आर्थिक

    Showing १०१-११० of १,२१२ items.
  • पाँचथरका आठ पालिकामा सात करोडभन्दा बढी बेरुजु

    इटहरी । पाँचथरका आठ स्थानीय तहमा सात करोड ४२ लाख ६२ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०८३ ले जिल्लाका आठवटै पालिकामा खर्च तथा लेखा व्यवस्थापनमा कमजोरी औँल्याएको हो । आर्थिक वर्ष २०८१ र ८२को प्रतिवेदन अनुसार याङवरक गाउँपालिकामा प्रतिशतका आधारमा सबैभन्दा बढी बेरुजु देखिएको छ । गाउँपालिकाको ८६ करोड ५० लाख ९० हजार रुपियाँ को लेखा परीक्षण गर्दा १ करोड ७४ लाख ५१ हजार रुपियाँ बेरुजु फेला परेको छ । यो कुल परीक्षण रकमको २।०२ प्रतिशत हो । रकमका हिसाबले भने फिदिम नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । नगरपालिकाको एक अर्ब ९५ करोड ६० लाख ४२ हजार रुैियाँको लेखा परीक्

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १३५ पटक पढिएको
  • दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

    इटहरी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ र ८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट रु एक अर्ब ६८ करोड ६८ ला

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २१२ पटक पढिएको
  • खुम्बु पासाङल्हामु गाउँपालिकाको ५९ करोड बढी राजश्व सङ्कलन

    इटहरी। खुम्बु पासाङल्हामु गाउँपालिकाले हालसम्म सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय राजश्व बापत कुल ५९ करोड ७८ लाख ३७ हजार तीन सय दुई रुपियाँ ७८ पैसा राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८२–८३ साउनदेखि वैशाख मसान्तसम्म १० महिनाको अवधिमा उक्त राजश्व सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ मा बाँडफाँट भई प्राप्त हुने पर्वतारोहण बापतको रोयल्टी शीर्षकमा सबैभन्दा बढी राजश्व सङ्कलन गरेको हो ।जसमा १४ करोड ६४ लाख ४७ हजार ६ सय २५ रुपियाँ नौ पैसा सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रोमा पर्यटन शुल्क बापत १३

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १२० पटक पढिएको
  • सुनकोशीको बेलिब्रिज झिकिएपछि स्थानीय समस्यामा

    इटहरी । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो । मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनको

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ७९ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ । किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ ।  किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ११४ पटक पढिएको
  • ताप्लेजुङको हिमाली गाउँ ग्याब्लामा लघु जलविद्युत् आयोजना निर्माण तीव्र

    इटहरी । ताप्लेजुङको दुर्गम हिमाली गाउँ लेलेपको ग्याब्लामा नागपोखरी लघु जलविद्युत् आयोजनाको निर्माण कार्य हाल तीव्र रूपमा भइरहेको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–६ स्थित ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्‍याउन यो आयोजना सुरु गरिएको हो । बाह्य तथा आन्तरिक पर्यटकको मुख्य बासस्थानका रूपमा रहेको ग्याब्लामा विद्युत्को पहुँच पुर्‍याउन पालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना निर्माण गरिरहेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनुभयो । आउँदो असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कु

    • प्रकाशित मितिः जेठ २, २०८३
    • १८५ पटक पढिएको
  • विपद् पीडितलाई कोशी सरकारबाट ६१ लाख राहत

    इटहरी ।  कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद्जन्य घटनाबाट प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । विपदका विभिन्न घटनामा परी ज्यान गुमाएका र घरबासमा क्षति पुगेका १३५ घटनाका पीडित परिवारलाई सो रकम वितरण गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपलब्ध गराएको वैशाख १० गतेसम्मको तथ्यांक अनुसार, राहत पाउनेमा सबैभन्दा धेरै आगलागीका घटनाका पीडित छन् । ७० वटा आगलागीका घटनामा घर क्षति भएका परिवारलाई १६ लाख पाँच हजार रुपियाँ र आगलागीमा परी मृत्यु भएका दुई जनालाई एक लाख ५० हजार रुपियाँ राहत दिइएको छ । यस्तै, बाढी तथा पहिरोमा परी मृत्यु भएका ५४ जनाका परिवारलाई

    • प्रकाशित मितिः जेठ १, २०८३
    • १५१ पटक पढिएको
  • सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न

    इटहरी ।  सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक  निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो ।  भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’  र स्तरोन्नति गरिएको हो ।खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर–दक्षिण ९कोशी० सडक योजनालाई हस्तान्तरण गरिएको हो । सेनाले  जिम्मेवारी पाएको १० दशमलव ८१ किलोमिटर सडक उत्तर दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबह

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १०१ पटक पढिएको
  • सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा वातावरणीय मापदण्ड उल्लङ्घन, वायु प्रदूषणले जनजीवन प्रभावित

    इटहरी। सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ५५० भन्दा बढी उद्योग सञ्चालन छन् तर अधिकांशले वातावरणीय मापदण्ड उल्लङ्घन गर्दा कोरिडोर क्षेत्रमा वायुप्रदूषण अत्यधिक बढेको पाइएको छ । विराटनगरदेखि इटहरी र विराटनगरदेखि रङ्गेलीसम्मको सडकखण्डमा यात्रा गर्दा कतिपय ठाउँमा यात्रुले नाक थुन्नुपर्ने र सास फेर्नै गाह्रो हुने अवस्था छ । उद्योगहरूले बिनाकुनै प्रशोधन उत्सर्जन गरिरहेको दूषित धुवाँ र ढलका कारण स्थानीय बासिन्दा मात्र होइन, उद्योगमै कार्यरत कर्मचारी र मजदुरको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले हरेक उद्योगले अनिवार्य रूपमा छ÷छ महिनामा वायु

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १४५ पटक पढिएको
  • मोरङ रतुवामाईबाट २० लाख भारतीय रुपियाँ बरामद

    इटहरी ।  रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]