काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार पनि न्यायीक हिरासतमा पठाइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ । प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सहित ४४ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकम सहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो म
इटहरी । सोलुखुम्बुमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ । सडक खुलाउन समय लाग्ने उनले बताए। सडकमा हिउँमा चिप्लिएर सवारीसाधन दुर्घटना हुने सम्भावना भएकाले पताले, लामाजुरालगायत क्षेत्रमा यात्रा गर्ने सबैलाई सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ । माथिल्लो सोलुखुम्बुमा यसअघि नै हिमपात भए तल्लो सो
इटहरी । नेपाल सरकार र स्वीस विकास सहयोग संस्था एसडिसिको सहकार्यमा आयोजित“मोटरेबल स्थानीय सडक पुल कार्यक्रम अन्तर्गत “प्रान्तीय पुल सूचना व्यवस्थापन प्रणाली“सम्बन्धी दुई–दिने तालिम सम्पन्न भएको छ । सुनसरीको इटहरीमा आयोजित तालिममा प्रान्तीय पुलहरूको प्रभावकारी व्यवस्थापन, अनुगमन र डाटाबेस व्यवस्थापन गर्ने क्षमतामा सुधार ल्याउने विषयमा सहभागिहरुलाइ प्रशिक्षण दिइएको थियो । प्रदेश सरकारको पुल सम्वन्धी र अन्य सुचनाहरुलाई समेत व्यवथित गर्न नयाँ प्रविधिहरुलाइ प्रयोगमा ल्याउनु पर्ने समापन कार्याक्रममा कोशी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका प्रवक्ता रमेश कुमार श्रेष्ठले बताउनु भयो । तालिममा
इटहरी । इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप९डिजिटल० प्रर्णाली सुरु गरिएको छ। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयप्रति रुचि बढाउनका लागि मासिक रुपमा अभिभावक पढाउँदै आएको गाउँपालिकाले अभिभावक शिक्षालाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एप९डिजिटल० प्रणाली सुरु गरिएको हो । पालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले बाल स्याहार, घरबाटै शिक्षा दिन र बालबालिकाको स्वास्थ्य सुधारका लागि मोबाइल एप निर्माण गरी अभिभावकको सबै विवरण एपबाटै अद्यावधिक गर्न सुरु गरेको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख श्रुति तामाङले जानकारी दिनुभयो ।
इटहरी । ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा हर्कपुरमा पनि विस्तार हुने भएको छ । करिब पाँच वर्षदेखि सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा सञ्चालित कार्यालयको सेवा अब जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरमा पनि विस्तार हुने भएको हो । गत पुस १९ गते बसेको मन्त्रीस्तरको बैठकले हर्कपुरमा सम्पर्क कार्यालय स्थापना गरी सवारी अस्थायी रुट परमिट जारी र ब्लुबुक नविकरण सेवा विस्तार गर्न यातायात व्यवस्था कार्यालय रुम्जाटार ओखलढुङ्गालाई पत्रचार गरिएको छ । हाल रुम्जाटारमा रहेको कार्यालयबाट मध्यपहाढी लोकमार्गमा चल्ने सवारी साधन तथा सिद्धिचरण लोकमार्ग सोलुखुम्बु–कटारी सा
इटहरी । इटहरी उपमहानगरपालिकाले इन्जिनियर पदका लागि मासिक ज्यालादारी सेवामा निकालेको विज्ञापनप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले कडा आपत्ति जनाएको छ। उपमहानगरपालिकाले पुष २४ गते इन्जिनियर (बिल्डिङ एन्ड आर्किटेक्ट) र इन्जिनियर (स्ट्रक्चरल) छैटौँ तहको लागि दरखास्त आह्वान गरेको थियो।एसोसिएसनका केन्द्रीय महासचिव विनोद प्रकाश पण्डितले इन्जिनियर जस्तो सामाजिक प्रतिष्ठा बोकेको पेसामा 'ज्यालादारी' हैसियतमा विज्ञापन निकालिएको भन्दै विरोध गरेका छन्। उनले इन्जिनियर उपाधिको उपहास हुने गरी जारी गरिएको विज्ञापन तत्काल सच्याउन माग गरेका छन्।यसैबीच, एसोसिएसनका कोसी प्रदेश सभापति जगरनाथ शाह
इटहरी। मोरङको बुढीगङ्गा गाउँपालिका–१, टङ्कीसिनवारी चोकदेखि पूर्व सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गणसम्मको सडक विस्तारसँगै निर्माण हुन लागेको नालाको विषयलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका छन् । सडक डिभिजन कार्यालय विराटनगरले पहिलो चरणको निर्माण ठेक्का लगाएको योजनाले स्थानीयवासी बाढी तथा डुबानबाट पीडित हुनुपर्ने भन्दै उनीहरूले पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेका हुन् । स्थानीयले टङ्कीसिनवारीदेखि जम्मा भएको पानी दुई किलोमिटर पूर्व रहेको खदरा खोल्सामा झार्ने गरी सडकमा आरसिसी ड्रेन निर्माण गर्न लागेकोमा विरोध जनाएका छन् । स्थानीय सरकार बुढीगङ्गा गाउँपालिकाले डुबान नियन्त्रणका लागि बस्तीको प
इटहरी । जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन । तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन् । आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भन
इटहरी । सुनसरीको इनरुवा नगरपालिका १ स्थित खेल मैदानमा संयुक्त रूपमा भीड नियन्त्रण सम्बन्धी डेमो प्रस्तुत गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको विशिष्ट अतिथ्यतामा भएको डेमोस्ट्रेशन भएको हो । उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध लगायतका भीडलाई व्यवस्थापन तथा नियन्त्रण गर्न संयुक्त रूपमा डेमोस्ट्रेशन गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला सुरक्षा समिति सुनसरीक
इटहरी । झापामा चिकित्सा शास्त्रको स्नातक तह ९एमबीबीएस०को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरु गरेको हो । काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.