All Posts By कोशी प्रेस

    Showing ८,१२१-८,१३० of १३,७२० items.
  • माघेसंक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो

    इटहरी । माघेसंक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ । माघेसंक्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो । धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथरगाउँपालिका सीमाबाट बग्ने तेलिया खोला, चौविसे र साँगुरीगढी सीमाबाट बग्ने छरुवा खोला र तमोर नदीको संगममा पर्ने कौशीका धाममा पवित्र जलमा स्नान गरे छाला सम्बन्धी रोग निको हुने विश्वास छ । यस्तै त्रिवेणीमा नुहाएर हंस मोरङमा रहेको शिवालयमा दर्शन गरे रोगब्याधबाट मुक्ति, सुखशान्ति, समृद्धिका साथै मनोकाक्षा पुरा हुने

    • प्रकाशित मितिः माघ १, २०८१
    • २४७ पटक पढिएको
  • फोनिज ओखलढुङ्गाको अध्यक्षमा श्रेष्ठ

    इटहरी । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । अघिल्लो कार्यकालमा पनि श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । कार्य समितिमा पदाधिकारी सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा मेनुका श्रेष्ठ, सचिवमा तुलसा राई, सहसचिवमा देविका राई र कोषाध्यक्षमा निश्चल राजभण्डारी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा माया राई, लिलाबहादुर श्रेष्ठ, सारदा राई, विक्रम चेतनशील राई, प्रविण शाक्य र सोनिमा शेर्पा छनौट हुनुभएको छ । सङ्घीय प्रतिनिधिमा नुमाया राई र दिपेन्द्र रुम्दाल

    • प्रकाशित मितिः माघ १, २०८१
    • २०६ पटक पढिएको
  • दुवै मृगौला फेल भएकी छोरीको जीवन बचाइन दिन आमाको अपिल

    इटहरी । छोरीको दुवै मृगौला फेल भएपछि उपचारका लागि आमाले अपिल गरेकी छिन् । मोरङको पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी छोरी १७ वर्षीया सलिना राई दुवै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी हुन् । आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन सबैसँग सहयोगको याचना गरिहेको छ । २०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँचजनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर राई परिवारलाई निकै समस्या परेको छ । हाल सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नि

    • प्रकाशित मितिः माघ १, २०८१
    • १७७ पटक पढिएको
  • एसईईको नियमित तथा ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षाको नतिजा २०८२ सालको पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने आज सार्वजनिक कार्य तालिकामा उल्लेख छ । परीक्षार्थीले रजिस्ट्रेसनरपरीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे कार्यालयबाट उपलब्ध गराइएको कन्ट्रोल लिस्टसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अ

    • प्रकाशित मितिः माघ १, २०८१
    • १६९ पटक पढिएको
  • झापाको बाहुनडाँगीमा तरुल महोत्सव

    इटहरी ।  माघे सङ्क्रान्तिका अवसरमा झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत ९रैथाने० उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ । मेचीनगर नगरपालिकाद्वारा आयोजित तीन दिवसीय उक्त महोत्सव तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुँदै आएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनका अनुसार महोत्सवमा भारतका चारवटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेका छन् भने तीन दिनमा ५० लाख रुपैयाँबराबरको कारोबार गर्ने अपेक्षा गरिएको छ । भारतस्थित पश्चिम बङ्गालका पर्यटन अभियन्ता राज बसु नेपालमा ग्रामीण

    • प्रकाशित मितिः माघ १, २०८१
    • २०९ पटक पढिएको
  • तीव्र गतिको बसले ठक्कर दिँदा विराटनगरमा एक महिलाको मृत्यु

    इटहरी । विराटनगरमा तीव्र गतिको बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिँदा बाटो क्रस गर्दै गरेकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा विराटनगर–१४ की अन्दाजी ५५ वर्षीया हक्री खातुन रहेकी छन् । विराटनगरको रानीबाट बसपार्कतर्फ आउँदै गरेको तीव्र गतिमा गुडिरहेको बसले सोमबार साँझ करिब ६ बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १, २०८१
    • १६८ पटक पढिएको
  • आइसिपीसँग जोड्ने सडक विस्तारको तयारी

    इटहरी  । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी आइसिपीलाई कोशी राजमार्गसँग जोड्ने ‘लिङ्क रोड’ चार लेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ । आइसिपी क्षेत्रसँगै कार्गो रेलको नेपाल कस्टम यार्ड रहेको छ । कार्गो रेलमार्फत आयात हुने सामान ढुवानीका लागि आइसिपीदेखि कोशी राजमार्गसम्मको दुरी ४।४ किलोमिटर छ । दुई लेनको सडकबाट सामान ढुवानी गर्ने ठुला मालवाहक सवारी आवतजावतमा असहज हुँदै आएपछि यसको विस्तार योजना अगाडि बढाइएको हो । विराटनगर ९रानी–धरान० कोशी राजमार्ग छ लेनमा विस्तार भइसकेको छ । औद्योगिक कच्चा बोकेर आउने मालवाहक सवारीसाधन साबिक रानी भन्सार क्षेत्रभन्दा पाँच किलोमिटर पूर्व आइसिपीमा सरेप

    • प्रकाशित मितिः माघ १, २०८१
    • १९५ पटक पढिएको
  • सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

    इटहरी ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो । ‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि महोत्सव सुरु भएको महोत्सवका संयोजक तेजनारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा थारू खानपिन, परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायत करिब ७० भन्दाबढी कक्ष रहन छन् । संयोजक चौधरीले माघेस

    • प्रकाशित मितिः माघ १, २०८१
    • १२० पटक पढिएको
  • मदन भण्डारी अस्पतालमा सिटी स्क्यान सेवा

    इटहरी। मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा उद्घाटन गर्नुभएको हो ।  सो अवसरमा स्वास्थ्यमन्त्री राईले गणतन्त्रको लाभ निम्न वर्गले अझै लिन नसकिरहेको बताउनुभयो । उहाँले निजी अस्पतालले कृत्रिम विवरण बनाएर अस्पताल नवीकरण गर्न कागजात पेस गर्ने तर असाहय, अपाङ्ता भएका, सडक मानव र विपन्न वर्गका बिरामीको विवरण बुझाउन नसकेको बताउनुभयो । अस्पताल दर्ता ऐनले तोकेको मापदण्ड अनुसार अस्पतालको शøया सङ्ख्याका आधारमा निश्चित प्रतिशत विपन्न वर्गका बिरामीको उपचार गर्नु पर्छ तर कुनै

    • प्रकाशित मितिः माघ १, २०८१
    • ७८ पटक पढिएको
  • देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो

    सुनसरी। धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ । आज उत्तरायण सुरु हुने दिन भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिने भएकाले बिहानदेखि यी क्षेत्रमा भक्तजनको भीड लागेको हो । सुनसरीको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र–१ चतराधामस्थित वराहक्षेत्र मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सोमबार साँझदेखि नै धामी–झाँक्रीसहित ठूलो सङ्ख्यामा भक्तजन स्नान गर्न र पूजापाठ गर्न आएको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबह

    • प्रकाशित मितिः माघ १, २०८१
    • ७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]