करेमिट्यान्सले धानेको देश , भनिन्छ नेपालमा सरकार भन्दा जनता धनी छन । देशमा रोजगारिका अवसर नभएकै कारण कयौं युवाहरु न चाहदा नचाहदै पनि बिदेशिनु पर्ने बध्यतात्मक यथार्थतालाई साहित्यमा उतार्न रचनकारहरू लागि परिरहेका छन । बिदेसिनु रहर नभएर पिडादायी बाध्यता हो भन्ने भाबलाई र संगीतबाट आम श्रोताको मनमा बस्न गायक, गायिका तथा संगीतकारहरूले राम्रै मेहनत गरेका हुन्छन्। यस्तै नेपालको वर्तमान अवस्थालाई चित्रण गर्ने गरी बनाइएको ‘पियारी ज्यान त टाढा छ’ बोलको गीतको भिडियो मंगलबार सार्वजानिक गरिएको थियो।राम प्रसाद सापकोटाको शब्द, तिलक बस्नेतको सङ्गीत तथा तिलक बस्नेत र उषा गजुरेलको स्वरमा रहेको गीतमा
सुनसरी / नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् ।‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ ।अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ ।येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्
इटहरी / नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले मुलुकमा गठबन्धन सरकारको अव्यवहारिक कार्यसैलिका कारण देसआर्थिक संकटतर्फ अघि बढिरहेको, युवामा निराशा बढि विदेश पलायन बढिरहेको र मध्य पहाडबाट ब्यापक बसाइसराई बढि रहेको अवस्थामा नेकपा एमालेको ‘उज्यालो भविष्यको खोजीमा मंसिर १४ देखि पुस १ गतेसम्म झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा ले युवाको निराशलाई आशामा बदल्न यात्रा सफल भएको बताउनुभयो।मुलुकलाई आर्थिक र सामाजिक विकास को दिशामा अघि बढाउनका लागि संकल्प यात्रा आयोजना फलदायी भएको खेलकुद महासंघ अध्यक्ष बस्नेतले बताउनुभयो।खेलकुद महा
मोरङ । थारु कल्याण कारीणीको भातृ संगठन थारु युवा सभा मोरङले पालिका र वडा कमिटि गठनको कार्य विस्तार गरीरहेको छ । यसै अनुरुपम थारु युवा सभा मोरङले मोरङ जिल्लामै पहिलो पटक वेलबारी नगरपालिका वडा नं.७ बाहुनीमा थारु युवा सभा मोरङको वडा कमिटि उत्साह जनकको रुपमा चयन भएको छ । थारु युवा सभा जिल्ला कार्य समिति मोरङको आयोजनमा गठन भएका बेलबारी नगरपालिका वडा नं.७ का जितनारायण चौधरीको सँयोजकमा ४५ जनाको थारु युवा सभा वडा कमिटिमा मनोनित गरीने थारु युवा सभा जिल्ला कार्य समितिका उपाध्यक्ष पृथ्वी चन्द्र माझी थारुले जानकारी दिएका छन् ।आजको थारु युवा सभा वडा कमिटि गठनको कार्यक्रममा अधिक्त्तम युवाहरु व्यस्तताका
संखुवासभा / भौगोलिक रुपमा विकट मानिने संखुवासभाको भोटखोलामा पहिलो पटक राज्यमन्त्री पुगेकी छिन् । कोशी राजमार्गको स्थलगत अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई भोटखोला पुगेकी हुन् । समाजसेवी स्थानीयबासी मिथुन भोटेको पहलमा राज्यमन्त्रीले सडकको स्थलगत रुपमा नै अनुगमन गरेकी हुन् ।यो सडक खण्डमा देखिएका समस्याको समाधान तथा भावी योजना निर्माणको लागि स्थलगत अनुगमन गर्न राज्यमन्त्री चपाई भोटखोला पुगेकी हुन् । राज्यमन्त्री चपाईले मध्ये पहाडी लोकमार्ग अन्तर्गत विभिन्न सडक खण्डसँगै दिक्तेल–चखेवा, भोजपुरको चखेवा – लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला गरेकी छिन् ।अनुगमन प
मोरङ / मोरङको पथरीशनिश्चरेमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्चित विश्वकर्माले पाँचौं संस्करणको एसबिएससी सिङ्गिङ स्टारको उपाधि उचालेका छन्। विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्चितले सो उपाधि चुमेका हुन् ।संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको प्रतियोगिताको फस्ट रनरअप दुई जना घोषित भएका थिए । उर्लाबारीस्थित सुनगाभा सेकेण्डरी स्कुलका छेसाङ तामाङ र उर्लाबारीकै पार्लेन्स सेकेण्डरी स्कुलका प्रशनेहा ठाकुर भए । उनीहरुले बराबरी अंक ल्याएपछि उनीहरुलाई फस्ट रनअरप घोषित भएका हुन्। प्रतियोगिता
सुनसरी / आठराई गाउँपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित जेष्ठ नागरिक दिर्घ राेगी तथा अपाङ्गहरुलाई मासिक घरदैलो स्वास्थ्य परीक्षण तथा नि :शुल्क औषधि उपचार कार्यक्रमको मङ्सिर महिनामा १६९१ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।आठराईका सबै वडाहरुमा एकै साथ् मङ्सिर २४ गते देखि ३० गते सम्म घरदैलो कार्यक्रम संचालन भएको थियो । स्वास्थ्य परिक्षण सेवाका लागि सबै वडाका स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरु टोल टोल तथा घर घरमा गएर स्वास्थ्य परिक्षण गरिएको आठराई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शत्रुधन शाहले बताउनु भयो।जेष्ठ नागरिक,अपाङ्ग तथा दिर्घ रोगीहरुलाई सहजै स्वास्थ
भोजपुर / त्रिपुरेश्वर महादेव शिव महापुराणको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ ।भोजपुरको पौवादुङमा गाउँपालिका- १ श्यामशिलामा रहेको प्रसिद्ध धार्मिक स्थल त्रिपुरेश्वर महादेवमा सञ्चालन गरिएको शिव महापुराणको आम्दानी, खर्च विवरण सार्वजनिक गरिएको छ । जसमा झाराली गुफाको संरक्षण सहयोगार्थ ११ दिनेमहापुराणको आयोजनाबाट २० लाख दुई हजार ९४८ रुपैया संकलन भएको आयोजकले जनाएको छ ।उक्त रकमबाट ९ लाख १४ हजार ८४५ खर्चको भएको जनाइएको छ । १० लाख ८८ हजार १०३ रुपैँया रकम मौज्दात रहेको आयोजकको भनाइ छ । मन्दिरको संरक्षण तथा विकासकाको लागि पौवादुङमा गाउँपालिकाले दश लाख सहयोग गरेको छ । यो सहित शिव महापुराणब
विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा बालबालिकासित अन्तरक्रिया सम्पन्न भएको छ । बालबालिकाका समस्या बुझ्ने र तत्कालै समाधान गर्ने उद्देश्यका साथ महानगरले विराटनगर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुसित अन्तरक्रिया गरेको हो । महानगरले आज विराटनगर–१९ को सार्वजनिक मावि र युमी स्कुलका विद्यार्थीसित अन्तरक्रिया गरेको छ । महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले बालक्लबको सहभागिता र क्रियाशीलतामा मेयर र उपमेयरसँग बालबालिका अन्तरक्रिया सञ्चालन गर्दै आएको छ । अन्तरक्रियामा विद्यार्थीहरुले बालबालिकाका क्षेत्रमा महानगरले के
ताप्लेजुङ / ताप्लेजुङको दोभानमा लाग्दै आएको पुषे मेला स्वर्ण महोत्सवको अवसरमा आयोजित अन्तर जिल्ला क्लव स्तरीय आमन्त्रित पुरुष भलिवल प्रतियोगिताको उपाधि पाथीभरा टाइगर भलिवल क्लव (PTVC) दमक झापाले हात पारेको छ । फाइनल खेलमा मुकेश मेमोरियल क्लव ताप्लेजुङलाई ३- १ को सोझो सेटमा हराउँदै PTVC दमक झापाले उपाधी जितेको हो । उपाधि सॅगै विजेताले रू ३ लाख र उपविजेताले रू १ लाख ५१ हजार पुरस्कार प्राप्त गरेका छन ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.