आर्थिक

    Showing ३३१-३४० of १,२१५ items.
  • कानेपोखरी गाउँपालिकाको नयाँ प्रशासनिक भवन बन्ने

    इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको सोमबार शिलान्यास गरिएको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले कानेपोखरी(५, भौंसावारीमा प्रमुख प्रशासनिक भवनको शिलान्यास गर्नुभएको हो । सङ्घीय सरकार र कानेपोखरी गाउँपालिकाको संयुक्त लगानीमा १० करोड ९७ लाख ७० हजार २७८ रुपियाँ ७३ पैसामा भवन निर्माण हुने भएको हो । हेटौँडाको अर्थ(श्रीमान जेभीले लागत इस्टमेट भन्दा ३२ दशमलव २८ प्रतिशत अर्थात पाँच करोड २३ लाख २४ हजार ६२३ रुपियाँ ९० पैसा घटीमा भवन निर्माणको ठेक्का लिएको छ । गत कात्तिक २७ गते पालिका र निर्माण कम्पनीबिच सम्झौता भएको प्रशासनिक भवन २०८४ को कात्तिक मसान्तसम्ममा निर्मा

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • २४५ पटक पढिएको
  • इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु

    इटहरी । सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको छ । स्थानीय नागरिकहरुले तीन दशकदेखि राजनीतिक मुद्धा बनेको तर सडक नबनेको भन्दै इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि इनरुवा ९ बबिया पोखरी चौकबाट आन्दोलन सुरु गरेको हो । सदरमुकाम इनरुवादेखी सीमावर्ती कप्तानगञ्जसम्मको करिव २४ किलोमिटर सडक इनरुवा–कौवाखोच सडक तत्काल निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको नागरिक अगुवा दिलिपचन्द साहुले जानकारी दिनुभयो । साहका अनुसार इनरुवा–कौवाखोच सडक निर्माण सर्घष समिति गठन भेला सहित आन्दोलन सुरु गरेको हो । पूर्व संघीय प्रतिनिधि सभा सदस्य असोक चौधरी सहित स्थानीय तहका

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • ३१० पटक पढिएको
  • पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

    इटहरी । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२(८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।  गत आवको सोही अवधिको तुलनमा आयातमा १२।१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४।१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • १९० पटक पढिएको
  • मिक्लाजुङमा सुन्तला खेतीको सफलता,सन्तोष राईपछि गाउँभरि किसान आकर्षित

    इटहरी ।  उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यवसायीक सुन्तला खेती गर्ने योजना बनाउनुभयो । १२ वर्ष अघि गाउँमा कसै कसैले एक दुई बोट सुन्लला रोप्नु भएको थियो । तर व्यवसायीक खेती कसैले गरेको थिएनन् । उसबेला रमिते पुुग्ने सडक थिएन । मधुमल्ला र टाँडीबाट पैदल यात्रा गरेर रमिते पुुग्नुु पर्थ्यो । धनकुटाको पारिपात्लेबाट बढो दुुःखका साथ उहाँले दुई सय बिरुवा लगेर बारिमा रोप्नुुभयो । ११ वर्ष अघि रोपेका दुई सय बिरुवामध्ये डेढ सय बोटले सात वर्ष यता निरन्तर आम्दानी दिइरहेका छन् । विदेश

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २८६ पटक पढिएको
  • काबेली इनर्जीले १ अर्ब ५ करोड बराबरको संस्थापक शेयर खुल्ला

    इटहरी । काबेली इनर्जी कम्पनी लिमिटेडले संस्थापक शेयर खुल्ला गरेको छ । कम्पनी लिमिटेडले एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर खुल्ला गरेको हो । शुक्रबार फुङलिङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले शेयर खुल्ला बारे जानकारी गराएको छ । जसमा आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम् १० हजार मूल्य बराबरको शेयर लगाउन पाउनेछन् । ति दुई जिल्ला बाहेक अन्य जिल्लाका नागरिकका लागि न्यूनतम् शेयर मूल्य एक लाख रुपियाँ बराबर कायम गरिएको छ । एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर सङ्कलन भएपछि शेयर लगाउन पाउने दिन बन्द हुने काबेली इनर्जी कम्पनी लिमिटेडले जनाएको

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २७९ पटक पढिएको
  • युनीकम नेपाल सुनसरी द्वारा ‘Training on Collective Bargaining & Negotiation Skill’ कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनीकम नेपाल) सुनसरी जिल्ला कार्यसमितिद्वारा आयोजित ‘Training on Collective Bargaining & Negotiation Skill’ कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमका सभापति युनीकम नेपाल सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दंगाल रहनुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भीम पौडेल रहेका थिए।त्यसैगरी विशेष अतिथि तथा कोशी प्रदेश सामाजिक सुरक्षा कोष कार्यालय प्रमुख दीपकराज भट्ट, झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेल, युनिकम नेपाल मोरङ–सुनसरी–झापा नगर इ

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ६४५ पटक पढिएको
  • पूर्वी नाकाबाट चिया निर्यातमा तीव्र गिरावट

    इटहरी ।  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ ।मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा  अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो । गत आवको उक्त अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो । यो चालु आवमा रु ८३ करोड १७ लाख ६२ हजारले कम हो । 

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २१४ पटक पढिएको
  • झापाका तीन स्थानमा आगलागी,१५ लाख रुपैयाँ बरावरको क्षति

    इटहरी ।  सुख्खायाम शुरुभएसंगै झापामा आगलागीका घटना हुन थालेका छन् । बिहीबार मात्रै झापाका तीन अलग अलग स्थानमा आगलागीका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार आगलागीका कारण १५ लाख रुपैयाँ बरावरको धनमाल जलेर नष्ट भएका हो ।  आगलागीका कारण मानवीय क्षति नभएपनि धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको हो ।  प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८ हात्तिकिल्लामा राजन चौलागाईको डेढ तले पक्की घरको छतमा रहेको पूजा कोठामा बालेको दियोबाट आगो सल्किँदा कोठाभित्र राखिएको धान, लत्ताकपडा तथा अन्य सामग्री जलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।  स्थानीयवासीको सह

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २०७ पटक पढिएको
  • झापाको कन्काई पुलको ठेक्का तोडियो

    इटहरी । झापाको कन्काई पुलको ठेक्का तोडिएको छ । हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत इटहरी योजना कार्यालयले सूचना निकालेर ठेक्का सम्झौता अन्त्य भएको जानकारी गराएको हो । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका वडा नम्बर २ र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ जोड्ने झन्डै ७ सय २५ मिटर लामो कन्काई पुल बनाउन १४ वर्ष अघि खरिद सम्झौता भएको थियो । यो पुल बनाउन पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०६८ साल जेठ २९ गते भएको सम्झौता अनुसार २०७२ सालको जेठ २९ गते काम सकिसक्नुपर्ने थियो । तर पूर्व सांसद समेत रहेका हरिनारायण रौनियारको कम्पनी पप्पु कन्स्ट्रक्सनले अन्य विभिन्न आयो

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २५३ पटक पढिएको
  • इलाममा तरकारी र दालको मूल्य आकाशिँदै, उपभोक्ता मारमा

    इटहरी । सधैं तरकारी उत्पादनको जिल्लाका रुपमा रहेको इलाममा पछिल्लो समय तरकारीको मूूल्य आकाशिएको छ । मंसिरको दोस्रो साता हुँदै गर्दा विगत वर्षमाभन्दा तरकारी र दालको मूूल्य बढी रहेको छ । इलाम सदरमुकाममा बिहीबार लाग्ने साप्ताहिक हाटमा गाउँबाट बिक्रीका लागि ल्याइएको तरकारी र दालको मूल्य पनि किन्न नसकिने रहेको उपभोक्ता बताउँछन् । अहिले बजारमा गाउँबाट ल्याइने मासको पहेंलो दाल प्रतिकिलो ३८० रुपियाँ रहेको छ । कालो दाल प्रतिकिलो ३५० रुपियाँका दरले खरिद बिक्री भइरहेको छ । यस्तै तरुलजन्य तरकारीको मूल्य उत्तिकै बढी रहेको छ । पिंडालुको मूल्य प्रतिकिलो एक सय ५० रुपियाँ, इस्कुसको जरा प्रतिकिलो एकसय ८० देखि दु

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]