इटहरी । मोरङको पथरी शनिश्चरेमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप अन्तर्गत भएको दोस्रो क्वार्टरफाइनल खेलमा एनआरटी काठमाडौँले डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब सिरहालाई ३–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी शनिश्चरे–१ स्थित प्रस्तावित रङ्गशालामा भएको खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा सहलेस युवा क्लबका जर्सी नम्बर १० का निङमा घिसिङले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि एनआरटीले १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा एनआरटीले आक्रमणलाई थप तीव्र बनाउँदै खेलको ७९ औँ मिनेटमा जर्सी नम्बर १४ का कृष्ण आलेले गोल गरे। उनको गोलसँगै एनआरटी
इटहरी । इटहरी आदर्श जायन्ट्सको आयोजनामा ’कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ। प्रतियोगिताको औपचारिक घोषणा तथा विस्तृत जानकारी गराउने उद्देश्यले ‘रमाडा बाई विन्डम इटहरी’मा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । कर्पोरेट क्षेत्रका विभिन्न संस्था, व्यावसायिक प्रतिष्ठान तथा सङ्घ–संस्थामा कार्यरत कर्मचारीहरूलाई क्रिकेटमार्फत एउटै मञ्चमा जोड्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। खेलकुदको माध्यमबाट आपसी सम्बन्ध, नेटवर्किङ विस्तार, टोली भावनाको विकास र स्वस्थ प्रतिस्पर्धात्मक खेलकुद संस्कृति प्रवद्र्धन गर्ने लक्ष्य आयोजकले राखेको छ। सुनसरी जिल्ल
इटहरी । मोरङको पथरी शनिश्चरेमा आगामी असोज १७ गतेदेखि आयोजना हुने ’तेस्रो पथरी शनिश्चरे गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी ७५ प्रतिशत पूरा भई अन्तिम चरणमा पुगेको छ । पथरी–११ फुटबल क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन खेलमैदान व्यवस्थापन, घाँस काट्ने, सम्याउने तथा दर्शकका लागि अस्थायी प्यारापिट निर्माणको कामलाई तीव्र पारिएको हो। आयोजक क्लबका अध्यक्ष सुमन विकका अनुसार दैनिक ३ देखि ५ हजारसम्म दर्शकले खेलको प्रत्यक्ष अवलोकन गर्न सक्ने अनुमान गरिएको छ। प्रतियोगितामा आयोजक पथरी–११, भारतको युनाइटेड कुर्सेओङ फुटबल क्लब, ललितपुरको थ्री स्टार क्ल
इटहरी । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा पूर्वराष्ट्रिय फुटबल खेलाडी दीपेन्द्र धिमालको शनिबार अन्त्येष्टि गरिएको छ । पेटको क्यान्सरका कारण ५९ वर्षको उमेरमा निधन हुनुभएका धिमाललाई अन्तिम बिदाइ गर्न मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । धिमालले आफ्नो खेलजीवनको सुरुवात गर्नुभएको सोही ऐतिहासिक मैदानमा पार्थिव शरीरलाई परिक्रमा गराएपछि अन्तिम यात्राका लागि अघि बढाइएको थियो। उक्त श्रद्धाञ्जली सभामा कोशी प्रदेशसभा सदस्यहरू भीम पराजुली, विद्या चाम्लिङ र शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रस
इटहरी । शटल धनकुटा स्पोट्र्स क्लबको आयोजनामा धनकुटामा सञ्चालित तीन विधाको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय ‘बी लेभल’ पुरुष डबल्सको उपाधि प्रतिक विष्ट र कर्ण तामाङको जोडीले जितेको छ। उनीहरूले सञ्जोकहाङ लिम्बू र प्रकाश राईको जोडीलाई सोझो सेटमा पराजित गरे। यस विधामा अनमोल बुर्जा मगर र उत्सब उप्रेती तथा विशाल पराजुली र रोमिन राईको जोडी तेस्रो भएका छन्। यस्तै, राष्ट्रियस्तरीय भेट्रान्सतर्फ शिखर श्रेष्ठ र इन्द्रकुमार योङहाङको जोडीलाई पराजित गर्दै गणेश राई र दिपक आङ्दाम्बेको जोडीले उपाधि हात पारेको छ। यस विधामा मनोज लिम्बू र विजेन प्रधान तथा राम योञ्जन र श्रवण
इटहरी । मोरङको कानेपोखरीमा आगामी कात्तिक १३ र १४ गते ‘जिल्लास्तरीय प्रथम वडा अध्यक्ष कप’ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। मोरङ सीएचआईटीएफ तेक्वान्दो संघले शनिबार कानेपोखरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो। कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा कोशी प्रदेशका तीन जिल्लाका खेलाडीहरूको सहभागिता रहनेछ। संघका अध्यक्ष विधानन्द चौधरीका अनुसार स्वास्थ्य, अनुशासन र आत्मरक्षाका लागि खेलकुदको विकास गर्दै स्थानीयस्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। दुईदिने प्रत
इटहरी । तालतलैया फुटबल क्लब इटहरीले पहिलोपटक प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष सजिवन राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका विषयमा जानकारी दिइएको हो। इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवद्र्धन तथा विकाससँगै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो। प्रतियोगिताको उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा हुने प्रतियोगिता असोज १ गते बिहीबारद
इटहरी । लागूऔषधविरुद्ध चेतना फैलाउँदै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले तरहरा स्पोट्र्स क्लब इटहरी–२० को आयोजनामा शनिबार ‘तरहरा आर्म रेस्लिङ कम्पिटिसन’ सम्पन्न भएको छ । इटहरी–२० स्थित तरहरा साझा लाइनको रिजन होटल बाँसघारी कटेजमा से नो टु ड्रग्स्, वि आर अगेन्स्ट ड्रग्स् भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राख्दै स्वस्थ तथा सकारात्मक गतिविधिमा जोड्न सहयोग पुग्ने आयोजकको विश्वास छ। तरहरा स्पोट्र्स क्लबका अध्यक्ष विभश विष्ट (राजा)को अध्यक्षतामा भएको कार्यक्रममा धरान एकता समाजका संस्थापक संरक्षक तथा नेपाली कांग्रेसका युवा न
इटहरी । “स्मृतिलाई सम्मान, युवालाई अवसर, खेलकुदलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ सुनसरीको बराहक्षेत्र–१०, प्रकाशपुरमा ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप–२०८३’ रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रकाशपुर युवा जमातको आयोजना तथा प्रकाशपुर फुटबल क्लबको प्राविधिक सहयोगमा आगामी असोज २३ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको हो। वडा कार्यालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको उद्देश्य, तयारी र खेल व्यवस्थापनबारे जानकारी दिइएको छ । आयोजक संस्थाका अध्यक्ष मनिस मगरको सभापतित्व तथा बराहक्षेत्र–१० का वडा अध्यक्ष तेजबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनक
इटहरी । इटहरीमा आयोजित इन्टर जिम ५ ए साइड फुटसल टुर्नामेन्टको उपाधि आयोजक ओएसिस फिटनेसले जितेको छ । शनिबार एसडी फुटसलमा सम्पन्न एकदिने प्रतियोगिताको फाइनलमा ओएसिस फिटनेसले तरहरा फिटनेसलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा न्युट्री हब फिटनेस तेस्रो भएको छ । ओएसिस फिटनेसको आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिम तथा फिटनेस सेन्टरका १२ टोलीको सहभागिता रहेको थियो। उपाधि विजेता ओएसिस फिटनेसले नगद २५ हजार रुपैयाँ तथा उपविजेता तरहरा फिटनेसले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्। दुवै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो। व्यक्तिगत विधातर्फ ओएसिस फिटनेसका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.