खेलकुद

    Showing १४१-१५० of ७७५ items.
  • प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरको कुम्मायक कुसायकलाई

    इटहरी। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा सम्पन्न प्रथम लिङ्तेप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पाँचथरको कुम्मायक कुसायकले जितेको छ ।  साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङलाई फाइनल खेलमा ४–२ गोलअन्तरले पराजित गर्दै कुम्मायक कुसायकले उपाधि जितेको हो । उपाधि जितसँगै कुम्मायक कुसायकले तीन लाख दुई हजार ८२ रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको साथीभाइ सामाजिक युवा क्लबले एक लाख ५२ हजार ८२ रुपियाँ तथा ट्रफी, पदक र प्रमाणपत्र पायो ।  बसन्त पञ्चमीको अवसरमा स्थानीय प्रगतिशील युवा क्लबले आयोजना गरेको प्रतियोगिता माघ ९ गते सुरु भई मङ्गलबार सम्पन्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २२१ पटक पढिएको
  • प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान हुने

    इटहरी ।  प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रकेट खेलमैदान उक्त प्रतियोगिता हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत माघ १४ गते मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले बताउनुभयो । उक्त प्रतियोग

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २९१ पटक पढिएको
  • रामधुनीमा चौथो नगरस्तरीय कराते प्रतियोगिता सम्पन्न

    इटहरी । नेपाल सितोरियो कराते सङ्घ शाखा डोजो रामधुनी–४ मानपुरको आयोजनामा एक दिवसीय चौथो रामधुनी नगर जिल्ला स्तरीय कराते प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगिता कार्यक्रम संयोजक तथा कराते प्रशिक्षक हरिबहादुर राउतको अध्यक्षतामा तथा रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संयोजक हरिबहादुर राउतले स्थानीय स्तरमै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै खेलाडीहरूको उत्साहले आगामी दिनमा अझ ठूला प्रतियोगिता आयोजना गर्ने प्रेरणा मिलेको भनाइ राख्नुभयो । प्रतियोगिताको उद्घाटनमा प्रमुख अतिथि नगरप्रमुख शंकरल

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २४५ पटक पढिएको
  • प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुँदै

    इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा सोमबार सेमिफाइनलका खेल हुने भएको हो । जसअन्तर्गत पहिलो सेमिफाइनल खेलमा लालिमा युवा क्लब ढुङ्गेसाँघु र साथीभाई सामाजिक युवा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । लालिमाले शुक्रबार भएको उद्घाटन खेलमा प्रगतिशील युवा क्लब आयोजक निलोलाई ७–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यता आइतबार भएको खेलमा साथीभाईले पुवाजुङ युथ क्लब इलामलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लालिमासँग भेट

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २२६ पटक पढिएको
  • प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’ को उपाधि नेर्पा स्पोर्टस् क्लबलाई

    इटहरी ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आइतबारसम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले उपाधि जितेको हो । उपाधि विजेता नेर्पाले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबगरी दश टोलीको सहभागिता रहेको प्रतियोगिताका उपविजेता गछिया युवा समाज मोरङले नगद रु एक लाख ५१ हजारको साथमा ट्

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २६८ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    इटहरी ।  इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गर्नुभएको हो । उद्घाटन समारोहमा प्रमुख पौडेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति रनिङ शिल्डअन्तर्गत राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उपमहानगरपालिकाले विशेष सम्मान तथा

    • प्रकाशित मितिः माघ ११, २०८२
    • ३०८ पटक पढिएको
  • ४७ औँ अन्तर्राष्ट्रिय आमन्त्रित हाङथुम कपको उपाधी डि वाई सी धनकुटालेलाई

    संखुवासभा | संखुवासभाको मादी नगरपालिका–३, मुलखर्कमा भएको  ४७ औँ अन्तर्राष्ट्रिय आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिता–२०८२ को उपाधी डि वाई सी  सांगुरिगढी, भेडेटार धनकुटाले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेल  डि वाई सी  सांगुरिगढी, भेडेटार धनकुटा र भारतको दुधे फुटबल क्लब, दार्जिलिङ विच भएको थियो ।  डि वाई सी धनकुटाले, भारतलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधी संगै नगद रु. २,४२,२२२ ट्रफी मेडल प्रमाणपत्र  हात परेको हो । पहिलो हाफको १७ औँ मिनेटमा जर्सी नम्बर ९ का सन्दीप लिम्बुले गोल गर्दै खाता खोलेका थिए, पहिलो हाफ कै २७ औँ मिनेटमा जर्सी नम्

    • प्रकाशित मितिः माघ १०, २०८२
    • ५५० पटक पढिएको
  • ताप्लेजुङको मेरिङदेनमा जारी प्रथम लिङ्तेप गोल्डकपमा आयोजक र मानाभारा भिड्दै

    इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी प्रथम लिङ्तेप आमन्त्रित गोल्डकपमा आज आयोजक रातो र मानाभारा युथ स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुँदै छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा शनिबार आयोजक र मानाभाराबिच प्रतिस्पर्धा हुने भएको हो । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक निलोलाई ३–७ गोल अन्तरले पराजित गर्दै लालिमा युवा क्लब ढुङ्गेसाँघु सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । जसमा आयोजकको दुई टिमसहित लालिमा युवा क्लब ढुङ्गेसाँघु, मानाभारा युवा क्लब खेजेनिम, साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ, पुवाजुङ फुटबल क

    • प्रकाशित मितिः माघ १०, २०८२
    • २६५ पटक पढिएको
  • तेस्रो वरकदेन गोल्ड कपको उपाधि हाङ्पाङलाई

    इटहरी । तेस्रो वरकदेन गोल्ड कपको उपाधि चुवा समाज युवा क्लब हाङ्पाङले हात पारेको छ । श्री वरकदेन युवा क्लबको आयोजनामा बुधबार सम्पन्न भएको खेलमा गोरखा युवा क्लब फुङलिङ–१ लाई ५–० गोल अन्तरले पराजित गर्दै हाङ्पाङ उपाधि हात पारेको हो । उपाधिसँगै हाङ्पाङले नगद एक लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बन्न सफल फुङलिङले एक लाख एक हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो । गोल्ड कप कक्फेक्वा तङ्नाम ९माघे सक्रान्ती०को अवसरमा सञ्चालन गरिएको श्री वरकदेन युवा क्लबका अध्यक्ष उमेश केद

    • प्रकाशित मितिः माघ ८, २०८२
    • १८५ पटक पढिएको
  • भोजपुरको हतुवागढीमा वडास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

    इटहरी । “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने नारासहित भोजपुरको हतुवागढी गाउँपालिकामा खुल्ला महिला तथा पुरुष वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। हसनपुर युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता माघ २९ गतेदेखि फागुन ०३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका अन्तरवडा टोलीहरू सहभागी हुनेछन्। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले ६१ हजार, द्वितीय हुने टोलीले ४१ हजार तथा सेमिफाइनल प्रवेश गर्ने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फ प्रथम हुने टोलीलाई ३१ हजार, द्वितीय टोलीलाई २

    • प्रकाशित मितिः माघ ७, २०८२
    • ६०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]