विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीसहित नयाँ ठाउँबाट सञ्चालनमा आएको छ । यसअघि विराटनगर महानगरपालिका-१० ट्राफिक चोकनजिक रहेको विराट क्षितिज विराटनगर-२ बरगाछीस्थित नयाँ भवनमा सरेको हो ।त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको यस कलेज १२ वर्षपछि नयाँ भवनमा सारेर पठनपाठनलाई नियमितता दिइएको सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । अब, शान्त तथा पठनीय वातावरणमा, सुविधासम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज सारिएको उनको भनाइ छ ।शनिबार पत्रकार सम्मेलनमा उनले भने, ‘यसै कलेजमा पढेर सयौं विद्यार्थी दीक्षित भइ स्वदेश तथा विदेशमा अध्ययन अनि रोजगारी कार
इटहरी / इटहरीमा निर्माण गरिएको बाल लघु चलचित्र 'गौंथली' धनगढीमा आयोजना हुन लागेको राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ मा प्रस्तुत गरिने भएको छ । चलचित्र विकास बोर्डले असार ७, ८ र ९ गते धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजना गर्दै छ ।कृन्जल पौडेलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र 'गौँथली' ले बाल श्रम कानुनी अपराध हो भन्ने विषय उठान गरेको छ । चलचित्रमा रितेश जंग खत्री पौडेल, प्रमीला लम्साल, उदय सुब्बा, सुभद्रा प्याकुरेल, मनीषा बस्नेत साथै बाल कलाकार कृष्टिना पौडेल र निर्देशक समेत रहेकी कृन्जल पौडेलको भूमिका रहेको छ । चलचित्रको छायाङ्कन प्रकाश सुब्बाले गरेका हुन् । चलचित्रको सम्
सुनसरी । नेपाल खेलकुद महासंघ उपाध्यक्ष नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्यु जर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनिको फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण पदक जितेकी हुन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिकी सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण पदक हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् ।
इटहरी / इटहरी यहीँ जेष्ठ २५ गतेदेखि २७ इस्टर्न ट्राभल मार्ट २०२४ हुने भएको छ ।कोशी प्रदेशका पर्यटकीय क्षेत्र तथा पर्यटन व्यवसायलाई फस्टाउन कोशी प्रदेशको इटहरीमा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौंको आयोजनामा यहीँ जेष्ठ २५ गतेदेखि २७ गतेसम्म इस्टर्न ट्राभल मार्ट २०२४ हुने भएको छ । इटहरीको सोल्टी वेस्टेण्डमा हुने कार्यक्रममा छिमेकी देश भारतका विहार, पश्चीम बंगाल सिक्किम प्रान्त, भुटान र बंगलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरुको सहभागीता रहने छन् भने नेपालका खासगरी लुम्बिनी, बाग्मती, गण्डकी, मधेश र अन्य प्रदेशका ५० ज
इटहरी / बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक राष्ट्रिय बालबालिका परिषद् मन्त्रालयको आयोजनामा इटहरीमा वालवालिका खोजतलास सेवा (१०४) संचालन तथा वाल संरक्षण घटना व्यवस्थापन सम्बन्धि तालिम गराइएको छ ।महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय भगबती चौधरीको प्रमुख आतिथ्य तथा कोशी प्रदेशका सामजिक विकास मन्त्री माननीय पि.के. राईको विशिष्ट आतिथ्यता नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक राष्ट्रिय बालबालिका परिषद् मन्त्रालयको आयोजनामा वालवालिका खोजतलास सेवा (१०४) संचालन तथा वाल संरक्षण घटना व्यवस्थापन सम्बन्धि त
काठमाडौं / सुनसरीका पत्रकार गनेश कुमार यादव सम्मानित भएका छन्।साेमबार काठमाडौंकाे बूढानीलकण्ठमा गाै संरक्षण अभियानले एक कार्यक्रमकाे आयाेजना गरि पत्रकार यादवलाई सम्मान-पत्र सहित नगद रु पैंतीस सय पाँच रुपैयाँ दिएर सम्मान गरेकाे हाे । वैदिक सनातन हिन्दूहरुको आस्था र धरोहरको केन्द्रविन्दु गाई लाई सुनसरीकाे इनरुवामा हत्या गरिएको अवस्थामा पत्रकार यादवले जिवनको पर्वाह नगरी गौ तस्कर र अधर्मिहरुलाई पर्दाफास गरि मिडिया मार्फत नेपाल प्रहरीलाई रंगेहात पक्राउ गराउन सफल भएकाेले यादवकाे साहस र गौमाता प्रतिको श्रद्धालाई गाै संरक्षण अभियानले नगद ३५ सय ५ रुपैयाँ सहित सम्मान-पत्र प्रदान गरेकाे
इटहरी / “अबको अभिभारा विश्वबाट पलियो रोग उन्मुलन गराउने हाम्रो जवाफदेहिता” भन्ने मुलनारालाई आत्मासाथ गर्दै, सुनसरी जिल्लाका १२ वाटै पालिकामा २२ गते देखि २६ गते सम्म पोलियो खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यलय सुनसरीले जिल्ला खोप समिति तथा सरोकारवालाहरु सँग अभिमुखिकरण कार्यक्रम गर्दैै २०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मिएका ५ वर्ष ५ महिना देखि ८ बर्ष सम्मका बालबालिकाहरुलाई लक्षित गरेर खोप लगाउन लागिएको जानकारी दिएको होे । १२३ वटा स्वास्थ्य संस्था, ६७२ खोप केन्द्र गरि अनुमानित ४२१२० जना बालबालिकामा खोप लगाइने स्वास्थ्य कार्यलय सुनसरीले जानकारी गराउदै, ७४८ जना स्वास्थ्यकर्मीक
इटहरी / इटहरीमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परि नेपाल प्रहरीका पूर्व हवलदारको घटनास्थलमै मृत्यु भएको छ ।इटहरी १ स्थित आँपगाछी चोकमा इटहरीबाट धरान तर्फ आउँदै गरेको प्र ९-०९-००२ च ६३०६ नम्बरको कार र विपरीत दिशाबाट रङ साइड प्रयोग गरी जाँदै गरेको को १ प ७४९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।दुर्घटनाबाट स्कुटर चालक मोरङ कानेपोखरी गाउँपालिका १ बस्ने ४४ वर्षीय नेपाल प्रहरीका पूर्व हवलदार डेगराज गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।इटहरी २० होम्समा रहेका आफ्ना दाजु जनक गौतम बिरामी भएपछि उपचार गर्नका लागि २ दिन अघि मात्र मृतक गौतम तरहरा आएका थिए ।वराहक्षेत्रमा
धरान / साउथ कोरिया एसियन कराते च्याम्पियनसिप छनौट प्रतियोगिता धरानमा सम्पन्न भएको छ । भुटानमा हुने आठौँ एसियाली खेलकुदका लागि कोशी प्रदेशका १४ ओटै जिल्लाका कराते खेलाडी हरुका लागी खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार र सनिबार धरान रंगशालामा सम्पन्न भएको हो ।नेपाल कराते महासंघ कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेश खेलकुद बिकास बोर्ड सदस्य सचिव पर्सुराम बस्नेतको प्रमुख आतिथ्यता तथा नेपाल कराते महासंघ कोशी प्रदेश अध्यक्ष कुबिरमान राइको अध्यक्षता साथै नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव बिप्लब घोस लगायत कोशी प्रदेशका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउने प्रशिक्षक, खेल
इटहरी / इन्द्रजित सदा कक्षा ६ मा पढ्छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मुसहरी टोलमा घर भएका सदाका बुबा आमा मजदुरी गर्छन् । मजदुरी गर्ने भएकाले उनका बुवा आमा बिहानै काममा निस्कन्छन् ।बुबा आमा नभएपछि इन्द्रजित मन लागेको बेला विद्यालय जान्थे, मन नलागेको बेला घरमै बस्थे । उनका साथीहरू अमित, वन्दना र सन्तोषीको अवस्था पनि उही थियो । मन लागेको बेला विद्यालय जाने, नलागेको बेला नजाने ।तर, एक वर्षको अवधिमा इन्द्रजितमा ठूलो परिवर्तन आएको छ । इटहरी १ को कार्यालयले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ ।ट्युसन कक्षामा आउन थालेपछि इन्द्रजित नियमित विद्यालय जान थालेका छन् । उनी स्कु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.