आर्थिक

    Showing १४१-१५० of १,२१२ items.
  • अधिक भारले कोशी राजमार्ग जोखिममा

    इटहरी । अधिक भार बोकेका मालवाहकका कारण विराटनगरको भन्सार विन्दुबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरसम्मको कोशी राजमार्गको अवस्था भने सधैँ नाजुक बन्दै आएको छ । यो नेपाल–भारत सीमाका प्रायः सबै सडकको समस्या हो । खास गरी औद्योगिक कच्चा पदार्थ र मेसिनरी ल्याउँदा सडकलाई धेरै भार पर्छ । त्यही भएर सडक विभागले भारवहन मापदण्डलाई कडाइ गरेको छ । त्यसै अनुसार विराटनगर भन्सार विन्दुबाट औद्योगिक कच्चा पदार्थ बोकेको भारतीय नम्बर प्लेट भएको मालवाहक सवारीलाई आइतबार साँझ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको चेकजाँच टोलीले रोक्यो । भारतीय नम्बर प्लेट भएको सवारीको भारवहन क्षमता (रजिस्टर क्यापासिटी–आरसी) गाडीसहित ५५ ट

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १२८ पटक पढिएको
  • सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

    इटहरी । निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक भवनमा एक नम्बरको इँटा प्रयोग गर्ने सम्झौता भएपनि दुई नम्बरको प्रयोग गरेको पाइएपछि नगरपालिकाले भवनको पर्खाल भत्काएको हो । प्रशासनिक भवन निर्माणको जिम्मा लिएर बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन भवनको कोठामा कमसल किसिमको इँटा प्रयोग गरेको पाइएपछि नगर प्रहरी लगाएर मङ्गलबार पर्खाल भत्काइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । सम्झौता गरेको १८ महिनाभित्र भवन निर

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १०७ पटक पढिएको
  • अध्यक्ष रञ्जना शर्माको मानवीय नेतृत्वः५ लाख ८९ हजार लागतमा विपन्न परिवारलाई घर हस्तान्तरण

    इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष रञ्जना शर्माको प्रेरणादायी तथा संवेदनशील नेतृत्वमा भद्रपुर नगरपालिका–९, झापास्थित एक अति विपन्न चौधरी परिवारका लागि पक्की घर तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ। लायन्स अन्तर्राष्ट्रियको ‘मिसन १।५’ अभियान अन्तर्गत सम्पन्न यो परियोजना एक १० वर्षीया बालिकामाथि भएको पीडादायी घटनाबाट उत्पन्न मानवीय संवेदनाको परिणाम हो। उक्त घटनाले गहिरो असर पारेपछि अध्यक्ष शर्माले व्यक्तिगत रूपमा अग्रसरता लिँदै सुरक्षित आवास निर्माणको पहल गर्नुभएको हो। परियोजनालाई सफल बनाउन अध्यक्ष शर्माले व्यक्तिगत रूपमा रु। २ लाख २८ हजार ५४० सहयोग गर्नुभयो भने क्लबमार्फत

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १४२ पटक पढिएको
  • इटहरीमा बजाज एक्सचेञ्ज मेला सुरु हुँदै, बाइक अपग्रेडमा नगद उपहारदेखि फाइनान्ससम्म आकर्षक अफर

    इटहरी । नेपालको अग्रणी दुई पाङ्ग्रे ब्रान्ड बजाज अटो अन्तर्गत बजाज एक्सचेञ्ज मेला इटहरीमा सञ्चालन हुने भएको छ। बैशाख १६ गतेदेखि २१ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना हुने मेलामा ग्राहकले आफ्नो पुरानो बाइक साटेर नयाँ बजाज बाइक अपग्रेड गर्ने अवसर पाउनेछन्।आयोजकका अनुसार मेलामा  आकर्षक मूल्याङ्कन,  निःशुल्क सामग्रीहरू,   एक्सचेञ्ज मेला स्थलमै फाइनान्स सुविधा, 0 % प्रतिशत सर्भिस चार्ज, आकर्षक नगद छुट लगायत सुविधा उपलब्ध रहनेछन्। साथै बजाज बाइक खरिदमा पक्का नगद उपहार समेत प्रदान गरिने बताइएको छ।एक्सचेञ्ज मेलामा पुरानो मोटरसाइकलको उचित मूल्यांकनसह

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २०७ पटक पढिएको
  • मालपोत कार्यालय ताप्लेजुङबाट साढे दुई करोड बढी राजस्व उठ्यो

    इटहरी । मालपोत कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षभन्दा साढे ३८ लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२–८३ मा ३८ लाख ६७ हजार १३७ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८२–८३ को पछिल्लो नौ महिना अर्थात चैत मसान्तसम्ममा दुई करोड ७३ लाख २७ हजार १९३ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख निर्मल शेर्पाले जानकारी दिनुभयो । गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड ३४ लाख ६० हजार ५५ रुपियाँ मात्र राजश्व सङ्कलन भएको थियो ।गत आर्थिक वर्षमा रजिस्ट्रेसन दस्तुर, न्यायिक सेवा, मोठ रोक्का तथा प्रतिलिपि प्रदानबाट एक करोड २६ लाख ३९ हजार ७९८ रुपियाँ र

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १५६ पटक पढिएको
  • विराटनगरका जुट उद्योगमा कच्चा पदार्थको संकट, धागो आयात तीन गुणाले बढ्यो

    इटहरी । नेपालका जुट उद्योगहरूले कच्चा पदार्थको अभाव झेल्न थालेपछि अर्धतयारी वस्तु जुटको धागोको आयात बढाउन थालेका छन् ।स्वदेशमा उत्पादन हुने कच्चा जुटले माग धान्न नसक्ने र भारतबाट हुने आयातमा पनि सुधार नभएपछि उद्योगीहरूले बङ्गलादेशबाट जुटका अर्धतयारी धागो ल्याएर बोरा बुन्न थालेका हुन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र०८३ को चैत मसान्तसम्मको तथ्याङ्क अनुसार, साउन महिनाको तुलनामा जुटको धागो ९यार्न० आयात परिमाण दोब्बरले बढेको देखिएको छ भने अघिल्लो वर्षको तुलनामा यो वृद्धि झण्डै तीन गुणाले बढी हो ।विभागका अनुसार अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्म ५२१ मेट्रिक टन जुटको धागो आय

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १७६ पटक पढिएको
  • खोटाङका १९ योजना अलपत्र ,काम सुरु नगर्ने निर्माण कम्पनीलाई कार्यालयको चेतावनी

    इटहरी । खोटाङमा ठेक्का सम्झौता भएका १९ वटा विभिन्न योजनाको काम सुरु गर्न निर्माण व्यवसायीहरूले अटेर गरेका छन् । सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण कम्पनीहरूले काम सुरु नगरेको पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालू आर्थिक वर्ष २०८२र०८३ मा बजेट विनियोजन भई ठेक्का सम्झौता भएका १९ योजनाको काम सुरु नभएको हो । विभिन्न बहानामा निर्माण व्यवसायीहरूले काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले उनीहरूलाई अन्तिम चेतावनी दिएको छ ।यसअघि २६ वटा योजनाको काम सुरु भएको थिएन । कार्यालयले पत्राचार गरेपछि सातवटा योजनाको काम सुरु भएको कार्यालय प्रमु

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १९१ पटक पढिएको
  • सुनसरीमा श्री प्रकाश माविका ६१ विद्यार्थीलाई श्रीवृद्धि कोषबाट छात्रवृत्ति वितरण

    इटहरी । सुनसरीको श्री प्रकाश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीद्वारा स्थापित श्रीवृद्धि कोषबाट ६१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सात वर्षअगाडि पूर्वविद्यार्थीद्वारा स्थापित गरिएको कोषबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । पूर्वविद्यार्थीहरुले विद्यालयको श्रीवृद्धिको लागि सङ्कलन गरिएको १५ लाख रकमबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदैँ आएको कोषको अभियान्ता अर्जुन बुढाथोकीले बताउनु भयो । विद्यालयकै स्वामितोमा रहनेगरी कोष स्थापना गरेर राखिएको रकमबाट प्राप्त हुने ब्याजबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात

    • प्रकाशित मितिः वैशाख १२, २०८३
    • १६४ पटक पढिएको
  • विराटनगरमा पिउने पानीको मूल्य बढ्यो

    इटहरी । इन्धनको अत्यधिक मूल्यवृद्धि र कच्चा पदार्थसमेतको अभाव देखाउँदै पिउने पानीको मूल्यवृद्धि भएको छ । विराटनगरमा बढ्दो गर्मीसँगै पानीको मूल्यमा अन्तर्राष्ट्रिय परिस्थिति हाबी हुँदा उपभोक्ताको दैनिक लागत बढाएको छ । प्रशोधित शुद्ध पिउने पानी सङ्घ मोरङका अध्यक्ष श्रवणकुमार थापाका अनुसार उद्योगमा प्रयोग हुने बोतल, क्याप, ¥यापिङ रोल, जार र जारको क्यापको मूल्यमा ४० प्रतिशत वृद्धि भएको छ । यही बेला पेट्रोल र डिजेलको मूल्य पनि अत्यधिक हुँदा ढुवानी लागतसमेत बढेको छ, जसको असर पानीमा परेको हो ।  अध्यक्ष थापाका अनुसार पहिले बोतलको पानी प्रतिकार्टोन १२० देखि १३० रुपियाँसम्म उत्पादन लागत थियो । अहिल

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • ११५ पटक पढिएको
  • बेल्टार बजार आगलागी पीडितलाई कोशी प्रदेश सरकारद्वारा राहत वितरण

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित वाणिज्य बैंक लाइन क्षेत्रमा मंगलबार राति भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई कोशी प्रदेश सरकारले राहत उपलब्ध गराएको छ ।बुधबार कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतम पीडितहरू बसिरहेको अस्थायी आश्रयस्थलमै पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रदेश सरकारबाट दाल, चामल, लत्ताकपडा, त्रिपाल, बाल्टी लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । मंगलबार रातिको आगलागीमा परी ७० वर्षीय लक्ष्मीनारायण खड्का र उनका नाति पवन खड्काको जलेर मृत्यु भएको थियो। घरभित्रै रहेका उनीहरू आगोले चारैतिरबाट घेरेपछि बाहिर

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]