आर्थिक

    Showing २७१-२८० of १,२१५ items.
  • पाथीभरा मन्दिरमा एक महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन

    इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पुस महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार पुस महिनामा भक्तजनहरूले २४ लाख २५ हजार रुपियाँ भेटी पाथीभरा मन्दिरमा चढाएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहा छाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा करिब एक साता सम्मको सङ्ल

    • प्रकाशित मितिः माघ १, २०८२
    • २२० पटक पढिएको
  • चानुवामा परम्परागत रूपमा उत्पादन हुने सक्खर आम्दानीको दरिलो आधार

    इटहरी ।  धनकुटा महालक्ष्मी नगरपालिका–४, चानुवामा परम्परागत रूपमा उत्पादन हुने सक्खर आम्दानीको दरिलो आधार बनेको छ । घरेलु पद्धतिबाटै तयार गरिएको सक्खरको माग र मूल्यसमेत आकर्षक छ । एक दशकदेखि उखु खेती तथा सक्खर उत्पादन थाल्नुभएका धनकुटा महालक्ष्मी नगरपालिका–४, चानुवका तायोनाथ कोइरालाको परिवारलाई अहिले उखु पेलेर सक्खर बनाउन भ्याइनभ्याइ छ । सङ्खुवासभामा पहिलेदेखि नै हुने गरेको सक्खर उत्पादन तथा व्यवसाय देखेर सहकारी संस्था गठन गरी गाउँमा सुरु गरिएको सक्खर उत्पादन अहिले आम्दानीको मुख्य स्रोत बनेको कोइराला बताउनुहुन्छ । यो वर्ष करिब चार रोपनी जग्गामा खेती गरिएको उखुबाट उत्पादन गरिएको सक्खरले यस

    • प्रकाशित मितिः पुस २७, २०८२
    • ३०६ पटक पढिएको
  • विराटनगर महानगरपालिका द्धारा विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय

    इटहरी। विराटनगर महानगरपालिकाले विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय लिएको छ । बिहीबार १७ औँ नगर अधिवेशनमा आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजित बजेटको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय लिइएको हो ।  उपप्रमुख शिल्पा निराला कार्कीले वडास्तरीयबाहेकका विषयमा क्षेत्रगत तथा नगरस्तरीय योजना र कार्यक्रम समायोजन हुने गरी संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उपप्रमुख कार्कीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्य अनुरूप असुल हुन नसक्नुलगायतका कारण चालु आवका लागि प्रक्षेपित बजेट संशोधन गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १८९ पटक पढिएको
  • सरकारको प्राथमिकता भए पनि इलाममा कृषि बिमा पहुँचबाहिर

    इटहरी ।  नेपाल सरकारले कृषि बिमालाई प्राथमिकतामा राखेको भए पनि इलाममा भने कृषि बिमा नै नभएको पाइएको छ । अलैँची, अदुवा, चिया, फलफूल, खाद्यान्नलगायतका कृषि तथा नगदेबालीको खेती भए पनि कुनै पनि बालीमा कृषि बिमा नभएको पाइएको हो । नेपाल बिमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भएको कृषि बिमासम्बन्धी अन्तर्क्रियाका सहभागीले सरकारले अपनाएको कृषि बिमासम्म जिल्लाका प्रायः जसो किसान पुग्नै नसकेको बताइएको छ । राष्ट्रिय किसान महासङ्घका राम मगरले कुनै पनि निर्जीवन बिमा कम्पनीहरू बाली बिमा गर्न इच्छुक नदेखिएको बताउनुभयो । इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंले सुन्तला खेतीमा बिमा गर्न खोज्दा पनि नभएको

    • प्रकाशित मितिः पुस २४, २०८२
    • १७५ पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    इटहरी । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । गत आव २०८१र८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा ३६ करोड ७६ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उनले बताए । गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात ११ करोड

    • प्रकाशित मितिः पुस २३, २०८२
    • १८९ पटक पढिएको
  • पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपैयाँ भेटी सङ्कलन

    इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपैयाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा १० लाख ३९ हजार, भदौमा ९ लाख ९७ हजार, असोजमा ३३ लाख ८२ हजार, कात्तिकमा ३४ लाख ४८ हजार ५ सय रुपियाँ र मङ्सिरमा ७५ लाख ४९ हजार १ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको सबैभन्दा बढी मङ्सिरमा भेटी सङ्कलन भएको हो । यस्तै, गत आर्थिक वर्षमा ३ करोड ११ लाख ६४ हजार ६ सय ७६ रुपियाँ र अघिल्लो आर्थिक वर्ष २०८

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २१५ पटक पढिएको
  • सिदिङ्वा गाउँपालिकाले खेती गर्न चाहाने किसानलाई सहयोग गर्ने

    इटहरी ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले खेती (कृषि कर्म) गर्न चाहाने किसानलाई सहयोग गर्ने भएको छ । अर्काको जग्गा भाडामा लिएर खेती गर्न चाहाने किसानलाई गाउँपालिकाले अनुदान सहयोग गर्ने भएको हो । खेती अर्थात् कृषि कर्म गर्न चाहाने किसानलाई गाउँपालिकाले वार्षिक एक लाख रुपियाँसम्म अनुदान सहयोग गर्ने भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार खेती गर्ने किसानले तिर्नुपर्ने जग्गाको भाडाबापतको रकम तिर्नका लागि किसानलाई अनुदान सहयोग गरिने भएको हो । जग्गा भाडामा लिएर नगदेबाली, फलफूल र तरकारी खेती गर्न इच्छुक किसानलाई वार्षिक एक लाख रुपियाँसम्म अनुदान उपलब्ध

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २५४ पटक पढिएको
  • कोशी प्रदेशमा नौ वटा परियोजना डिपिआरको चरणमा

    इटहरी ।  कोशी प्रदेशमा लगानी सम्मेलन भएको नौ महिनाको अवधिमा एउटा परियोजना उत्पादनमूलक बनेको छ । सार्वजनिक–निजी साझेदारीको नमुना परियोजना प्रदेश सरकारको नयाँ आम्दानी दिने स्रोतसमेत बनेको हो । लगानी सम्मेलन २०८२ वैशाख १८ र १९ गते आयोजना भएको थियो । एक खर्ब ५७ अर्ब १८ करोड रुपियाँका परियोजना प्रस्तुत भएकामध्ये भेडेटारमा वन्डर्स ग्रुप अन्तर्गत वन्डर्स एम्युजमेन्ट पाक्र्स एन्ड अट्याक्सन्स प्रालिले धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको सीमाक्षेत्र भेडेटारमा स्काई वाक निर्माण गरेको थियो । कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा। सरोज कोइरालाका अनुसार लगानी स

    • प्रकाशित मितिः पुस २२, २०८२
    • २२५ पटक पढिएको
  • पथरी शनिश्चरेमा नाट्यशाला निर्माण स्थलको टुङ्गो लाग्यो,आवश्यक बजेटका लागि विभिन्न निकायहरुमा माग गरिने

    इटहरी । पूर्वी मोरङकै नाट्य विधामा संलग्न नाट्यकर्मीहरूको लागि पथरी शनिश्चरेमा नाट्यशाला निर्माण गरिने भएको छ । सोमबार शब्द थिएटर पथरी शनिश्चरेले एक कार्यक्रमको आयोजना गर्दै पूर्वी मोरङका नाट्यकर्मी तथा कलाकारहरूको लागि भव्य नाट्यशाला निर्माण स्थलको टुङ्गो लागेको जनाएको हो। स्थानीय हिरा तिम्सिनाले कलाकारहरूको प्रतिभा र कलाकारिता प्रस्फुटन, विकास र सम्बर्धनका लागि नाट्यशाला निर्माण गर्न आवश्यक पर्ने ४० लाख बढी मूल्य बराबरको करिब चारकठ्ठा क्षेत्रफलको जमिन निःशुल्क दान गरेको बताउनुभयो । उक्त कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नं २ का वडा अध्यक्ष नैना राईले लामो समयदेखि कला क्षेत्रका नव प्

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ३१६ पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग विस्तार , निर्धारित लक्ष्य अनुसार भएन प्रगति

    इटहरी ।  एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग एसियन हाइवेको काँकरभिट्टा–लौकही सडकखण्ड विस्तारमा निर्धारित लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन । सडक निर्माणमा एकपछि अर्को विवाद, निर्माण सामग्रीको अभाव र विद्युत् प्राधिकरणले विद्युत् पोल समयमा नहटाइदिँदा निर्धारित लक्ष्य अनुसार प्रगति हुन नसकेको हो । कुल १२० किमी लम्बाइको काँकडभिट्टा–लौकही सडकखण्ड विस्तार गर्ने भनिए पनि हाल काँकडभिट्टादेखि इटहरी उपमहानगरपालिकाको लविपुरसम्म ९८ किलोमिटर सडकको मात्र ठेक्का लागेको छ । यो खण्डमा तीन सय मिटरभन्दा लामा छ वटा पुल छन् । ती पुलको अलग अलग दुई वटा ठेक्का र सडकको तीन वटा अलग

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २१४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]