढी दोेड प्रतियोगिता तथा पत्रदयात्रा गर्न लागेको हो । सेनाले पुस २७ गतेदेखि ३० गतेसम्म पदयात्रा र दौड प्रतियोगिता गर्न लागेको हो । पदयात्रा सुनसरीको ऐतिहासिक स्थल विजयपुरगढी देखी सुरुभई धराको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रिबासमा गएर समापन हुने छ । धनकुटाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको भीमदल गण सल्लेरी धनकुटाका गणपती गणेश थापाले जानकरी

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ३०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]