इटहरी । इलामको माईबेनीमा बर्सेनि लाग्ने मकरसङ्क्रान्ति मेलाका अवसरमा प्रतियोगितात्मक कृषि प्रदर्शनी भएको छ । माईजोगमाई गाउँपालिका कृषि विकास शाखाको आयोजनामा कृषि बालीलाई प्रवर्धन र बजारीकरण गर्नका लागि आयोजना गरिएको प्रतियोगितात्मक कृषि प्रदर्शनी सम्पन्न भएको हो । प्रतियोगितामा इलाम जिल्लाभरका ७२ जना किसानले छ वटा विधामा उत्पादित कृषि सामग्री प्रतियोगितामा राखेका माईजोगमाई गाउँपालिका कृषि विकास शाखा प्रमुख उषा प्रधानले जानकारी दिनुभयो । प्रदर्शनीमा फलफूल, तरकारी, रैथाने बाली, नगदे बाली, खाद्यान्न बाली र कन्दमूल राखिएको थियो । प्रदर्शनी विभिन्न क्षेत्रबाट आएका पर्यटकले अवलोकन गरेका थिए ।
इटहरी । ताप्लेजुङमा कोदो उत्पादनमा कमी आएको छ । जिल्लाका अधिकांश किसानले कोदो खेती लगाउन छाडेपछि उत्पादनमा कमी आउन थालेको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष कोदो उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा यो वर्ष चार हजार २५६ मेट्रिक टन मात्र कोदो उत्पादन भएको छ । जिल्लामा दुई हजार ९६२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापामगरले जानकारी दिनुभयो । थापामगरका अनुसार गत वर्ष चार हजार २७०।३० मेट्रिक टन कोदो उत्पादन भएको थियो । पछिल्लो समय बसाइँसराइसहित विभिन्न कारणले गाउँबाट जनशक्ति
कहिलेकाहीं दाँत दुख्नु साधारण समस्या हो तर कुनै बेला यसको दुखाइ असह्य हुन्छ । दाँत दुख्दा कतिपय अवस्थामा अनुहार सुन्निने, टाउको दुख्ने लगायत समस्या पनि निम्तिने गर्छ । साधारणतया अत्यधिक तातो, चिसो तथा दाँतमा टाँसिने खानेकुरा खाँदा, दाँत नमाझ्दा, ब्याक्टेरियल संक्रमण हुँदा वा दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ । कहिलेकाहीं दाँत दुख्दा अस्पताल पुगिहाल्ने अवस्था पनि सम्भव नहुन सक्छ । यस्तोमा केही घरेलु उपाय अपनाएर दाँत दुखाइबाट आराम पाउन सकिन्छ ।नुनपानीले कुल्ला गर्नेमुखमा हुने हानिकारक ब्याक्टेरिया हटाउन मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्न सकिन्छ । यसले मौखिक स्वच्छता कायम राख्छ र दाँ
इटहरी / श्री गेंडसिंह महाराज मन्दिर को आयोजनामा बाँतर सरदार जातिको माघे तिला सक्राइत पर्व इटहरी १३ खनारमा बिबिध कार्यक्रम गरि मनाइएको छ ।कार्यक्रममा एक दिने बृहत् कलस यात्रा सथै सास्कृतिक कार्यक्रमहरू आयोजना गरि बाँतर सरदार समुदायले आफ्नो कुल देवता गेंडसिंह बाबाको पूजा गर्दै माघे संक्रान्ति पर्व मनाएका छन् । माघे संत्रान्तिका दिन आफ्नो टोलको सरदारको नेतृत्वमा आफ्नो कुल देवताको नाममा पूजाआजा गरेर यो पर्व मनाउने गरेका छन् । बाँतर जातिका मानिसहरुको इष्टदेवता गेंडसिंह सरदार हुन् । उनी चामत्कारिक देवता रहेको बाँतर समुदायका मानिसहरुको विश्वास छ । पौराणिक कालमै बाँतर समुदायका मानिसहरुले शिकार
इटहरी । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन हुनुभएको छ । बुधवार अध्यक्ष गिरीसँगै अन्य पदहरुमा पनि सर्वसम्मत नेतृत्व चयन भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिनुभएको थियो । कार्कीले उम्मेद्वारी फिर्ता लिएपछि गिरी सर्वसम्मत हुनुभएको हो । यसैगरि वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की पर्वत सचिवमा बुद्ध तामाङ, सहसचिवमा विष्णु सिग्देल र कोषाध्यक्षमा चन्द्रमणि कट्टेल सर्वसम्मत हुनुभएको छ । त्यस्तै सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थ
इटहरी / इटहरीमा दोस्रो संस्करणको सगरमाथा खुल्ला राष्ट्रिय र्याङकीङ ब्याडमीन्टन प्रतियोगीता आयोजना हुने भएको छ । सुनसरी व्याडमीन्टन एकेडेमीको आयोजनामा यही माघ १६ गतेदेखी १९ गतेसम्म एकेडेमीकै कभर्ड हलमा प्रतियोगीता आयोजना हुने भएको हो । विभीन्न १५ विधाका विजेताहरलाइ ६ लाख ५६ हजार नगद पुरस्कार राशीको व्यवस्था रहेको जनाइएको छ । जुनीयर खेलाडीहरुलाइ प्रोत्साहन गर्नु नै प्रतियोगीताको मुल उद्धेश्य रहेको जनाइएको छ । १५ विधामा आयोजना हुन लागेको यो प्रतियोगीता नेपालकै सबैभन्दा धेरै विधाहरु संलग्न प्रतियोगीता भएको आयोजकको दाबी छ । प्रतियोगीतामा ३ विभागीय टोली सहित ६० जिल्लाका खेलाडीहरुको सहभागीता रहन
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका कर्मचारीले जानकारी दिए । यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न भवन निर्माण ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज विराटनगरमा २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले भवन निर्माण ऐन ल्याउने तयारी गरिरहेको बताएका छन् । उक्त ऐनमा मन्त्रालयका प्राविधिकद्वारा अनुगमन गरी नक्सापासको स्वीकृति दिने प्रावधान रहेको मन्त्री भण्डारीले जानकारी दिए। उनले सरकारले सुरक्षा निकायलाई साधन सम्पन्न बनाएर विपद्को जोखिममा क्षति न्यूनीकरणका लागि कार्य गरिर
इटहरी । जिल्ला विपद् व्यवस्थापन समिति झापाले सदरमुकाम चन्द्रगढीमा २७ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। आज ‘भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो। जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले भूकम्पका जोखिम न्यूनीकरण गर्न घर, विद्यालयलगायत भौतिक संरचना निर्माण गर्दा सचेतना अपनाउनुपर्नेमा जोड दिए। भूकम्पजस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सुरुमा नै सतर्कता अपनाउनुपर्ने भन्दै उनले सर्तकता अपनाउँदा ठूलो जनधनको क्षति हुनबाट जोगिन सकिने धारणा राखे। भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भूकम्प नियन्त्रण गर्नु हाम्
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट प्रयास गरेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो । ‘धक्काधक्की भएको र कसले गरेको भन्ने पहिचान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेव
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.