काठमाण्डौ । बढ्दो बसाइँसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रम बढेपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९र८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव ५५ प्रतिशतले घटेको उल्लेख छ । कृषि भूमि घटन जाँदा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसारलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल कम भएको हो । कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफल ८७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अदालतमा उपस्थीत गराइएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा आइतबार नै बयान सकिएपनि थुनछेक बहसका लागि लामिछानेलाई प्रहरीले सोमबार काठमाडौं अदालतमा उपस्थीत गराएको हो । लामिछानेलाई अदालत उपस्थीत गराएसंगै थुनछेक बहस समेत सुरु भएको छ । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ
भोजपुर | अरुण गाउँपालिका वडा नम्बर २ र ३ मा हजारेखोला छोक्ला छरछरे बृहत खानेपानी आयोजनाको घरधुरी सर्वेक्षण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। अब आजदेखि वडा नम्बर १ मा सर्वेक्षण कार्य सुरु भएको छ।सर्वेक्षणमा सहभागी प्राविधिकहरूलाई सही विवरण उपलब्ध गराउन गाउँपालिकाले सम्पूर्ण स्थानीयहरूलाई आग्रह गरेको छ। यदि वडा नम्बर २ र ३ मा कुनै घरधुरी छुट भएको भए ती घरधुरीको नाम टिपाई दिन आग्रह गरिएको छ।हालका लागि यो आयोजना वडा नम्बर १, २ र ३ मा सञ्चालन हुनेछ। यस आयोजनाबाट ती वडाका स्थानीयहरूले स्वच्छ र सहज खानेपानी सेवाको लाभ उठाउन सक्ने विश्वास व्यक्त गरिएको छ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायीक हिरासतमा पठाइएको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतमा बयान सकिए पनि थुनछेक बहस नसकेपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएको हो । सोमबार देखि थुनछेक बहस हुने काठमाडौं अदालते जनाएको छ । त्यसअघि आइतबार बिहानै लामिछाने अदालत हाजिर हुनुभएको थियो । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका
इटहरी। सुनसरीमा भरुवा बन्दुकसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१३ का ३५ वर्षीय ज्योतिष चौधरीलगायत व्यक्तिहरू छन् । पक्राउ पर्ने अरू व्यक्तिमा कारमा सवार सुनसरीकै रामधुनी नगरपालिका–७ का ३३ वर्षीय सन्जु राई, ३१ वर्षीय विनयराज धामी, २८ वर्षीय दिवश माझी र मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का ४१ वर्षीय मेहरमान भुजेल छन् । धरान उपमहानगरपालिका–१९, हरियाली चारकोसे जंगलबाट शनिबार ९हिजो० राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनीहरूका साथबाट एकथान भरुवा बन्दुक, त्यसमा लाग्ने फलामका गोली तीन, टोटा बन्दुकका गोली दुई, बारुद र खुकुरी
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको गणना सुरु भएको छ । आरक्ष क्षेत्रको सप्तकोशी नदी क्षेत्रमा ३८ औँ जलपन्छी गणना सुरु भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पानीमा आश्रित चराको गणना पाँच दिनसम्म गर्ने कार्यक्रम अनुसार सप्तकोशी नदीको चतरा क्षेत्रबाट गणना सुरु गरिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच दिनसम्म आरक्ष क्षेत्रमा रहेको नदी क्षेत्र र तालमा पाइने चराको गणना गरिने छ । चरा गणनाका राष्ट्रिय संयोजक लक्ष्मण पौडेलले प्रत्येक वर्ष
इटहरी । कोशी प्रदेश सरकारले माघ ७ गतेका लागि प्रदेशसभाको छैठौं अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार महिनापछि माघ ७ गतेबाट अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले प्रदेशसभाको माघ ७ गते सोमबार दिउँसो २ बजे बस्नेगरी बैठक आव्हान गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रदेशसभाको बजेट अधिवेशन असोज पहिलो साता अन्त्य भएपछि चार महिना संसदीय गतिविधि करिब ठप्पजस्तै रहेको थियो । यद्यपि यसबिचमा प्रदेशसभा अन्तर्गतका समितिहरुको केही बैठक बसेका थिए । आउँदो
इटहरी । विराटनगर–८ मधुमारास्थित बाल्मिकी सेकेण्डरी बोर्डिङ स्कुलले खेलकुद प्रतियोगितासहित विभिन्न कार्यक्रम आयोजना गरेको छ । पाठ्यक्रमको अध्ययनसँगै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विविध कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । स्कुलले साप्ताहिक कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता, ब्यालेन्स रेस, स्लो साइकल रेस, म्युजिकल चेयर, म्याथ रेसलगायतका प्रतियोगिता गरेको थियो । त्यस्तै विद्यार्थीहरुको बोल्ने कलाको विकासका लागि वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको स्कुलकी प्रधानाध्यापक सावित्री पराजुलीले जानकारी दिनुभयो । विद्यालयले हरेक वर्ष कविता, वादविवाद, वक्तृत्वकला, चित्रकला, खे
इटहरी । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् । बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वार्ड नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् । बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले उद्घाटन गरेको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीवकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरबाट इको, फोक्सो, इसिजी र सुगर टेस्टलगायतका स्वास्थ्य उपचारमा सहयोग पु¥याए
इटहरी । कविता सङ्ग्रह ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन भएको छ । शनिबार क्यानभास साहित्य समाजको आयोजनामा सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा गृह विमोचन गरिएको हो । कवि सुरज राना द्धारा लिखित उक्त सङ्ग्रहमा ४५ वटा कविता समावेश छ । कवि सुदीप पाख्रिनले सङ्ग्रह भित्रबाट ‘अनुभूति’ शीर्षकको कविता वाचन गरेसँगै गृह विमोचन भएको थियो । त्यसपछि कवि टीका आत्रेयले ‘सपना–जुत्ता’ र धीरज राईले ‘ओ बाहुनी’ शीर्षकको कविता वाचन गर्नुभयो । कविता सङ्ग्रहमाथि कवि सीमा आभासले चर्चा गर्नुभयो । कविले आफ्नो पहिचान र समुदायको कुरा कविता मार्फत पनि भन्न सकिने र उक्त सङ्ग्रहभित्र विद्रोहको स्वर समेत रहेको उदृत ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.