All Posts By कोशी प्रेस

    Showing ८,४५१-८,४६० of १३,७२१ items.
  • सामुदायिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना

    इटहरी । मोरङको बेलबारी(२ थापाचौककी पार्वती पोखरेल र उहाँको परिवारले सोही वडाको कबीर माध्यमिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन् । आफ्ना स्वर्गीय पति यादवप्रसाद पोखरेलको स्मृतिमा श्रीमती पार्वती पोखरेल, छोराबुहारी पुरुषोत्तम–अनिशा, डा.गणेश विक्रमा पोखरेल साथै छोरीज्वाइँ जयन्ती पोखरेल र सुवास गुरागाईँले २ लाख १ हजार रुपियाँको अक्षयकोष विद्यालयको खातामा जम्मा गरेका हुन् । विद्यालयका प्रधानाध्यापक अभय लिम्बूले विद्यालयको स्थापनाकालदेखि नै पोखरेल परिवारले महत्त्वपूर्ण योगदान दिँदै आउनुभएको बताउनुभयो । विद्यालयमा अनुशासित, लगनशील, जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई अध्ययनका लागि छात्रव

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १५२ पटक पढिएको
  • अपाङ्गता भएकाहरूको पहुँच सुनिश्चित गर्न १३ बुँदे माग

    इटहरी। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेश कार्यालय, विराटनगरले गाउँपालिका महासङ्घ कोशी प्रदेशलाई अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्न माग गर्दै पैरवी पत्र बुझाएको छ । अपाङ्ग महासङ्घका कोशी प्रदेश सदस्य अनिल कुसियैतसहितको नेतृत्व टोलीले गाउँपालिका महासङ्घ कोशी प्रदेशका अध्यक्ष ऐयुव अन्सारीलाई १३ सूत्रीय माग गर्दै पैरवी पत्र बुझाएको हो  । महासङ्घका तर्फबाट राखिएको मागहरुमा “अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९”, पूर्णरुपमा कार्यान्वयन गर्दै सर्वमान्य विश्वव्यापी पहुँचयुक्तताको ढाँचाको मापदण्ड अनुकूल स्थानीय सरकार र सरकारद

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • २०६ पटक पढिएको
  • दुर्गा प्रसाईं पक्राउ

    काठमाडौं / अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’सीआईबीका अनुसार "फेक डकुमेन्ट" को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको  छ

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • २४६ पटक पढिएको
  • प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल, साँझ मन्त्रिपरिषद् बैठक बस्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा छलफल हुने भएको छ । मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएपछि दुई नेता भेट्न लागेका हुन् । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमै हुने छ । मन्त्रिपरिषद् बैठकमा ओलीले पर्फर्मेन्स कमजोर भएका मन्त्रीहरूबारे पनि केही बोल्न सक्ने बताइएको छ । सोमबार पनि प्रधानमन्त्री ओली र देउवाबीच लामो छलफल भएको थियो । सोमबारको छलफलमा मन्त्रिपरिषद् फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईबारे कुराकानी भएको थियो । बालुवाटार स्रोतका अनुसार ठ्याकै कुन विषयमा कसरी दुई नेताले छलफल गरे भन्ने कुराको जा

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • २३९ पटक पढिएको
  • चिया निर्यात ६९ प्रतिशतले बढ्यो

    इटहरी । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना ृसाउन–कात्तिके मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची,

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १९१ पटक पढिएको
  • सडकमा अलपत्र गर्भवतीको उद्धार, दमक नगरपालिका द्धारा सुरक्षित आवासको व्यवस्था

    इटहरी। झापाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको अगुवाइमा सडकबाट एक गर्भवतीको उद्धार गरिएको छ । गर्भवतीलाई  सुत्केरी बेथाले च्यापेको थाहा पाएपछि तत्कालै उद्धार गरेर दमक अस्पताल पु(याएपछि शिशु जन्मिएको थियो । हाल आमा र शिशु दुवैको स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ । उहाँको हेरचाह र उपचारको सम्पूर्ण बन्दोबस्त नगरपालिकाले मिलाएको पनि उपप्रमुख प्रसाईले बताउनुभएको छ । महिलाको परिवार तथा बच्चाको बाबुको विषयमा उपचारपछि खोजीका लागि सम्बन्धित निकायसँग पहल गरिने जनाइएको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि नगरपालिकाले सञ्चालन गरेको महिला सुरक्षित आवासगृहमा राखिने तयारी भएको छ । दमक

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १३४ पटक पढिएको
  • टिपरको ठक्करबाट घाइते रमेश दाहालको उपचारका क्रममा मृत्यु

    इटहरी। मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा सोमबार टिपरको ठक्करबाट  गम्भीर घाइते हुनुभएका रमेश दाहालको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार कानेपोखरी –२ दलेली बजारका ३५ वर्षीय रमेशको उपचारका क्रममा बिहान ८ः२० मा मृत्यु भएको हो । दाहालको झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मोतीदान कन्ट्रक्सन प्रालिको बा।प्र ०३–००१क –०२७४ नम्बरको टिपरले मङ्गलबार बिहान साढे ८ बजेतिर दाहाललाई ठक्कर दिएको थियो । सडकमा हिँडिरहेका दाहाल फरक क्षमताका व्यक्ति हुनुहुन्

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १३२ पटक पढिएको
  • टिपरको ठक्करबाट घाइते रमेश दाहालको उपचारका क्रममा मृत्यु

    इटहरी। मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा सोमबार टिपरको ठक्करबाट  गम्भीर घाइते हुनुभएका रमेश दाहालको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार कानेपोखरी –२ दलेली बजारका ३५ वर्षीय रमेशको उपचारका क्रममा बिहान ८ः२० मा मृत्यु भएको हो । दाहालको झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मोतीदान कन्ट्रक्सन प्रालिको बा।प्र ०३–००१क –०२७४ नम्बरको टिपरले मङ्गलबार बिहान साढे ८ बजेतिर दाहाललाई ठक्कर दिएको थियो । सडकमा हिँडिरहेका दाहाल फरक क्षमताका व्यक्ति हुनुहुन्

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १५२ पटक पढिएको
  • सात वर्षपछि मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्डमा कालोपत्र सुरु

    इटहरी । सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ । तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन ।  प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएसँगै कालोपत्रको काम सुरु गरिएको हो ।  सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दीपेश खतिवडाले मङ्सिरभित्र छ किलोमिटर सबवेस

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १२७ पटक पढिएको
  • पथरी शनिश्चरे नगरद्वारा विपन्नको घर निर्माण तिव्र

    मोरङ । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा स्थायी बसोबास रहेका विपन्न नागरिकहरुको घर निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको छ । जस अन्तर्गत वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको नगरका सव–इन्जिनियर रन्जित राजवंशीले जानकारी दिनुभयो । यसैगरी वडा नं. ७ को लिलामाया आङ्देम्वे, इन्द्रबहादुर लिम्बु, महेन्द्रप्रसाद दाहाल, वडा नं. ४ को देवीमाया लिम्बु, मनकुमार श्रेष्ठ र वडा नं. ३ को धनबहादुर लिम्बुको घर निर्माण कार्य सुरुवात गरिएको छ । यसैगरी नगरका अन्य विपन्नहरुको घर निर्माण कार्य क्रमागत रुपमा लगिने प्रवक्ता नविन कार्कील

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • १२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]