आर्थिक

    Showing ३०१-३१० of १,२१५ items.
  • जिल्ला बक्सिङ संघ धनकुटाद्वारा आयोजना गरिएको कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रमबाट मिर्गौला फेल र ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

    इटहरी। जिल्ला बक्सिङ संघ धनकुटाले कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघले एउटा मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्या परेका धनकुटा नगरपालिका–८ मिलन चोकका चौतिसलाल राई र ब्लड क्यान्सर पीडित चौबिसे गाउँपालिका वडा नं। ७ लुफादिनका जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो । संघले राईलाई एक लाख १८ हजार चार सय ७० रुपियाँ, ब्लड क्यान्सरपीडित चेम्जोङलाई ३० हजार रुपियाँ सहयोग गरेको हो । राईले मिर्गौलाको नियमित डायलिसिस धनकुटा अस्पतालमा गरिरहनुभएको छ । यस्तै चेम्जोङले काठमाडौँस्थित ओम अस्पतालमा उपचार गराइ रहन

    • प्रकाशित मितिः पुस ८, २०८२
    • १३१ पटक पढिएको
  • पूर्वीनाका झापाको काँकरभिट्टाबाट चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्म २० अर्ब १४ करोडभन्दा बढीको आयात

    इटहरी।  चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७।५७ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा रु १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १० अर्ब ७१ करोड ५४ लाखबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही

    • प्रकाशित मितिः पुस ८, २०८२
    • २६१ पटक पढिएको
  • भोजपुरको रामप्रसादराई गाउँपालिकाद्वारा आन्तरिक स्रोत सुदृढीकरण र राजस्व चुहावट नियन्त्रणका लागि कडा अभियान सुरु

    इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट नियन्त्रणका लागि अभियान सुरु गरेको छ । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै गाउँपालिकाको आर्थिक आधार बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाबाट सङ्कलन हुनुपर्ने कर, शुल्क तथा अन्य राजस्वमा देखिएको चुहावट रोक्दै जनतालाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । उहाँका अनुसार हाल गाउँपालिकामा उपलब्ध प्राकृतिक, पर्यटकीय तथा आर्थिक स्रोतको पहिचान गर्दै त्यसलाई आम्दानीसँग जोड्ने कामलाई प्राथमिकता दिइएको छ । गाउँपालिकामा वनजन्य स

    • प्रकाशित मितिः पुस ८, २०८२
    • २०३ पटक पढिएको
  • सहारा नेपाल साकोस सेवा केन्द्र खनारको एकाइ साधारण सभा सम्पन्न

    खनार, सुनसरी — सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) को २९ औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ साधारण सभा २०८२ सहारा नेपाल साकोस सेवा केन्द्र खनारको आयोजनामा सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी खनार–१२ को कार्यालयमा आयोजित सभामा सञ्चालक समिति सदस्य तथा वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला, सञ्चालक समिति सदस्य गुहेस्वरी कार्की र केन्द्रीय कार्यालयका उपप्रबन्धक गोपाल भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि गौरीकुमारी मगर रहनुभएको थियो भने सभाको अध्यक्षता यसोदा बजगाईंले गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन तरहरा सेवा केन्द्र प्रमुख शान्ता काफ्लेले गर्नुभएको थियो। स्वागत मन्तव्य

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ४३१ पटक पढिएको
  • सहारा नेपाल साकोस सेवा केन्द्र भमरी गढीको एकाइ साधारण सभा सम्पन्न

    गढी, सुनसरी — सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) को २९ औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ साधारण सभा २०८२ सहारा नेपाल साकोस सेवा केन्द्र भमरी गढीको आयोजनामा सम्पन्न भएको छ।गढी गाउँपालिकाको कार्यालयमा आयोजित साधारण सभामा सञ्चालक समिति केन्द्रका सदस्य शंकरप्रसाद रिजाल तथा केन्द्रीय कार्यालयका वरिष्ठ प्रबन्धक राजकुमार विश्वकर्माको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्य सापतेरी थरुनीले गर्नुभएको थियो।सभामा सहकारीको आर्थिक अवस्था, वार्षिक प्रगति प्रतिवेदन, आगामी कार्ययोजना तथा सदस्यहरूको सहभागिता अभिवृद्धि सम्बन्धी विषयमा छलफल गरिएको थियो। वक्ताहरूले सहकारीले स्थानीयस्तरमा आर्थिक

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ५०१ पटक पढिएको
  • धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा गिरावट

    इटहरी ।  धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा गिरावट आएको पाइएको छ । लामो समयदखि परेको अविरल वर्षासँगै आएको हावाहुरीले धान खेतीमा क्षति पुर्‍याउँदा धान उत्पादनमा गिरावत आएको हो । धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन २३ प्रतिशतले घटेको पाइएको छ । जिल्लामा गत वर्ष चार हजार नौ सय ३८ दशमलव ८९ हेक्टर क्षेत्रफलमध्ये चार हजार आठ सय ३२ दशमलव ७ हेक्टर क्षेत्रफलमा धान खेती लागाइएको थियो । सो क्षेत्रफलमा लगाइएको २० हजार एक सय ५२ मेट्रिकटन धान उत्पादन भएको थियो । तर यस वर्ष धनकुटामा चार हजार सात सय १९ हेक्टर उत्पादनसिल क्षेत्रबाट १५ हजार तीन सय ३९ दशमलव २ मेट्रिकटन धान उत्पादन भ

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २३४ पटक पढिएको
  • स्टिकर अभियान रोकिँदा पर्यटकलाई सास्ती‘कोशी पर्यटन वर्ष २०८२’ लक्षित सुरक्षा जाँच स्टिकर अभियान तीन महिनामै रोकियो

    इटहरी । कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोशी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान रोकिएको छ । ठाउँ ठाउँमा हुने चेकजाँचको झन्झट हटाएर निर्बाध आवागमन गर्न सक्ने उद्देश्यले सुरु गरेको स्टिकर अभियान तीन महिना पूरा नहुँदै रोकिएको हो । यो अभियानले निरन्तरता नपाउँदा ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर छापेका स्टिकर उपयोगविहीन छन् भने पर्यटकले पाउने सास्ती उस्तै छ । भारतीय पर्यटकको सहजताका लागि भन्दै गत वैशाख १ देखि सुरु गरिएको अभियान सुरुमा बजेट अभावको कारण स्टिकर छपाइ नहुँदा बन्द भएको भनिएको थियो तर गत वर्ष छापिएको स्टिकर थोरै मात्र खप

    • प्रकाशित मितिः पुस १, २०८२
    • २२८ पटक पढिएको
  • स्थानीय पहल, श्रम र सहयोगमा भोजपुरको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण

    इटहरी। स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका शेर्पा समुदायको उल्लेख्य योगदान र प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष आङदावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार कूल लागतको करिब ७८ प्रतिशत रकम शेर्पा समुदायबाट चन्दा सङ्कलन गरी जुटाइएको हो । हालसम्म प्रदेश सरकारबाट रु ३१ लाख, भोजपुर न

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३१४ पटक पढिएको
  • हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने, बिर्तामोड शाखामा दैनिक २०० मेट्रिक टन आपूर्ति, मङ्सिरसम्म १३ हजार मेट्रिक टनभन्दा बढी रासायनिक मल बिक्री

    इटहरी ।  कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छ भने त्यति नै परिमाणमा बिक्रीवितरण भइरहेको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्रीवितरण गरेको छ । शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५

    • प्रकाशित मितिः पुस १, २०८२
    • २३९ पटक पढिएको
  • थुलुङ दुधकोशी अध्यक्ष राईद्वारा विद्यालय भवन शिलान्यास

    इटहरी । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी– ७ बोगलस्थित देउराली आधारभुत विद्यालय ३ कोठे भवनको शिलान्यास गरिएको छ । यस शैक्षिकसत्रबाट कक्षा वृद्धि गरेको उक्त विद्यालय भवनको गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गर्नुभएको हो । गाउँपालिका प्रवक्ता समेत रहनुभएका सोही वडाका अध्यक्ष भोजराज कार्कीका अनुसार वडाको ५ लाख र गाउँपालिकाको ९ लाखबाट उक्त भवन निर्माण हुनेछ । भौगोलिक हिसाबले कक्षा ६ अध्ययन गर्न १ घण्टा सम्मको यात्रा गर्नुपर्ने विद्यार्थीको बाध्यता र समस्यालाई ध्यानमा राखेर कक्षा वृद्धिको लागि पहल गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले प

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • २७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]