इटहरी । पाथीभरा याङवरक गाउँपालिकाको केन्द्रसम्म जोडिने सडकको कालो पत्रे गर्न सुरु गरिएको छ । मेची राजमार्गस्थित काबेलीदेखि पुर्णेडाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो । १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने गरि निर्माणको कार्य धमाधम भइरहेको गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारको पाँच करोड र गाउँपालिकाको पाँच करोड रुपियाँको साझेदारीमा कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो ।निर्माणको कार्य दुई स्थानमा छुट्टाछुट्टै कम्पनीले गरिरहेका छन् । श्याम श्री जय सम्भु चक्र जेभी इलाम र श्याम श्री जय स
इटहरी। विराटनगरमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटेल ‘लेमन ट्री प्रिमियर’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । शुभम् इन्टरनेसनल हस्पिटालिटी प्रालिका चार जना युवा साझेदारको दुई अर्ब लगानीमा होटेल स्थापना भएको हो । विराटनगरका चार युवाले लगानी गरेको यो होटेलको सम्पूर्ण व्यवस्थापन भने भारतको दिल्लीस्थित अन्तर्राष्ट्रिय ब्रान्डको ‘लेमन ट्री प्रिमियर’ ले गर्ने छ । लेमन ट्री ब्रान्डमा नेपालको यो दोस्रो होटेल विराटनगरमा स्थापना भएको हो । लगानी साझेदारमध्येका मनोजविक्रम शाहका अनुसार यसको सफ्ट ओपनिङसँगै अहिले ८० कामदारका लागि ‘लेमन ट्री प्रिमियर’ ले तालिम आयोजना गरिरहेको छ । आगामी वैशाखमा यसक
इटहरी। सुनसरी जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । अरु तालभन्दा फरक विशेषता बोकेको रास तालमा मनोरम दृश्यावलोकनसँगै दिनभर फिसिङ (माछा मार्ने) सुविधा उपलब्ध हुनु यहाँको मुख्य आकर्षण हो । यही कारणले यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, धनकुटा, वीरगन्ज तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक यहाँ पुग्ने गरेका छन् । विशेषगरी वनभ
इटहरी । कोशी प्रदेशको पोल्ट्री व्यवसाय बर्डफ्लु सङ्क्रमणका कारण थप धराशायी बनेको छ । झापा, मोरङ र सुनसरीका १३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि ठुलो परिमाणमा कुखुरा, हाँस, अन्डा र दाना नष्ट गरिएको छ । सरकारी निकायले सङ्क्रमण थप फैलिन सक्ने आकलनसहित निगरानी र ‘¥यापिड रेस्पोन्स टिम’ परिचालन गरिरहेको छ तर सङ्क्रमण नियन्त्रणमा भने आइसकेको छैन । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मोरङको सुन्दरहरैँचा र उर्लाबारीबाट सुरु भएको सङ्क्रमण अहिले झापाको दमक, सुनसरीको इटहरी र गढी गाउँपालिकासम्म पुगिसकेको छ । मन्त्रालयकी पशुपन्छी विकास महाशाखाकी
इटहरी। झापा जिल्लाको दमक–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ।दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र प्रशाईका अनुसार करिब २० हजार लेयर्स कुखुरा नष्ट गर्नुपर्यो। साथै, अण्डा, दाना र फार्मका अन्य संरचनात्मक सामग्रीसमेत नष्ट भएपछि क्षति तीन करोड रुपियाँभन्दा बढी पुगेको छ। यसले १५ जना मजदुरलाई बेरोजगार बनाएको छ। यो फार्म झापाकै ठूला र व्यवस्थित कुखुरा पालन केन्द्रमध्ये एक मानिन्थ्यो। आधुनिक प्रविधि र नियमित व्यवस्थापनका कारण यसले स्थानीय बजारमा महत्वपूर्ण योगदान दिँ
इटहरी । सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ । सुनसरी जिल्लामा चैते (हिउँदे) र बर्खे गरी दुईपटक धान उत्पादन हुने गरेको छ । मकैभन्दा धानबाट राम्रो उत्पादन हुने र दुईपटक धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षण छ । सुनसरीको रामधुनी नगरपालिका–६ का किसान भावना माझीका अनुसार एउटै खेतमा वर्षमा तीनपटकसम्म बाली लगाउन सकिन्छ । चैते धान समयमा रोपाइँ गर्न सकियो भने उत्पादन पनि राम्रो हुन्छ । एउटै खेतबारीमा बर्खे धान, चैते धानका साथै फापर÷तोरी लगाइने गरेको
इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालित जडीबुटी प्रशोधन उद्योग सिल गरिएको एक महिना बितिसक्दा पनि पुनः सञ्चालनमा आउन नसक्दा करिब ५० लाख रुपैयाँ बराबरको कच्चा पदार्थ नोक्सानी भएको छ । आवश्यक कानुनी प्रक्रिया तथा वातावरणीय मापदण्ड पूरा नगरेको भन्दै डिभिजन वन कार्यालयले एक महिना अघि उद्योग सिल गरेको थियो । सो उद्योग सञ्चालन गर्दै आएको चाइनीज होओचेङ बायोटेक्नोलोजी प्रालिले आवश्यक कागजात पूरा नगरेको निष्कर्षसहित उद्योग बन्द गरिएको जनाइएको छ । उद्योगका व्यवस्थापक हरि श्रेष्ठका अनुसार आवश्यक कागजात पेश गरिसकिएको र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रारम्भिक वातावर
इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका–९ का कृषक शुक्रराज राईले करिब ४० रोपनी क्षेत्रमा केरा खेती सुरु गर्नुभएको छ । धान तथा अन्य खेती गर्न कामदार समस्या हुन थालेपछि उहाँ केरा खेतीतर्फ लाग्नुभएको हो । तीन वर्षअघि सुरु गरेको केरा खेती अहिले उहाँको आम्दानीको एक राम्रो माध्यम बनेको छ । अन्य खेतीभन्दा केरा खेती गर्न सहज हुने, कामदार तथा श्रमसमेत कम लाग्ने भएकाले केरा खेतीतर्फ लागेको उहाँको भनाइ छ । धनकुटामा शुक्र राई जस्तै व्यासायिक रूपमै केरा खेती गरिरहेको कृषक भेट्टाउन निक्कै मुस्किल छ । राईको सिको गर्दै उहाँका छिमेकीसमेत यो खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँठाउँमा पहिलेदेखि नै हुँदै आएक
इटहरी । विराटनगर महानगरपालिका–१९, बैजनाथपुरमा पुरानो पेट्रोल पम्प न्यु कान्तिपुर फ्युल सेन्टर अहिले चिटिक्क पारिएको छ । पुष्पलाल चोक–विराट चोक सडकखण्डमा इन्धन मात्रै बिक्री गर्दै आएको पेट्रोल पम्पपरिसरमा अहिले विद्युतीय ९इभी० चार्जिङ स्टेसन पनि थपिएको हो । यसका प्रमुख लगानीकर्ता तुलसी पोखरेलका अनुसार यो हाइब्रिड सवारीलक्षित पुनर्संरचना गरिएको चार्जिङ तथा फ्युल सेन्टर हो । जहाँबाट इभी र इन्धन दुवै विकल्प भएका हाइब्रिड सवारीका लागि सहुलियत पुग्ने छ । त्यसबाहेक इभी मात्रै वा इन्धन मात्रै प्रयोग हुने सवारीलाई पनि सहज हुने छ । सञ्चालक पोखरेलका अनुसार पुरानो पेट्रोल पम्पलाई पनि नयाँ र त्यही परि
इटहरी । अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ । सरकारले डिजेलको मूल्य प्रतिलिटरमा १२ रुपियाँले वृद्धि गरेपछि इँटाको ढुवानी भाडामा प्रत्यक्ष असर परेको छ । इँटा उद्योगबाट निर्माणस्थलसम्म पु¥याउँदा लाग्ने ढुवानी खर्च बढेपछि उद्योगीले प्रतिगोटा इँटामा दुईदेखि तीन रुपियाँसम्म मूल्य बढाएका छन् । सुन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.