All Posts By कोशी प्रेस

    Showing ८,१०१-८,११० of १३,७२० items.
  • ७० वर्षमाथिका खोटाङका पत्रकारलाई पेन्सनको व्यवस्था हुँदै

    इटहरी । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।शाखाको जिल्ला कार्यसमितिको मङ्गलवारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन रकम प्रदान गर्ने निर्णय गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाइ राख्न ७० वर्षभन्दा माथिका पत्रकारहरूलाई पेन्सनको व्यवस्था गर्ने उद्देश्यले पेन्सन कोष स्थापना गर्ने निर्णय भएको महासङ्घ खोटाङका अध्यक्ष हरिवोल आचार्यले बताए । पेन्सन कोष सञ्चालन कार्यविधि निर्माण गर्न महासङ्घ खोटाङ शाखाका तीन पूर्वअध्यक्षहरुलाई जिम्मेवारी दिने निर

    • प्रकाशित मितिः माघ २, २०८१
    • २१० पटक पढिएको
  • बूढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    इटहरी । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–२ मा बुधवार बिहानका राति दुर्घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–४ का २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको जोशीले बताए । दुर्घटनामा परेर गम्भीर घाइते भएका गडेरीलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ बिहान १ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको जानकारी जोशीले दिए ।

    • प्रकाशित मितिः माघ २, २०८१
    • १७३ पटक पढिएको
  • झापाको बिर्तामोडस्थित एक ग्यारेजमा आगलागी हुँदा तीन वटा बसमा क्षति

    इटहरी  । झापाको बिर्तामोडस्थित एक ग्यारेजमा आगलागी हुँदा तीन वटा बसमा क्षति भएको छ । आगलागीबाट ग्यारेजमा मर्मतका लागि राखिएका तीन वटा बसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधवार बिहान साढे १० बजेतिर बिर्तामोड–५ स्थित पश्चिम बस स्टेसननजिक रहेको ग्यारेजमा निधि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने क्रममा अचानक विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट क्याम्पसको बस जलेर नष्ट भएको छ । त्यस्तै, सोही ग्यारेजमा बनाउन ल्याइएको मे १ ख२२१५ नम्बरको मातृ भाग्य रेखा बसको अगाडिको भाग र प्र १–०१–००१ख ४१२६ नम्बरको बसको पेन्टिङ जलेर क्षति पुगेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः माघ २, २०८१
    • १७७ पटक पढिएको
  • सात हजारलाई एचपिभी खोप लगाइँदै

    इटहरी । ताप्लेजुङमा करिब सात हजार जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप किशोरीहरुलाई लगाइने भएको हो । नौ स्थानीय तह रहेको जिल्लामा दुई चरणमा किशोरीहरुलाई एचपिभी खोप लगाउन लागिएको हो । दुई चरणमा गरी करिब छ हजार ७८० जना किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत दिनेश रायका अनुसार पहिलो चरण माघ २२ देखि २६ गतेसम्म फुङ्लिङ नगरपालिकासहित चारवटा स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ । फुङ्लिङसँगै पाथीभरा याङ्वरक गाउँपालिका, सिदिङ्वा गाउँपालि

    • प्रकाशित मितिः माघ २, २०८१
    • २१३ पटक पढिएको
  • रवि लामिछानेको मुद्दामा आजै आदेश आउने

    काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका निलम्बित सभापति रवि लामिछानेमाथिको थुनछेक बहस बुधबार सकिएको छ । बहस सकिएसँगै यसबारे आज नै आदेश आउने भएको हो । सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा फैसला हुने भएको हो । यो मुद्दामा मंगलबार सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न

    • प्रकाशित मितिः माघ २, २०८१
    • २५७ पटक पढिएको
  • शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’

    इटहरी । इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुगेको छ। कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन्। नगरप्रमुख रणबहादुर राईले सूर्योदयमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय रहेका जाकारी दिए। उनका अनुसार सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी छन्। ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रमअन्तर्गत कक्षा ८, ९ र १

    • प्रकाशित मितिः माघ २, २०८१
    • १९१ पटक पढिएको
  • आशिका तामाङ पक्राउ

    काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार, आशिकालाई ‍अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो । कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो । प्रहरी वृत्त गौशालाबाट उनीमाथि अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ २, २०८१
    • १४६ पटक पढिएको
  • पाँच महिनामा एक हजारभन्दा बढी आगलागीका घटना, १६ जनाको मृत्यु

    काठमाडौँ ।  पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।  नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिनुभयो । उहाँका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ । आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब रु ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिनुभयो । सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय

    • प्रकाशित मितिः माघ २, २०८१
    • २६८ पटक पढिएको
  • एमाले कोसीका पूर्वसांसद पार्टीबाट निलम्बित

    इटहरी  । नेकपा एमाले कोसी प्रदेश कमिटीले प्रदेशसभाका पूर्वसदस्य विमल कार्कीमाथिको कारबाहीको निर्णय अनुमोदन गरेको छ । कार्कीलाई पार्टीबाट ६ महिना निलम्बन गर्न सिफारिस गरिएको थियो । प्रदेश कमिटी बैठकबाट त्यसलाई अनुमोदन गरिएको हो । उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट ०७४ सालमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध सामाजिक सञ्जालमा आफ्नो अभिमत राखेका थिए । त्यसलाई अनुशासनविपरीत कार्य भन्दै निलम्बन गरिएको हो । कार्की एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् । पार्टीको नीतिविपरीत विभिन्न ढंगको क्रियाकलाप गरेकाले उनलाई कारबाही गर

    • प्रकाशित मितिः माघ २, २०८१
    • २६३ पटक पढिएको
  • माघे सङ्क्रान्तिमा मधेसी समुदायको सामूहिक खिचडी पर्व

    इटहरी । माघे सङ्क्रान्तिमा धरानका मधेसी समुदायले सामूहिक खिचडी पर्व मनाएका छन् । नेपाल वैश्य युवा सङ्घले मङ्गलवार खिचडी पर्व आयोजना गरेको थियो । प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले माघे सङ्क्रान्ति विभिन्न समुदायले आ(आफ्नै संस्कृति अनुसार मनाउने पर्व भएको बताए । उनले मधेसी समुदायको खिचडी पर्व पनि मौलिक पर्व भएकोले यसको संरक्षणमा जोड दिए । उक्त अवसरमा काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र गोले, धरान उपमहानगरपालिकाका आर्थिक महाशाखा प्रमुख भत्तिराज शर्मा, अधिकृत वेदराज सापकोटा, कार्यपालिका सदस्य अनुप देवानले शुभकामना प्रकट गरेका थिए । सङ्घका अध्यक्ष विजय साहको सभापतित्वमा भएको कार्यक्रम

    • प्रकाशित मितिः माघ २, २०८१
    • १८७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]