इटहरी । चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर विराटनगर महानगरपालिकाको नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाले लक्ष्य अनुसार राजस्व संकलन र बजेट खर्च नभएपनि चालू आर्थिक वर्ष २०८१÷८२ को बजेटमा करको दायरा र बजेट शिर्षकहरु भने संसोधन गरिएको छ । आइतबार विराटनगर महानगरपालिका कार्यालयमा आयोजना गरिएको अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८१÷८२ को अर्ध वाषिर्क समिक्षा प्रस्तुत गर्दै बजेटको आय व्यय विवरण यथार्थ परक र मागमा आधारित भएकाले बजेट शिर्षक र केही योजनाको नाम तथा करको दायरा संसोधन गरेको जानकारी दिनुभयो । उहाले चालू आर्थिक वर्षको साउन देखि पौष
बिराटनगर / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई साधारण सभा २१ गते बिराटनगर माहानगपालिका वडा न.१२ स्थित बिराट सामुदायिक भवनमा सम्पन्न भएको छ।बिराटनगर सेवा केन्द्र अन्तर्गत सेवा केन्द्र सहयोग उप समितिका संयोजक यमन निरौलाको अध्यक्षता तथा बिराटनगर महानगरपालिका वडा न.१२ का वडा अध्यक्ष हिरालाल कामतको बिशेष आतिथ्यता तथा बिराट सामुदायिक भवनका सचीव ज्ञानेन्द्र कार्कीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सहारा नेपाल साकाेस केन्द्रीय कार्यलयका बिभागिय प्रमुख काशीनाथ नेपाल, बिराटनगर माहानगरपालिका १२ नं. वडाका वडा सदस्यहरु प्रमिला राजबन्शी र देबि बिश्वकर्मा ,बखरी प्रहरी चौकीका
इटहरी । धनकुटाका किसानहरुले खोरेत रोग नियन्त्रणका लागि नियमित खोप कार्यक्रम सञ्चालन गर्न र प्राविधिक सहयोग बढाउन माग गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाको आयोजनामा भएको जिल्ला स्तरीय खोरेत रोग नियन्त्रण रणनीति कार्यान्वयन सम्बन्धी स्थानीय सरोकारवालाहरूसँग छलफल कार्यक्रममा किसानले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा सहभागि धनकुटा नगरपालिकाका कृषक रामकुमारी राईले कृषकले अपेक्षा गरे अनुसार कार्यक्रम नपाएको र किसानको घरघरमा खोरेत नियन्त्रणको अभियान चाल्नुपर्ने बताउनु भयो । उहाँले वास्तविक किसानले अनुदान नपाएको हुदा त्यसलाई ध्यान दिन आग्रह गर्नुभयो
संखुवासभा | श्री दीपज्योती ग्रामिण विधुत सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संखुवासभा मादी नगरपालिका ८ मा दीपज्योती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष दिलकुमार गुरुङको अध्यक्षतामा तथा मादी नगरपालिका ८ का वडा अध्यक्ष सुनिल लिंथेपको प्रमुख आतिथ्यतामा मावादिनमा १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।संस्थाका व्यवस्थाक पदम राईले वार्षिक साधारणसभाको प्रतिवेदन प्रस्तुत गर्दै गतवर्ष २०७९ / ८० शेयर पुर्जी ३ करोड ४१ लाख ६ हजार ७०० रहेको थियो भने २०८०/८१ मा ३ करोड , ४२ लाख ४ हजार २ सय रहेको छ गत वर्ष
संखुवासभा | श्री त्रिशक्ति बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाको अवसरमा नयाँ कार्यसमिति चयन गरिएको छ। मादी नगरपालिका–८, मावादिनमा सम्पन्न साधारण सभामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको हो ।पदम बहादुर मेघि अध्यक्षको रूपमा चयन हुनुभएको छ भने उपाध्यक्षमा दोर्ची शेर्पा, सचिवमा दिक्पाल तामाङ, कोषाध्यक्षमा अमृता लिंथेप र सदस्यहरूमा पदम बहादुर श्रेष्ठ, नारायण प्रसाद गुरुङ, चन्द्रबहादुर लिम्बू, उत्तर कुमार गुरुङ, र उषा गुरुङ निर्वाचित भएका छन् ।नवनिर्वाचित अध्यक्ष पदम बहादुर मेघिले सहकारीको मर्म र मूल्यलाई आत्मसात गर्दै संस्थालाई अझै प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्न
इटहरी । विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार गर्न अनिवार्य शøया छुट्याउन कोशी प्रदेश सरकारले निजी अस्पताललाई निर्देशन दिएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशनसहित पत्र पठाउँदै विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण राख्न, अभिलेख तथा प्रतिवेदन नियमित पेस गर्न निर्देशन दिएको हो । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि अस्पतालमा पुग्ने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि १० प्रतिशत शøया छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ तर अस्पतालले उक्त कानुनी व्यवस्था निरन्तर अवज्ञा गर्दै आएका छन्
सुनसरी / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई साधारण सभा २१ गते गढी गाउँपालिका सभा भवनमा सम्पन्न भएकाे ।भमरी सेवा केन्द्र समूहकि सदस्य देवी सिंहकाे अध्यक्षता तथा गढी गाउँपालिका अध्यक्ष आसनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहारा नेपाल साकाेस संचालक भोला धिताल, गढी गाउँपालिका २ नं. वडा अध्यक्ष प्रभाकर माझी, सिद्धार्थ बैंक प्रबन्धक हेमराज श्रेष्ठ साथै प्रतिनिधि , कर्मचारीहरु लगायत ८१ जना शेयर सदस्यकाे सहभागिता रहेको भमरी सेवाकेन्द्र साखा प्रमुख दशरथ राजवंशीले बताउनुभयो।कार्यक्रममा सहभागि बाट ब्यापक छलफल सहित प्रतिबेदन पास,१७ जना माइन्युट प्रमाणित गर्ने टिम र ३
संखुवासभा | संखुवासभाको धर्मवेदि नगरपालिका–९ मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयले शिक्षक, विद्यार्थी, र अभिभावकबीच सहकार्य सुदृढ गर्न शिक्षण र सिकाइमा सुधार ल्याउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने विषयमा सबै पक्षको ध्यानाकर्षण गराउनु हो । अभिभावकहरुले विद्यालयमा इङ्लिश मिडियममा पढाइ भए पनि सिकाइ स्तर चित्तबुझ्दो नभएको र शिक्षकले मात्र विद्यार्थीलाई दोष दिनु नहुने बताएका छन् । शैक्षिक गुणस्तर पहिलाको तुलनामा खस्किएको र यसको खोजी गर्न अभिभावकले चासो देखाउनुपर्ने ९ वडा अध्यक्ष चित्र कुमार कार्कीले बताए । शिक्षक, अ
पथरी / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई ५ काे साधारण सभा १९ गते पथरी सेवाकेन्द्रमा सम्पन्न भएकाे ।पथरी सेवा केन्द्र संयाेजक अशाेक अाचार्यकाे अध्यक्षता र पथरी नगर प्रमुख माेहन प्रसाद तुम्बापाेकाे प्रमुख अातिथ्यमा पथरी शनिस्चरे वडा १ काे शिबालय मन्दिर हलमा सम्पन्न कार्यक्रममा वडा १ नम्बर वडाका वडा सदस्य सुरेस कुमार कार्कि, सहारा नेपाल साकाेसका महिला उपाध्यक्ष पबित्रा सुब्बा ,संचालक सदस्य भाेला धिताल,पथरी सेवा केन्द्र संचालन समिति बाट नारायण खतिवडा,राम कुमार बस्नेत,लक्ष्मि अधिकारि,सहारा नेपालका अनुगमन अधिकृत महेश तामाङ, बिभिन्न सेवा केन्द्र प्रमुख, प्रतिनिधि ,कर्मचा
इटहरी / कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु, ट्राफिक व्यवस्थापनमा प्रयोग गरिने सामग्रीहरुको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नु भएको थियो ।निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख अधिकारीले कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा ट्राफिक प्रहरीको मुख्य काम सवारी दुर्घटना न्यूनिकरण भएकोले यसलाई प्राथामिकतामा राखि सवारी दुर्घटना न्युनिकरण
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.