All Posts By कोशी प्रेस

    Showing ८,९०१-८,९१० of १३,७२१ items.
  • १८ देशमा राजदूत नियुक्ति सिफारिश २२ सचिवहरुको सरुवा गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं, साउन १६ । सरकारले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत सोमवार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो ।मन्त्री गुरुङका अनुसार सोमवारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । यसैगरी बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको छ ।काठमाडौं । सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषद्बाट स्वीकृत गरेको छ ।

    • प्रकाशित मितिः साउन १८, २०८१
    • २३२ पटक पढिएको
  • इटहरीका अधिकारी काठमाण्डौंमा मृत फेला

    इटहरी / काठमाण्डौंको नयाँ बसपार्कमा सुनसरीका एक युवा मृत अवस्थामा फेला परेका छन् ।काठमाडौं महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै केही महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र सुनसरी इटहरी उपमहानगरपालिका-१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।शवको प्रकृति हेर्दा उनको ४/५ दिन अघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी अधिकारीले बताए ।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • २७६ पटक पढिएको
  • नेकपा एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

    काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ३५५ पटक पढिएको
  • नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोक्यो ( सुचि सहित)

    काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।शेरधन राई – कोशीलीलानाथ श्रेष्ठ – मधेशडा. राजन भट्टराई – बागमतीकिरण गुरुङ – गण्डकीपद्मा अर्याल – लुम्बिनीगोरखबहादुर बोगटी – कर्णालीलेखराज भट्ट – सुदूरपश्चिम

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ३०० पटक पढिएको
  • कोशीमा एक हजार युवालाई रोजगारी दिने गरी सम्झौता

    विराटनगर / निक्षेप तथा कर्जा सुरक्षण कोष र कोशी प्रदेश सरकारबीच विभिन्न उद्यमशीलता र रोजगारमूलक कार्यक्रम गर्ने विषयको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले उक्त सहमति पत्रमा हस्ताक्षर गरे। यो समझदारीले कोशी प्रदेशका नागरिकलाई उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्ने बताइएको छ।प्रदेश सरकारको योजना अनुसार कक्षा १२ उत्तीर्ण करिब एक हजार युवालाई तालीम दिई यसै वर्ष अनलाइन रोजगारी दिइनेछ।समझदारी पत्रमा उल्लेख भए अनुसार यसले बैंक तथा वित्तीय संस्थाल

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ३७० पटक पढिएको
  • प्रकाशपुरमा व्यायामशाला, वडामा ट्याक्टरसँगै स्वास्थ्य चौकीमा खोप केन्द्रको उद्घाटन

    सुनसरी / सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं १० प्रकाशपुर स्थित वडा कार्यालय परिसरको पुरानो भवनमा शारीरिक सुगठन केन्द्र (व्यायामशाला), वडा नं १० को कार्यालयले सञ्चालनमा ल्याएको ट्याक्टर तथा प्रकाशपुर स्वास्थ्य चौकीमा निर्माण भएको खोप केन्द्रको उद्घाटन गरिएको छ ।नगरपालिकाको १० लाख बजेटबाट युवाहरूलाई लक्षित गरी तयारी गरिएको शरिरिक सुगठन केन्द्र (व्यायामशाला), सरसफाइ लगायतका सेवा दिन वडाले खरिद गरेको ट्याक्टर र प्रकाशपुर दुग्ध सहकारी संस्थाको सामाजिक विकास कोषको रकमबाट निर्माण भएको खोप केन्द्रको बिहीबार औपचारिक रूपमा उद्घाटन गरिएको हो ।व्यायामशाला, ट्याक्टर र खोप केन्द्र भवनको नगर प्रमुख रमेश

    • प्रकाशित मितिः साउन १७, २०८१
    • ३६६ पटक पढिएको
  • कोशी अस्पतालबाटै केदीबन्दी फरार भएपछि...

    विराटनगर / बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका एक कैदी फरार भएका छन् । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट आज फरार भएका हुन् ।कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । प्रहरीका अनुसार बिहीबार बिहान उनी ५ बजे फरार भएका छन्।शौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ । विराटनगर महानगरपालिका ८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी ह

    • प्रकाशित मितिः साउन १७, २०८१
    • २३९ पटक पढिएको
  • श्रीलंका टप्पुमा कोशी कटानको त्रास , समधानको खोजीमा स्थानिय सरकार

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका वडा नं ६ र वडा नं ९ मा पर्ने श्रीलंका टप्पु तर्फ सप्तकोशी नदिले कटान गरि राखेको छ । केही दिन देखिको सप्तकोशी नदिको कटानले  टप्पुका स्थानियहरुलाई त्रषित बनाएको छ । सप्तकोशी नदिले टप्पुको जलाल , शिशौली घाट र चिलैया क्षेत्रमा दैनिक रुपमा ५ सय मिटर  जमिन कटान गरिरहेको स्थानिय बृद्बिकुमार माझी बताउछँन् ।कोसीमा क्रमश पानिको बहाब घट्दे गए पछि पानीले बलौटे माटो खोत्लने कार्य तिब्र रुपमा हुने गर्दछ । बलौटे माटो भएकाले कोशीको कटान तिब्र रुपमा हुने गरेको स्थानीय राजकुमार चन्द्रबसीको भनाई छ । कोशीले तिब्र गतिमा कटान सुरु गरेको जानकारी दिए पछि नगर प्रमुख रमेश क

    • प्रकाशित मितिः साउन १७, २०८१
    • २४० पटक पढिएको
  • कोशी प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन क्रियाशिल छौं– मुख्यमन्त्री कार्की

     विराटनगर /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार क्रियाशिल रहेको बताउनु भएको छ । नेपाल चिकित्सक सङ्घ कोशी शाखाको बुधबार बेलुका बिराटनगरमा नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापन समारोहमा बोल्दै उहाँले सरकार स्वास्थ क्षेत्र प्रति संवेदनशिल रहेको बताउनुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा ब्यवस्था गरिएको मुख्य मन्त्री कार्कीले बताउनु भयो ।मुख्यमन्त्री कार्कीले सरकारले जनताको घर–घरमा स्वास्थ्य सेवा

    • प्रकाशित मितिः साउन १७, २०८१
    • २२६ पटक पढिएको
  • विराटचोकमा जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता हुने

    सुन्दरहरैचा / दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८१ विराटचोक मोरङ्गमा हुने भएको छ ।  खेलकुद क्षेत्रमा नयाँ उत्साह ल्याउने अपेक्षा का साथ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ साउन १९ गते शनिबार सुन्दरहरैचा १२ स्थित सुबिजिमुर स्कुलको खेल मैदानमा  प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मोरङका अध्यक्ष इन्द्र बहादुर तामाङले  जानकारी दिनुभयो । १८ विद्यालयका ३५० भन्दा बढी खेलाडीहरू यस प्रतियोगितामा सहभागी हुनेछन् भने महिला र पुरुष दुवै वर्गका खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ४५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]