इटहरी । कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘एलेक्सा लाइफसाइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसायिक उत्पादन थालेको हो । उद्योगको वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइरालाले शुक्रबार उद्घाटन गर्नुभएको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् । उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधिहरुमा आत्मनिर्भर बन्ने नेपालीहरुको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश
इटहरी । स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० जना उद्यमीलाई ५० प्रतिशत लागत साझेदारीमा ल्यापटप वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताउनुभयो । अघिल्ला वर्षहरूमा इलाम नगरपालिकाका तर्फबाट उद्यमशीलता तथा सीप विकास तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेका उद्यमी छनोट गरी अनुदानमा ल्यापटप वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उद्यमीलाई व्यवसाय सञ्चालन तथा डिजिटल म
इटहरी । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले चालु आर्थिक वर्ष २०८२र०८३ को आठ महिनामा ५१ करोड ७४ लाख ८१ हजार ७४४ रुपियाँ ३२ पैसा राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षमा कार्यालयले कुल ४७ करोड ५२ लाख ८९ हजार ८६ रुपियाँ ९७ पैसा राजस्व सङ्कलन गरेको थियो। यस वर्ष भने आठ महिनामै अघिल्लो वर्षको कुल राजस्वभन्दा करिब तीन करोड रुपियाँ बढी राजस्व उठेको हो। मालपोत कार्यालय इनरुवाले विगत केही वर्षदेखि जिल्लाको सदरमुकाम इनरुवा सहित रामधुनी, इटहरी र दुहवी क्षेत्रमा घरजग्गा कारोबार बढेकाले राजस्वमा वृद्धि भएको जनाएको छ। सूचना अधिकारी तथा मालपोत अधिकृत सन्तोष दर्जीका अनुसार चालु आर्थिक वर्षमा ५
इटहरी । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन (रिफाइन) गरिएको छ। करिब दुई वर्षको अवधिमा भक्तजनले चढाएको सुन तथा चाँदी रिफाइन गरिएको हो।पाथीभरा मन्दिरको रेखदेख तथा संरक्षणका लागि नेपाल सरकारद्वारा गठन गरिएको पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदी प्रशोधन गरेको हो। समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार वि।सं। २०८० साल पुस २५ गतेदेखि २०८२ साल फागुन २५ गतेसम्म मन्दिरमा चढाइएको सुनचाँदी सङ्कलन गरी रिफाइन गरिएको हो। जिल्लामा रहेका सुनचाँदी व्यवसायीहरूको संस्था पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा रिफाइन गरिएको समितिले जनाएको छ। करिब २६ महिनाको अवधिमा सङ्कलन
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बताएको छ। हाल देउवा दम्पत्ति विदेशमा छन् । २१ फागुनको चुनाव अघि देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो । यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगज
इटहरी। धनकुटाको पाख्रीबास नगरपालिका स्थित पाख्रीबास(सान्ने सडक स्तरोन्नतिको काम गर्ने मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।सडक स्तरोन्तीको काम लगाउने ठेकदारले काम लगाएर पैसा नदिई सम्पर्क विहिन भएपछि मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । आर्थिक वर्ष २०८०(०८१ को विनियोजित बजेटबाट सडक स्तरोन्नतिको काम सुरु भएको थियो । प्रदेश र नगरको साझेदारी एक करोड ३० लाखमा सडक स्तरोन्नतिको ठेक्का लागेर काम सम्पन्न भएको करिब वर्ष बितिसम्दा समेत पारिश्रमिक नपाएको पाइएको छ ।विनियोजित बजेटबाट सडकको ग्राभेल, मेसिनरी बाल, कचुवा जस्ता संरचना बनाउने काम सम्पन्न भएको छ । स्थानीय कामदार कपेन्द्र मगरका अनुस
इटहरी। काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३।२६ प्रतिशतले वृद्धि भएको हो ।पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धिसँगै हवाई इन्धनको मूल्य बढेकाले हवाई भाडा दर समेत बढेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार साविकको मूल्यभन्दा काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि तीन हजार ७५ रुपियाँ भाडा वृद्धि भएको छ ।ताप्लेजुङबाट काठमाडौँका लागि १२ हजार १२० रुपियाँ र काठमाडौँबाट ताप्लेजुङका लागि १२ हजार ३२०
इटहरी । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान विद्युत् सर्ट भएर आगो सल्किँदा आचार्यका दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट घरमा भएका लत्ताकपडा, फर्निचर र सुनचाँदी लगायत सामग्री जलेर नष्ट हुँदा १० लाख नगद समेत खरानी भएको छ । आगलागीमा ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ । स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टापछि आगो निभाइएको थियो ।
इटहरी । कोशी प्रदेशका साना तथा मझौला उद्यमीको वित्तीय पहुँच वृद्धि गर्न र व्यवसाय विस्तारका लागि आवश्यक पुँजी उपलब्ध गराउन कोशी प्रदेश सरकारले उद्यमी सहयोग योजना कार्यान्वयनमा ल्याएको छ । ‘आर्थिक विकासका लागि लगानी र नवप्रवर्तन’ ९उदय० परियोजना अन्तर्गत ‘प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष’ मा आबद्ध हुन निक्षेप तथा कर्जा सुरक्षण कोष र दुई ठुला वाणिज्य बैङ्कबिच सम्झौता भएको हो ।निक्षेप तथा कर्जा सुरक्षण कोषले राष्ट्रिय वाणिज्य बैङ्क र ग्लोबल आइएमई बैङ्कसँग द्विपक्षीय सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेको हो । यो सम्झौतासँगै अब धितोको अभाव वा मौजुदा धितोमा थप ऋण नपाएर व्यवसाय विस्ता
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशबहादुर कार्की, खरिदार तेजनाथ पौडेल, खम्बु पासाङल्हामु मनमाया नेपालीविरुद्ध विशेष अदालत, काठमाडौँमा करिब २० लाख रुपियाँ बराबरको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले प्रमुख कार्कीसहित तीन जनाविरुद्ध १९ लाख ९० हजार ५७५ बिगो दाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका वड
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.