आर्थिक

    Showing २६१-२७० of १,२१५ items.
  • ‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

    इटहरी ।  सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २४५ पटक पढिएको
  • खोटाङको बंशिलाघाटमा बेलिवृज जडान हुँदै

    इटहरी । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । दुई जिल्लाको बिचमा पर्ने वंशिलाघाटमा सुनकोशी नदीमाथि  पहिलो पटक बेलिब्रिज राख्ने कार्य भइरहेको छ । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५, पौवासेरा जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा मंसिरबाट बेलिब्रिज जडान सुरु गरिएको थियो । ५१।८१ मिटर लामो र ४।१ मिटर चौडाइ भएको बेलिब्रिज छिट्टै जडान सम्पन्न गर्ने गरी काम भइरहेको कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको सचिवालयले जनाएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुप

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २२५ पटक पढिएको
  • आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

    इटहरी । औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा सुरु भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार उद्योग, व्यापार, कृषि, पशुपछी, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक बजार सबलीकरण, व्यावसायिक उत्थान र निकासीयोग्य वस्तुमा जोड दिन महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा १३० वटा स्ट

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २१४ पटक पढिएको
  • कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता

    इटहरी । कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता भएको छ । २०७६ साउन १ गतेयता कोशी प्रदेश सरकार अन्तर्गतका विभिन्न निकाय र प्रदेशभित्रका स्थानीय तहहरूमा नियुक्त भएका कर्मचारीहरूको योगदानमूलक निवृत्तिभरण ९पेन्सन० व्यवस्थापन गर्न आज दुई पक्षबीच सहमति भएको हो । सम्झौतामा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र सञ्चय कोषका तर्फबाट प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, सम्बन्धित कर्मचारीको मासिक आधारभूत तलबबाट ६ प्रतिशत रकम कट्टी गरी निवृत्तिभरण कोषमा जम्मा गरिनेछ । कर्मचारी

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २३२ पटक पढिएको
  • नापी कार्यालय ताप्लेजुङले दोब्बरभन्दा बढी राजस्व सङ्कलन

    इटहरी । नापी कार्यालय ताप्लेजुङले दोब्बरभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा गत आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी राजस्व सङ्कलन गरेको हो । चालु आवको साउनदेखि पुस मसान्तसम्ममा नापी कार्यालय ताप्लेजुङले १९ लाख ९५ हजार तीन सय ८७ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख, नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा चालु आवमा ११ लाख ६६ हजार नौ सय ८२ रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत आवको ६ महिनामा ८ लाख २८ हजार ४ सय ५ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा सबैभन्दा ब

    • प्रकाशित मितिः माघ ७, २०८२
    • १९३ पटक पढिएको
  • चारपटक सूचना जारी गर्दा पनि पाथीभराको सुन लिलामीमा कसैको चासो छैन

    इटहरी । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि चौथो पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन । मन्दिरमा सङ्कलित सुन रिफाइन गरि पाथीभरा क्षेत्र विकास समितिले लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरि पटक–पटक सूचना जारी गर्दा समेत कुनै आवेदन नपरेको हो । समितिसँग मौज्दात रहेको १ सय ७८ तोला ८२ लाल सुन लिलामीको लागि सूचना जारी गरिएको भए पनि आवेदन नपरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले गत पुष ९ गते सूचना जारी गरि प्रतितोला न्यनतम २ लाख ६७ हजार २ सय रुपियाँ रकमबाट बढेर सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको थियो ।२१ दिने सूचना जारी गरिए पनि कार

    • प्रकाशित मितिः माघ ५, २०८२
    • १९२ पटक पढिएको
  • पूर्वीनाका काँकडभिट्टाबाट अलैँची र छुर्पी निर्यातमा उत्साहजनक वृद्धि, चिया र प्लाइउड घट्यो

    इटहरी। पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२(८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलँैची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।गत आव २०८१(८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले बताउनुभयो । गत आवको साउनदेखि पुससम्ममा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य बराबरको अलैँची पूर्वीनाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाक

    • प्रकाशित मितिः माघ ५, २०८२
    • २३० पटक पढिएको
  • कोशी प्रदेश स्वास्थ्य मन्त्री लिम्बूद्वारा लामाटोली– भोटे घुम्ती सडक खण्डमा कालोपत्रे गर्न शिलान्यास

    इटहरी । मोरङ्गको पथरी शनिश्चरे वडा नं ७ को लामाटोली – भोटेघुम्ती सडकमा कालोपत्रेका लागि विधिवत् शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमका बीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले लामाटोलीमा सडकको  शिलान्यास गर्नुभएको हो। शिलान्यासका क्रममा उहाँले वर्षौंदेखि हिलो र धुलोको समस्या झेल्दै आएका स्थानीयवासीको मागअनुसार नै संघीय संसदका पूर्व सांसद डाक्टर सुनिल शर्मा र आफू कोशी प्रदेश सांसद भएको बेला पहल गरिएको उल्लेख गर्दै तीन चरणमा  सडक खण्डका लागि ८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। उहाँले भौतिक पूर्वाधार मन्त्रालयबाट ३ करोड र सहरी विकास मन्त्रालयबाट

    • प्रकाशित मितिः माघ ३, २०८२
    • १८५ पटक पढिएको
  • भारत सरकारको सहयोगमा त्रियुगा–१० बोक्सेमा बालमन्दिर माविको नयाँ भवन उद्घाटन

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बोक्सेमा मित्रराष्ट्र भारत सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको स्थानीय बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । तीन तला र २४ कोठा रहेको सुविधासम्पन्न उक्त भवन त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र नेपालका लागि भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियले संयुक्त रूपमा बिहीबार उद्घाटन गर्नुभएको हो ।  भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वसन्तकुमार बस्नेतले नेपाल–भारतको सम्बन्ध सताब्दिऔँ पुरानो रहेको र दुवै देशबिच आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सुमधुर सम्बन्ध रहिआएकोले भौतिक पूर्वाधार तथा निर्माण क्षेत्रमा भार

    • प्रकाशित मितिः माघ २, २०८२
    • १९५ पटक पढिएको
  • केराबारी भलुवामा सहमति जुटेपछि मदन भण्डारी राजमार्ग निर्माणको बाधा हट्यो

    इटहरी । राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा सरकारले राष्ट्रिय गौरवको योजना बनाएर निर्माण सुरु गरेको मदन भण्डारी राजमार्गको मोरङ खण्ड अन्तर्गत केराबारी गाउँपालिकाको भलुवा क्षेत्रमा पर्ने घर हटाउन सहमति जुटेको छ । एकपछि अर्को समस्या खेपिरहेको यो आयोजना कतै राष्ट्रिय वनका रुख हटाउन नसकेर, कतै सडक किनारका घरलाई व्यवस्थापन गर्न नसकेर त कतै व्यक्तिको जग्गामा सडकको डिपीआर भएर रोकिरहेको छ । मोरङ खण्डमा पर्ने ९.४२ किमी सडकले वनक्षेत्रको २०.९४३ हेक्टर जग्गाका रुख हटाउने काम सकिएपछि सडक निर्माणको काम अगाडि बढ्ने स्थानीयको अपेक्षा थियो । मोरङको मिक्लाजुङ, लेटाङ र केराबारी गाउँपालिकामा पर्ने एक हजार

    • प्रकाशित मितिः माघ १, २०८२
    • २५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]