All Posts By कोशी प्रेस

    Showing ९७१-९८० of १३,४७७ items.
  • संगीतसँगै उजागर भयो पूर्वाञ्चल ज्ञानचक्षुका दृष्टिविहीन विद्यार्थीको प्रतिभा

    इटहरी । रोटर्याक्ट क्लब अफ धरान घोपाको आयोजनामा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरानमा दृष्टिविहीन विद्यार्थीहरूबीच गायन प्रतियोगिता सम्पन्न भएको छ। ‘क्षमता अवसरले चिनाउँछ, सीमाले होइन’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा विद्यालयका १२ जना दृष्टिविहीन विद्यार्थीहरूले उत्साहपूर्वक सहभागी भई आफ्नो गायन कला प्रस्तुत गरेका थिए । शनिबार दिउँसो २ः३० देखि ४ः३० बजेसम्म सञ्चालित प्रतियोगिताले ओझेलमा परेका प्रतिभाहरूलाई मञ्च प्रदान गर्दै उनीहरूमा आत्मविश्वास, सिर्जनशीलता र समावेशिताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याएको छ। रोटर्याक्ट क्लब अफ धरान घोपाका जनसम्पर्क अधिकृत किरणजङ्ग व

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १०१ पटक पढिएको
  • गुन्द्री ओढेर वर्षा छल्ने परिवारको घरमा अब आशाको छानो

    इटहरी। हिजोआजको समयमा पनि कसैको घर फुसले छाएको होला भन्ने कुरा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ। तर उदयपुरको चौदण्डीगढी नगरपालिका–४, संगमटोलमा पुग्दा आधुनिक समयको चमकभन्दा निकै टाढाको एउटा परिवारको कथा भेटिन्छ, जहाँ वर्षा आउनु भनेको घरभित्र पानी नपसोस् भनेर ओत खोज्ने संघर्ष सुरु हुनु हो।दिलबहादुर विकको घर वर्षौंदेखि फुस, बाँस र माटोको भरमा उभिएको थियो। समयसँगै घर जीर्ण हुँदै गयो। वर्षा हुँदा पानी छेक्ने छानोभन्दा पनि घरभित्र चुहिने पानी रोक्ने चिन्ता बढी हुन्थ्यो। पानी परेको बेला गुन्द्री ओढेर पानीबाट जोगिनुपर्ने अवस्था विकको परिवारका लागि सामान्यजस्तै बनेको थियो। चौदण्डीगढी नगरपालिका–४, संगमट

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ८३ पटक पढिएको
  • झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    इटहरी। टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो ।शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ६८ पटक पढिएको
  • पौवादुङमा महिलालाई आत्मनिर्भर बनाउन बङ्गुर पालनमा अनुदान

    इटहरी। पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको छ ।गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन् । पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राई गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक रूपमा बङ्गुरपालन थालेको बताउाछीद्द् । हाल उद्लेद उन्नत जातका १० वटा बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गरेकी छन् । अनुदान पाएपछि स्थानीय किसानमा पशुपालनतर्फको आकर्षणसमेत बढेको

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १०१ पटक पढिएको
  • संस्कृति जोगाउन पसल सञ्चालन

    इटहरी। सामान्यतया नाफा कमाउने उद्देश्यले पुँजी लगानी गरेर व्यवसाय सञ्चालन गरिन्छ । फिदिम बजारका भीम योङहाङ भने नाफा–घाटाको हिसाबभन्दा माथि उठेर रैथाने सीप र संस्कृति संरक्षणका लागि चोयाले बनेका सामग्रीको पसल सञ्चालन गरिरहनुभएको छ ।विभिन्न जातजातिको परम्परागत सीप र संस्कृतिसँग जोडिएका चोयाका सामग्री बिक्री गर्दै आउनुभएका योङहाङलाई यस व्यवसायबाट आर्थिक लाभ न्यून भइरहेको उहाँको भनाइ छ । लोप हुँदै गएको हस्तकला र सीपलाई जीवन्त राख्ने उद्देश्यले चार वर्षदेखि उहाँले यो कामलाई निरन्तरता दिइरहनुभएको छ ।  उहाँको पसलमा चोयाबाट निर्मित नाङ्लो, डालो, मान्द्रो, थुन्से, डोको, खोँगी, कोक्रोलगायत सामग्री

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ८१ पटक पढिएको
  • सुकेपोखरी : प्रकृतिको मनमोहक संगम

    इटहरी। बिहानको झुल्केघामसँगै पाँचथरको सुकेपोखरीबाट टाढा हिमालको धर्सो देखियो । केही क्षणमै कुहिरोले हिमाललाई छोप्यो । एकैछिनमा खुलेको आकाश फेरि बादलले ढाकियो । कुहिरो र घामबीच चलिरहेको यो लुकामारीले सुकेपोखरी आसपासको दृश्यलाई झनै मनमोहक बनाइरहेको थियो ।मनसुनमा सुकेपोखरीको सौन्दर्यको आफ्नै रङ छ । चारैतिर फैलिएको हरियाली, डाँडामाथि दौडिरहेका बादल, चिसो लेकाली हावा र ठाउँ–ठाउँमा फुलेका रङ्गीचङ्गी फूलले यहाँ पुग्ने जोकोहीलाई केहीबेर रोकिएर प्रकृति नियाल्न बाध्य बनाउँछन् । मेची राजमार्गअन्तर्गत पौवाभञ्ज्याङ बजारबाट नजिकै रहेको सुकेपोखरी पाँचथरको आकर्षक पर्यटकीय गन्तव्य हो । मौसम फेरिएसँगै यहाँको दृ

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ७६ पटक पढिएको
  • झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दो, १० जना संक्रमित, पाँचको मृत्यु

    इटहरी : वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमण बढ्दै गएको छ।पछिल्लो समय मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जेई संक्रमितको संख्या १० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार संक्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई संक्रमण पुष्टि भएको छ। संक्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। संक्रमितमध्ये एक

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ८० पटक पढिएको
  • कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद

    इटहरी : विद्यालय शिक्षक तथा कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे कोशी प्रदेशस्तरीय नीति संवाद शनिबार विराटनगरमा सम्पन्न भएको छ।  शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक सङ्घ नेपालको सहजीकरणमा आयोजित कार्यक्रम देशव्यापी नीति संवाद अभियानअन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या, विद्यालय शिक्षाका चुनौती तथा विद्यमान शिक्षा ऐन, नियमावली र नीतिगत सुधारका विषयमा छलफल भएको थियो।शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले नयाँ शिक्षा ऐन तर्जुमा गर्न सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताए। विद्यालय शिक्षालाई व्यवस्थित

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ८७ पटक पढिएको
  • कोशीमा अझै ग्यासको हाहाकार, आयल निगमका कोशी प्रमुख पुष्कर कार्की के भन्छन्

    इटहरी : कोशी प्रदेशमा एलपी ग्यासको खपत अस्वाभाविक रूपमा बढेपछि केही जिल्लामा देखिएको अभाव एक साताभित्र सहज हुने नेपाल आयल निगमले जनाएको छ।नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालयका प्रमुख पुष्कर कार्कीका अनुसार पछिल्लो समय प्रदेशमा दैनिक १४ हजारभन्दा बढी सिलिन्डर ग्यास खपत भइरहेको छ। सामान्य अवस्थामा दैनिक करिब १० हजार सिलिन्डरको माग हुने गरे पनि पछिल्लो समय खपत उल्लेख्य रूपमा बढेको उनले बताए। विराटनगरमा मात्रै अहिले दैनिक करिब ४ हजार सिलिन्डर ग्यास वितरण भइरहेको कार्कीले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशमा दैनिक १४ वटा ग्यास बुलेट भित्रिरहेका छन्। एउटा बुलेटमा १८ देखि २१ मेट्रिक टनसम्म

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ९० पटक पढिएको
  • सट्टेबाजीको खातामा पैँतिस करोडभन्दा बढीको कारोबार

    इटहरी।  झापामा अनलाइन सट्टेबाजीमा संलग्न दुई प्रतिवादीको खाताबाट ३५ करोडभन्दा बढीको कारोबार भएको पाइएको छ । बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचेको खाताबाट साढे २३ करोड र मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरीको खाताबाट करिब १२ करोडको कारोबार भएको प्रहरीको अनुसन्धानबाट फेला परेको छ । मेचेको २५ वटाभन्दा बढी खाता भेटिएको छ । दुई वर्षको अवधिमा मेचेको ती खाताबाट १८ हजार ५०७ पटक कारोबार भएको प्रहरी अनुसन्धानले देखाएको छ । मेचेको साथबाट तीन थान सिमसहितका मोबाइल बरामद गरिएको थियो । मोबाइलमा प्रयोग भएका सिमहरू उनकै नाममा दर्ता रहेको छ । बरामद भएका मोबाइल खोली हेर्दा आइडी नं. १३६

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ७२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]