खेलकुद

    Showing १३१-१४० of ७७५ items.
  • झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सातौँ संस्करणको झापा गोल्डकप आजदेखि सुरु

    इटहरी । मोफसलकै लोकप्रिय झापा गोल्डकपको सातौं संकरण आजशनिबारबाट झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सुरु हुने भएको छ ।आयोजक झापा गोल्डकपले पत्रकार सम्मेलनको आयोजना गर्र्दै प्रतियोगिताको तयारी पूरा गरिएको जानकारी दिएको हो । आज हुने उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै छ ।प्रतियोगिताका लागि खेलमैदान र  १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको आयोजक समितिका अध्यक्ष केदार गिरीले बताउँनुभयो । खेलमैदानमा दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २६२ पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्डका लागि सिदिङ्वा गाउँपालिकामा चार दिन स्थानीय बिदा

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको छ । शुक्रबार सुरु हुने अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको हो । माघ २३ गते शुक्रबारदेखि माघ २६ गते सोमबारसम्म स्थानीय बिदा दिने गरी कार्यपालिकाको निर्णय रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । खेलको दर्शन र सहभागिता समेतलाई आधार मानेर स्थानीय बिदा प्रदान गरिएको पालिकाले जनाएको छ । २४ गते शनिबार बिदा परेकाले स्थानीय बिदा तीन दिन मात्र हुनेछ । जिल्ला खेलकुद विकास समिति आयोजक भएपनि प्रतियोगिताको सम्पूर्ण संयोजन सिदिङ्वा ग

    • प्रकाशित मितिः माघ २३, २०८२
    • २३८ पटक पढिएको
  • वराहक्षेत्रमा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरु

    इटहरी । वराहक्षेत्र नगरपालिकामा सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । नगरपालिकाको आयोजनामा सुरु प्रतियोगितामा नगरपालिका भित्र रहेका सामुदायिक , संस्थागत तथा धार्मिक माध्यमिक तहका बिद्यालयको सहभागिता रहेको छ । बिहिबारबाट सुरु प्रतियोगिताको नगर प्रमुख रमेश कार्कीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रमेश कार्कीले विद्यालयस्तर देखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको बताउनुुभयो । पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउ

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ३८१ पटक पढिएको
  • राजनितिको ‘उर्वर भूमि’ सुनसरी ४ नम्बरको चुनावी अंक गणित

    सुनसरी । नेपाली राजनीतिको ‘उर्वर भूमि’ भनेर चिनिने सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ यही क्षेत्र सधै चर्चामा आउने गरेको छ ।सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बिजयी भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बनेर उदाएका थिए ।काग्रेसका डा खलिल आजाद यश क्षेत्रबाट निर्वाचित भएर २०४८ सालकाे पहिलो आम निर्वाचन पछि बसेकाे प्रतिनिधिसभा बैठककाे सभामुख बन्न पुगे। उनका छाेरा  जमिल आजाद यसपटक काग्रेसकाे समानुपातिक उम्मेदवार रहेका छन । गिरिजापछि यही क्षेत्रबाट सुजाता कोइराला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली काँग्रेसका प्रभावशाली नेता ज्ञाने

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ३२६ पटक पढिएको
  • दोस्रो सुटिङ बल विश्वकपमा नेपाल उपविजेता, पुरुषतर्फ चौथो स्थान

    इटहरी । भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न दोस्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाली महिला टोली उपविजेता बन्न सफल भएको छ भने पुरुष टोलीले चौथो स्थान हासिल गरेको छ । माघ १८ देखि सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो। विश्वकपमा भारत, क्यानडा, नेपाल, श्रीलंका, सुडान, म्यानमार, न्यूजिल्याण्ड लगायतका देशहरू सहभागी थिए । कडा प्रतिस्पर्धाबीच नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा उजागर गरेका छन् । नेपाली महिला टोलीले प्रतियोगिताको सुरुदेखि नै सन्तुलित, अनु

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २४६ पटक पढिएको
  • प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकालाई

    इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा सडन डेथमा ५–४ गोल अन्तरले सिरिजङ्घा गाउँपालिकालाई पराजित गर्दै सिदिङ्वाले उपाधि जितेको हो । सुरुवाती अग्रता सिदिङ्वाले लिएपछि निर्धारित समयावधिमा दुवै टोलीले बराबरी दुई–दुई गोल भएर खेल समाप्त भएको थियो । सिदिङ्वाका तर्फबाट दुवै गोल विवेक सुनामले गर्नुभएको थियो भने सिरिजङ्घाका तर्फबाट हप्पु लिम्बूले पहिलो र भाइचुङ शेर्पाले दोस्रो गोल गर्नुभएको थियो । यसरी दुवै टोलीबाट दुई–दुई बराबरी गोल भएपछि निर्णयका लागि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २५३ पटक पढिएको
  • खेलमैदानको अभाव झेल्दै आएको फिक्कल क्षेत्रमा सुविधा सम्पन्न तथा अन्तर्राष्ट्रियस्तरको खेलमैदान निर्माणको तयारी, युनाइटेड फिक्कल क्लबद्वारा १८ रोपनी १२ आना जग्गा खरिद

    इटहरी। इलामको सूर्योदय नगरपालिका १० मा खेलमैदान निर्माणका लागि १८ रोपनी बढी जग्गा खरिद गरिएको छ । खेलमैदानको अभाव रहेको फिक्कल क्षेत्रमा चाँडै सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नका लागि स्थानीय युनाइटेड फिक्कल क्लबले रमितेमा १८ रोपनी १२ आना जमिन खरिद गरेको हो । क्लबको सचिव श्रृजन गदालका अनुसार खेल मैदान निर्माणका लागि २५ रोपनी जमिन पुर्‍याइने छ । १८ रोपनी १२ आना जमिनको लालपुर्जा क्लबले प्राप्त गरी सकेको छ भने थप जग्गाको लालपुर्जा लिने काम भइरहेको छ । क्लबले जग्गा खरिदका लागि रकम जुटाउन विभिन्न सांस्कृतिक कार्यक्रम, सडक महोत्सव, हाउसी खेल सञ्चालन गर्दै आएको थियो । सचिव गदालका अनुसार जग्गा

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २३७ पटक पढिएको
  • भोक्राहा नरसिंहमा तेश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिदेखि

    सुनसरी — भोक्राहा नरसिंह गाउँपालिका–८, सोनियाहीमा आयोजना हुने तेश्रो अध्यक्ष कप फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ। प्रतियोगिता २०८२ माघ २० गतेदेखि २०८२ माघ २७ गतेसम्म सञ्चालन हुनेछ।भोक्राहा नरसिंह–८ स्थित श्री राष्ट्रिय आवि खेल मैदानमा हुने प्रतियोगिताका खेलहरू दैनिक दिउँसो २:०० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।प्रतियोगितामा दुई समूह बनाएर खेल सञ्चालन गरिनेछ। Group–A मा BFC बर्जु, जनता युवा क्लब, मिलन स्पोर्टिङ क्लब र सुनसरी कल्याण समाज सहभागी छन्। त्यसैगरी Group–B मा NBFC इटहरा, मधुवन खेलकुद समिति, सरकार युवा क्लब र आयोजक टिम सहभागी रहनेछन्।प्रतियोगिताको फाइनल खेल २०८२ माघ २७ गते

    • प्रकाशित मितिः माघ १८, २०८२
    • २६९ पटक पढिएको
  • धरान गल्फ कोर्समा देश–विदेशका गल्फप्रेमीको चहलपहल

    इटहरी ।  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ । यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका खेलाडी मात्र होइन, पोखरा, काठमाडौँ र साथै यहाँ देश तथा विदेशी खेलाडीसमेत आउन थालेका छन् । यसले धरानमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले बताउनुभयो । उहाँका अनुसार हाल यहाँ इङल्यान्ड, इटाली, फ्रान्स, अस्ट्रेलिया, सिङ्गापुर

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २३४ पटक पढिएको
  • इटहरीमा “हिसान स्पोर्ट्स मिट २०८२” माघ १५ देखि, २५ सय विद्यार्थी सहभागी

    इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीले खेल उत्सवको रूपमा मनाउँदै आएको प्रतियोगिता सुरु हुन लागेको छ । २०६९ सालदेखि खेल उत्सवको रूपमा परिचित "हिसान स्पोर्टस् मिट २०८२" माघ १५ देखी २८ गतेसम्म तय भएको हो । सुनसरी जिल्लाभरिका २५ सय विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने महोत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने भएका छन् । १२ औँ संस्करणको स्पोर्ट्‌स मिटमा कक्षा १० सम्म १० विधामा ४१ खेल र कक्षा ११ र १२ का विद्यार्थीको लागी ११ विधाका ३४ खेल हुँदैछ्न् । स्पोर्ट्स मिटलाई विद्यार्थी, अभिभावक र विद्यालयले उत्सवकै रूपमा ग्रहण गर्ने गरेको हिसान सुनसर

    • प्रकाशित मितिः माघ १४, २०८२
    • ३०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]