All Posts By कोशी प्रेस

    Showing ८७१-८८० of १३,४७७ items.
  • सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् समस्या हटाउँदै, इनरुवा आएर ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले के भने

    इटहरी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाइने बताएका छन् ।शुक्रबार इनरुवास्थित चार सय केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्दै उनले विद्युत् उत्पादनसँगै आन्तरिक खपत कसरी वृद्धि गर्ने भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको बताए । इनरुवालाई विद्युत्को ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने बताए । उनले विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आ

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १०० पटक पढिएको
  • ताप्लेजुङको तेल्लोकमा इलाका प्रशासन कार्यालय

    इटहरी। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको तेल्लाकमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । नागरिकतासहितका सेवाहरु प्रवाह गर्नेगरी तेल्लाकमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो ।इलाका प्रशासन कार्यालय स्थापनासँगै शुक्रबारदेखि औपचारिक रुपमा सेवासमेत सुरु भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शुक्रबार कार्यालयको उद्घाटन गर्नुहुँदै इलाका प्रशासन कार्यालयबाट सेवा प्रारम्भ भएको घोषणा गर्नुभयो । सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा सहितका जनप्रतिनिधि लगायतको उपस्थितिमा प्रजिअ दाहालले इलाका प्रशासन कार्यालयबाट स

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ७३ पटक पढिएको
  • ब्लड बैंक नहुँदा इलाम अस्पतालमा समस्या

    इटहरी। ५० शैय्याको अस्पताल रहेको इलाम अस्पतालमा ‘ब्लड बैंक’ नहुँदा विरामीलाई समस्या भएको छ । वर्षौंदेखि इलाम, पाँचथर, ताप्लेजुुङ र तेह्रथुम सम्मलाई सेवा दिंदैआएको अस्पतालमा ब्लड बैंकको आवश्यक रहेको अस्पतालमा प्रमुख अमिताभ ठाकुुरले बताउनुुभयो । अहिले इलाम अस्पतालमा आकस्किमदेखि प्रसुति, विभिन्न सर्जरी सेवासहित मिर्गौलाका बिरामीको लागि डाइलासिस सेवा समेत सञ्चालन भइरहेको छ । तर, मुख्यगरी डाइलासिस गर्ने बिरामीलाई रगत दिनुु पर्ने र रगत सहज नहुँदा समस्या हुने गरेको ठाकुरको भनाइ छ । ‘यहाँ विषेशज्ञ डाक्टरको सेवा छ तर, आवश्यक ब्लड बैंक छैन’ ठाकुरले भन्नुुभयो । ब्लड बैंक नहुँदा सम्बन्धित ग्रुपका व्य

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १८९ पटक पढिएको
  • छथरमा पारिस्थितिक प्रणाली पुनस्र्थापना र जीविकोपार्जन सुधारबारे कार्यशाला

    इटहरी :  तेह्रथुमको छथर गाउँपालिकामा पारिस्थितिक प्रणाली पुनस्र्थापना गर्दै स्थानीय समुदायको जीविकोपार्जन सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको परियोजनाको अनुभव आदान–प्रदान तथा साझेदारी कार्यशाला सम्पन्न भएको छ ।‘समुदायको नेतृत्वमा छथरको भू–परिदृश्य पुनर्जीवनमार्फत पारिस्थितिक प्रणाली पुनस्र्थापना तथा जीविकोपार्जन सुधार परियोजना’ अन्तर्गत आयोजित कार्यशाला छथरको शुक्रबारेमा सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक वन, वातावरण संरक्षण, जैविक विविधता, प्राकृतिक स्रोतको दिगो उपयोग तथा स्थानीयको आयआर्जनका विषयमा छलफल गरिएको थियो । कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासं

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १४० पटक पढिएको
  • सिर्जनशील क्लबको आयोजनामा लोचनीमा रक्तदान कार्यक्रम हुँदै

    सुन्दरहरैँचा / सिर्जनशील क्लबको आयोजनामा रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ। “रक्तदान जीवनदान” भन्ने मूल सन्देशसहित आयोजना गर्न लागिएको कार्यक्रममा रक्तदान गरी मानवीय सेवामा योगदान गर्न सबैलाई आह्वान गरिएको छ।क्लबले २०८३ साल साउन ९ गते शनिबार बिहान ८ः३० बजेदेखि १०ः०० बजेसम्म सिर्जनशील क्लब भवन सुन्दरहरैँचा–लोचनीमामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। रगत अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सिर्जनशील क्लबका अध्यक्ष एकराज पोखरेलले जानकारी दिनुभयो। उहाँले स्वस्थ तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ११२ पटक पढिएको
  • पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    इटहरी । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ आरोहणयोग्य हिमाल रहेको नेपालका लागि पर्वतीय पर्यटन केवल साहसिक गतिविधि मात्र होइन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विस्तार र राष्ट्रिय पर्यटन उद्योगको महत्वपूर्ण आधार बन्दै गएको छ।पछिल्ला वर्षमा पर्वतारोहण तथा पदयात्राका लागि नेपाल आउने पर्यटकको संख्या, आरोहण अनुमति र यसबाट हुने आर्थिक कारोबारले पर्वतीय पर्यटनको सम्भावना अझ फराकिलो रहेको पाइएको छ। सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुबाट हेर्दा यसको प्रभाव अझ स्पष्ट देखिन्छ। हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकसँगै गाइड, उच्च हिमाली कामदार, भरिया,

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १३६ पटक पढिएको
  • एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात

    इटहरी।  भारत, बङ्गलादेश र अमेरिकामा गरी एक वर्षमा नौ करोड ८४ लाख १४ हजार बराबरको सागसब्जी निर्यात भएका छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले एक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाटबाट उक्त सागसब्जी निर्यात गरेको जनाएको हो । आर्थिक वर्ष २०८२/८३ मा छ हजार ५१९ मेट्रिक टन बन्दागाभी, सिमी र हरियो खुर्सानी निर्यात भएको हो ।बन्दागोभी छ हजार २०१ मेट्रिक टन भारत निर्यात हुँदा नौ करोड ४७ लाख ६२ हजार विदेशी मुद्रा प्राप्त भएको छ । यसैगरी, हरियो खुर्सानी एक लाख ७६ हजारको र टमाटर एक लाख १७ हजारको बङ्गलादेश निर्यात भएको हो । सोही अवधिमा २६० मेट्रिक टन सिमी अमेरिका निर्यात हुँदा पाँच लाख ९९ हजार

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १५३ पटक पढिएको
  • गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्‍याली

    इटहरी। बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ की तीन  वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्‍याली भएको छ । जनचेतना महिला केन्द्रको आयोजनामा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थीको सहभागिता रहेको विरोध र्‍यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । र्यालीमा ‘हत्या हिंसा बन्द गर, अन्याय अब सहिन्न, बलात्कारीलाई फाँसी दे, गरिमालाई न्याय दे’ जस्ता नारा लगाइएको थियो । र्‍यालीपछि आयोजित कोणसभालाई जनचेतना केन्द्रकी संयोजक राधाप्रधान कार्की र विद्यार्थीले सम्बोधन गरेका थिए ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १३४ पटक पढिएको
  • सहरको कोलाहलबाट टाढा विराट पोखरी, किन बन्दैछ पर्यटकको रोजाइ

    इटहरी  : बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ, झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी।बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको यो पोखरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटक, विद्यार्थी तथा धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। शनिबार र सार्वजनिक बिदाका दिन यहाँ घुम्न आउनेको उल्लेखनीय भीड लाग्ने गरेको स्थानीय बताउँछन्। स्थानीय सोमनाथ अधिकारीका अनुसार फुर्सदको समय बिताउन मात्र होइन, परिवारसहित घुम्न र प्राकृतिक वातावरणको आनन्द लिन पनि आगन्तुक विराट पोखरी पुग्ने गरेका छन्। ‘शनिबार र आइतबार

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • ८९ पटक पढिएको
  • विमानस्थल निर्माण अलपत्र, जग्गामा स्थानीयको घाँस खेती

    इटहरी। उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थलका लागि छुट्याइएको जग्गा विस्तारै अतिक्रमणको जोखिममा परेको छ । बजेट अभावका कारण विमानस्थल निर्माणको काम अघि नबढेपछि खुला रहेको उक्त जग्गामा स्थानीयले विभिन्न प्रयोजनका लागि प्रयोग गर्न थालेका छन् ।त्रियुगा नगरपालिका–१ र २ अन्तर्गतको सामुदायिक वन क्षेत्रका १५७ हेक्टर जग्गा विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको थियो । सो क्रममा करिब २६ प्रजातिका झण्डै १५ हजार रुख कटान गरी विमानस्थल निर्माणका लागि जग्गा खाली गरिएको थियो । तर पछिल्लो समय वन क्षेत्रका रुख कटान र काठ बिक्रीबाहेक विमानस्थल निर्माणसँग सम्बन्धित अन्य काम पूर्ण रूपमा रोकिए

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]