भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम भ्रमण वर्ष २०२५ को अवसरमा सांस्कृतिक, पर्यटन तथा कृषि मेला आयोजना गर्ने भएको छ। मेला यहि माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। नेपाल सरकारले उत्कृष्ट १०० गन्तव्यहरूको सूचीमा समावेश गरेको यस क्षेत्रमा पर्यटकीय गतिविधिलाई थप प्रोत्साहन गर्न र कृषि तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो।मेलाको पहिलो दुई दिन, माघ १ र २ गते, विशेष कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना हुनेछ। यस कार्यक्रमले कृषकहरूको आय आर्जन वृद्धि गर्न, व्यावसायिक खेतीतर्फ आकर्षित गर्न, र कृषि पेशालाई सम्मानित गर्न योगदान दिने लक्ष्
विराटनगर | पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई न्यायसंगत र समावेशी बनाउन माग गर्दै अनेरास्ववियु, ने.वि.संघ, र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा परीक्षा पत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउन विज्ञपति बुझाएका छन्। बिहीबार पूर्वान्चल विश्वविद्यालय "कलेज अफ ल"का विद्यार्थीहरूको तर्फबाट प्रस्तुत गरिएको यो मागलाई विश्वविद्यालय केन्द्रीय कार्यालय सुन्दरहरैंचाका उपकुलपति प्राध्यापक डा. बिजु कुमार थपलियासमक्ष बुझाइएको हो।विद्यार्थी संगठनहरूले परीक्षा प्रणाली सबैका लागि सहज र समावेशी बनाउन लामो समयदेखि उठ्दै आएको भाषा सम्बन्धी समस्याको समाधान गर्न तत्काल कदम चाल्न आग्रह गरेका
इटहरी । कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन भएको छ। झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार उक्त पुलको उद्घाटन गर्नुभएको हो। झापाको बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वार्डलाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको उक्त झोलुङ्गे पुलको शिलान्यास समेत विश्वप्रकाश शर्माले ५ महिना पहिले गर्नुभएको थियो। स्थानीय वडा नम्बर ६ र ७ जोड्ने गरी टिमाई खोलामा बनेको सो पुलको लम्बाइ ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपियाँ खर्च भएको छ । पुल उदघाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं लगाय
इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदीबजारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा सहित ६ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिहीबार बिहान साढे ४ बजेतिर प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको टोलीले चाँदीबजारबाट धरानतर्फ जाँदै गरेका मोटरसाइकल सवारहरुलाई चेकजाँच गर्ने क्रममा करिब एक सय २० किलो गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले घटनास्थलबाट ५ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा प्रहरीले एसएलआर राइफलबाट एक राउण्ड हवाई फायर समेत
मोरङ । सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुलनजिकै चारवटा सिलिन्डर बम फेला परेको छ ।बम रहेको खबर सार्वजनिक भएपछि नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालित भएको थियो । खोजतलासका क्रममा मालती पुलबाट करिब १० मिटर पश्चिमतर्फ सुरुङभित्र गाडिएको अवस्थामा बिहीबार दिउँसो ती बम फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, ती बम माओवादी द्वन्द्वकालमै राखिएको आशंका गरिएको छ । बमको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थल आसपास करिब दुई किलोमिटर क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । स्थानीय प्रशासनले बमका कारण राजमार्ग विस्तार कार्यमा चुनौती देखा परेप
इटहरी। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बने
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० इलामको अध्यक्षमा नुनुमा राई चयन हुनुुभएको छ । राईलाई चयन गरेसँगै प्याब्सन इलामले पहिलो पटक महिला नेतृत्व पाएको हो । दशौं अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको छ । आज सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा छवि लम्साल, उपाध्यक्षमा टेकेन्द्र बस्नेत, सचिवमा विकास राई, सह–सचिवमा बुद्ध राई र कोषाध्यक्षमा विष्णुु गड्र्तौला चयन हुनुभएको छ । सदस्यहरु भने भूूगोलबाट आउने जनाइएको छ । सर्वसम्मत ढंगले नेतृत्व चयन गरिएको प्याब्सन इलामका पूूर्व अध्यक्ष विकास कर्मचार्यले बताउनुभयो । निर्वाचित भएपछि अध्यक्ष राईले निजी विद्यालयले दिंदै आइरहेको गुणस्तरीय शिक्षा
इटहरी। इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो । कक्षा छदेखि दशसम्मका सबै किशोरीहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । कार्यालयले आज एक अभिमुखीकरण गर्दै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर, त्यसको लक्षण, रोकथाम र उपचारका विषयमा समेत जानकारी गराएको हो । किशोरीहरुलाई नै यो खोप दिँदा भविष्यमा उनीहरुमाथि हुुने क्यान्सर रोगको सङ्क्रमण कम हुने विश्वा
इटहरी । मोरङको सुन्दरहरैँचा ९ स्थित मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बुधबार बेलुका करिब साढे ७ बजेतिर प्र १–०२–०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १–०२–०५१ प ७६३५ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो । दुर्घटनामा सुन्दरहरैँचा नगरपलिका वडा नम्बर ९ बस्ने ३८ वर्षीया प्रमिला श्रेष्ठको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीकाअनुसार घटनामा गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा विराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । उनको टाउको र शरीरको विभिन्न भगमा गम्भीर चोट लागेको थियो । प्रहरीका अनुसार मोटरसाइकल चालक इटहरी बस्ने अन्दाजी ४०
इटहरी । भोजपुरमा सडकको मर्मतसम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् । यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मतसम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् । कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मतसम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ । पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको भोजपुर–टक्सार–कोटडाँडा–पिखुला–डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मतसम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मतसम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.