इटहरी । लियो क्लब अफ तरहरा इटहरीका प्रथम उपाध्यक्ष हृतिक कार्कीले आफ्नो जन्मदिन सामाजिक सेवामार्फत मनाउनुभएको छ । जन्मदिनको अवसर पारेर उहाँले माया घर नेपाल, इटहरी–२ मा आश्रित व्यक्तिहरूलाई खाना वितरण गर्नुृभएको हो । जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा माया घर नेपालमा आश्रितहरूलाई खाना खुवाउनुका साथै उनीहरूसँग केही समय बिताइएको थियो। व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै असहाय तथा संरक्षणको आवश्यकता रहेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष युगल बजगाईंको अध्यक्षता तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीका एरिया चिफ दुर्गाप्रसाद पौडे
इटहरी । गुदाला भोजोला ताललाई छोपेर बसेको कुहिरो क्षितिजतिर उढेर गयो । छ्याङ्ग पोखरी देखियो । लामो पोखरी र वर्षायाममको हरियाली निक्कै सुन्दर देखियो । तर यो धेरै समय टिकेन । कन्याटारतिरबाट आएको कुहिरोले विस्तारै विस्तारै गर्दै पोखरीलाई ‘सिरक’ ओढाइरहेको देखिन्थ्यो ।यो दृश्य पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ को हो । मिक्लाजुङ पहाडको काखमा थुम्किला पहाडका साथ लेखगाँउ अवस्थित छ । डाँडाले घेरीएको ताल आर्कषकमात्र छैन यहाँको गाउँ घर, जनजीवन र दृश्य सुन्दर छ । मिक्लाजुङ पहाड धार्मीक, सास्कृतिक र प्राकृतिक रुपमा महत्त्वपूर्ण रहेको छ । यहि ठाउँको नामबाट पाँचथर र मोरङका दुईवटा गाउँपालिकाको नामकरण
इटहरी : स्वस्थ जीवनशैलीको प्रवर्द्धन, नियमित शारीरिक व्यायामप्रति नागरिकलाई प्रोत्साहित गर्ने तथा लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले चौदण्डीगढी नगरपालिकामा आयोजना गरिएको ‘प्रथम बेल्टार रन’ उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।बेल्टार बजारस्थित बेलपार्कको पुष्पलाल चोकबाट सुरु भएको दौडमा बालबालिकादेखि युवायुवती र ज्येष्ठ नागरिकसम्म ३ सयभन्दा बढी नागरिक सहभागी भएका थिए। सहभागीहरूले बेल्टार बजार तथा आसपासका ग्रामीण क्षेत्र समेटिएको निर्धारित मार्ग हुँदै करिब ६.०५ किलोमिटर दूरी पार गरेका थिए। एउटै उद्देश्य र भावनाका साथ सहभागीहरू दौडिँदा बेल्टारको वातावरणसमे
इटहरी : बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।प्राकृतिक सौन्दर्य, शान्त वातावरण, जैविक विविधता तथा विभिन्न पर्यटकीय पूर्वाधारका कारण बर्जुताल सुनसरीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । विराटनगरका निखिलकुमार सरदार कक्षा १० मा अध्ययनरत छन् । उनी विद्यालय बिदाको समयमा साथीहरूसँग साइकलमा बर्जुताल घुम्न आउने गरेको बताउँछन् । विराटनगरबाट नजिक, फराकिलो र शान्त वातावरण भएकाले विद्यालय बिदा हुनासाथ साथीहरूसँग बर्जुताल आउने गरेको उनको भनाइ छ । ‘विराटनगरबाट नजिक छ । घुम्नका लागि पनि आकर्षक भएकाले विद्यालय बिदा हु
इटहरी। धनकुटामा केही दिनदेखि खाना पकाउने ग्यासको अभाव हुँदा स्थानीयवासी, विद्यार्थी तथा कर्मचारीलाई समस्या भएको थियो। बजारमा ग्यास डिलरमा आपूर्ति भएपछि भने उपभोक्तालाई सहज भएको छ।धनकुटाको जिरो प्वाइन्टस्थित कोशी ग्यास डिलरमा ग्यास लिन बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको थियो। बजारमा ग्यासको आपूर्ति कम हुँदा लामो समयदेखि उपभोक्ताले समस्या भोग्दै आएका थिए। ग्यास अभाव भएपछि कालोबजारी हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले बजारका ग्यास डिलर तथा बिक्री केन्द्रमा संयुक्त रूपमा अनुगमनसमेत गर्दै आएका थिए। बजारमा ग्यास आपूर्ति हुन थालेपछि उपभोक्तालाई सहज भएको छ।कति
इटहरी : जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन्।सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन्।पाँचथर जिल्ला अदालतमा गत आव २०८२/०८३ मा ६०९ वटा नयाँ मुद्दा दर्ता भएकामा ३८४ सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए। सोही आवमा अदालतमा अघिल्लो आव २०८१/०८२ बाट २४६ मुद्दा सरेर आएकामा ८७ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेका थिए। यसरी एकै आवमा जिल्ला अदालतमा कूल ४७१ सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको सूचीमा परेका थिए। जसमध्ये १६७ मुद्दा मेलमिलापबाट टुङ्गिएका छन्। मेलमिलाप भएका अधिकांश मुद्दाम
इटहरी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाइने बताएका छन् ।शुक्रबार इनरुवास्थित चार सय केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्दै उनले विद्युत् उत्पादनसँगै आन्तरिक खपत कसरी वृद्धि गर्ने भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको बताए । इनरुवालाई विद्युत्को ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने बताए । उनले विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आ
इटहरी। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको तेल्लाकमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । नागरिकतासहितका सेवाहरु प्रवाह गर्नेगरी तेल्लाकमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।इलाका प्रशासन कार्यालय स्थापनासँगै शुक्रबारदेखि औपचारिक रुपमा सेवासमेत सुरु भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शुक्रबार कार्यालयको उद्घाटन गर्नुहुँदै इलाका प्रशासन कार्यालयबाट सेवा प्रारम्भ भएको घोषणा गर्नुभयो । सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा सहितका जनप्रतिनिधि लगायतको उपस्थितिमा प्रजिअ दाहालले इलाका प्रशासन कार्यालयबाट स
इटहरी। ५० शैय्याको अस्पताल रहेको इलाम अस्पतालमा ‘ब्लड बैंक’ नहुँदा विरामीलाई समस्या भएको छ । वर्षौंदेखि इलाम, पाँचथर, ताप्लेजुुङ र तेह्रथुम सम्मलाई सेवा दिंदैआएको अस्पतालमा ब्लड बैंकको आवश्यक रहेको अस्पतालमा प्रमुख अमिताभ ठाकुुरले बताउनुुभयो । अहिले इलाम अस्पतालमा आकस्किमदेखि प्रसुति, विभिन्न सर्जरी सेवासहित मिर्गौलाका बिरामीको लागि डाइलासिस सेवा समेत सञ्चालन भइरहेको छ । तर, मुख्यगरी डाइलासिस गर्ने बिरामीलाई रगत दिनुु पर्ने र रगत सहज नहुँदा समस्या हुने गरेको ठाकुरको भनाइ छ । ‘यहाँ विषेशज्ञ डाक्टरको सेवा छ तर, आवश्यक ब्लड बैंक छैन’ ठाकुरले भन्नुुभयो । ब्लड बैंक नहुँदा सम्बन्धित ग्रुपका व्य
इटहरी : तेह्रथुमको छथर गाउँपालिकामा पारिस्थितिक प्रणाली पुनस्र्थापना गर्दै स्थानीय समुदायको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको परियोजनाको अनुभव आदान–प्रदान तथा साझेदारी कार्यशाला सम्पन्न भएको छ ।‘समुदायको नेतृत्वमा छथरको भू–परिदृश्य पुनर्जीवनमार्फत पारिस्थितिक प्रणाली पुनस्र्थापना तथा जीविकोपार्जन सुधार परियोजना’ अन्तर्गत आयोजित कार्यशाला छथरको शुक्रबारेमा सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक वन, वातावरण संरक्षण, जैविक विविधता, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीयको आयआर्जनका विषयमा छलफल गरिएको थियो । कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासं
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.