इटहरी । धरानको दुई स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान–८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा कोठा लिएर बस्ने ३१ वर्षीय असरद अन्सारी र ४५ बर्षीय जियाउल अन्सारी पक्राउ परेका छन् । उनीहरूको कोठा खानतलासी गर्दा ट्रामाडोल–५० लेखिएको ४२ हजार ६ सय क्याप्सुल बरामद भएको छ । अरसदको स्थायी घर सुनसरीको हरिनगरा– ४ र जियाउलको त्यही पालिकाको वडा नम्बर २ भुटाहा हो । असरद र जिउलले धरानमा कोठा भाडामा लिएर अवैधरुपमा लागुऔषध कारोबार गर्दै आएको जानकारी पाएपछि बिहीबार राति छापा मार्दा ट्रामाडोल बरामद भएको हो । बरामद ट्रामाडोलको बजार मूल
इटहरी । विराटनगरस्थित इडेनवर्क कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै पवनकुमार यादव प्रथम भएका छन् । ‘वैदेशिक रोजगारीः रहर कि बाध्यता’ शीर्षकमा उत्कृष्ट विचार व्यक्त गरेर पवन प्रथम भएका हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले सुप्रिया सिंहलाई द्वितीय घोषणा गरेको थियो । प्रतियोगितामा संजय साहलाई तृतीय र अल्ताप हुसेन सान्त्वना भए । नवोदितसहित कान्तिपुर कलेजका प्रिन्सिपलसमेत रहेका आयोजक कजेका सञ्चालक भुवन नेपाल, शिक्षक वासुदेव शर्मा र शिक्षिका सीमा आचार्यसमेत सहभागी निर्णायक समितिले सबै पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । कार्
इटहरी । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गामा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानीमा क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले प्रत्येक्ष सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ । गत आर्थिक वर्षदेखि शिक्षा र मानविकी सङ्कायको कक्षा सञ्चालन गर्न सम्बन्धनका लागि पूर्वाञ्चल विश्वविद्यालयमा माग गरिएको थियो । हालै ब्याचलरमा शिक्षा सङ्कायको कक्षा सञ्चालनका लागि अनुमति प्राप्त भएको कुरा मानेभञ्ज्याङ गाउँपालिका वडा नं।५ का वडा अध्यक्ष रामकुमार राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय
इटहरी । धनकुटामा पिकअप भ्यान दुर्घटना हुँदा चालक र सह(चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार राति करिब ९ बजेतिर पाख्रीबास–हिले सडक खण्डअन्तर्गत पाख्रीबास नगरपालिका–३ जौटारमा को १ ज २६३९ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो । दुर्घटनामा पिकअप चालक पाख्रीबास–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सह(चालक सिरहाको लाहान नगरपालिका–५ का २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो । दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
इटहरी । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् । त्रियुगा, चौदण्डीनढी गरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित हुन थालेको त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईले बताउनुभयो । त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाका अनुसार कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थी चार दिनदेखि चिसो बढेर शीतलहर सुरू भएसँगै २५ प्रतिशतमात्
इटहरी। तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दरररामसागररनेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो । सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ । पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसा
इटहरी। झापामा सरकारको एक ठुलो योजना निर्धारित समयभन्दा निक्कै अगावै काम सकिएर उद्घाटन भएको छ । बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको कोशी प्रदेशको सबैभन्दा लामो र देशकै तेस्रो लामो झोलुङ्गे पुल निर्माणको काम निर्धारित समयभन्दा अघि बनेर उद्घाटन भएको हो । गत असार २४ गते शिलान्यास भएको पुलको उद्घाटन ६ महिनाभित्रै बिहीबार उद्घाटन भएको हो । झापा क्षेत्र नं १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिलान्यास गरेको पुल उहाँले नै उद्घाटन गर्नुभएको छ । टिमाई खोलामाथि निर्माण भएको झोलुङ्गे पुल ४७६ मिटर लम्बाइको छ । ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपियाँ ३५ पैसा
इटहरी । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५र१२ बाट मर्मतसम्भार कार्य थालिएको उहाँले बताउनुभयो । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालय,
इटहरी । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी रु ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेड’ले
इटहरी। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाचको स्तम्भ ताक्वाचङ याःराक्मा तेन स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडास्थित हटिया लाइनमा स्तम्भको स्थापना गरिएको हो । धान नाच स्तम्भको बिहीबार उद्घाटन गरिएको छ । किराँत याक्थुङ चुम्लुङको सङ्घीय अध्यक्ष प्रेम येक्तेनले स्तम्भको उद्घाटन गर्नुभएको छ । किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्तम्भ निर्माणसँगै स्थापना गरेको हो । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोका धान नाच स्तम्भ ९प्रतिमा० स्थापनाका लागि करिव ८० लाख रुपियाँ लगानी भएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.