All Posts By कोशी प्रेस

    Showing ८०१-८१० of १३,४७७ items.
  • इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

    इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।इटहरी–११ भुसकलुवाबाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र १ हजार ५७० ट्याब्लेट डाइसाइक्लोमिनसहित १८ वर्षीय समीर विश्वकर्मालाई पक्राउ गरेको हो। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले विश्वकर्मालाई शंका लागेर चेकजाँच गरेको थियो। उनले बोकेको झोला खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।त्यस्तै, इटहरी–१० डुम्कटाबाट प्रहरीले ८० क्याप्सुल ट्रामाडोल र ४० ट्याब्लेट डाइसाइक्लोमिनसहित २४ वर्षीय आशिष सरदारलाई पक्राउ

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ९३ पटक पढिएको
  • झापामा न्वारानको भोज खाएपछि ५० जना बिरामी, १२ जना अस्पताल भर्ना

    इटहरी : बिर्तामोड नगरपालिका - ९ मा न्वारानको भोज खाएका ठूलो संख्याका मानिसमा स्वास्थ्य समस्या देखिएको छ। मंगलवार स्थानीय रामकुमार श्रेष्ठको घरमा आयोजित न्वारानको भोजमा सहभागीमध्ये अधिकांशलाई पेट दुख्ने, वान्ता हुने, झाडापखालालगायतका समस्या देखिएपछि १२ जनालाई अस्पताल भर्ना गरिएको छ।श्रेष्ठकी नातिनीको न्वारानका अवसरमा आयोजित भोजमा करिब ५० जना सहभागी भएको बताइएको छ। भोजमा सहभागीमध्ये एकपछि अर्को गर्दै स्वास्थ्य समस्या देखिन थालेपछि केहीले स्थानीयस्तरमै औषधि सेवन गरेका थिए। स्वास्थ्यमा सुधार नआएपछि उनीहरू अस्पताल पुगेका हुन्। अस्पताल भर्ना हुनेमध्ये आठ जनालाई बिर्तामोड नगर अस्पताल र चार जनालाई प्र

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ८८ पटक पढिएको
  • बिर्तामोडका आँखा अस्पतालको गेटदेखि होटलसम्म : ग्राहक तानातान, ‘केटी’को प्रस्ताव

    इटहरी : उपचारका लागि भारतबाट झापाको बिर्तामोड आउने बिरामी र उनीहरूका आफन्तलाई लक्षित गरेर सैनिकमोड क्षेत्रमा होटल तथा लज खुल्ने क्रम बढेको छ। तर, उपचारका लागि आउने मानिसको चापसँगै यस क्षेत्रमा होटल व्यवसायको आवरणमा यौनधन्दा र लागूऔषध कारोबार बढेको भन्दै स्थानीय चिन्तित छन्।बिर्तामोड नगरपालिका-३ सैनिकमोडमा सामान्य चिया- नास्ताका पसलदेखि खाने, बस्ने र अन्य सुविधा दिने गरी चार दर्जनभन्दा बढी होटल तथा लज सञ्चालनमा छन्। मेची आँखा अस्पताल, दृष्टि अस्पताल र मेची आई एण्ड एस्थेटिक अस्पताल यही क्षेत्रमा रहेकाले उपचारका लागि भारतबाट आउने बिरामी र आफन्त होटलका मुख्य ग्राहक हुन्। तर, होटल व्यवसायको बढ

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ९८ पटक पढिएको
  • पत्रकारका लागि फराकिलो व्यवहार : मुख्यमन्त्री

    इटहरी। कोशी प्रदेशका १४ जिल्लामा कार्यरत एक हजार २२७ जना पत्रकार दुर्घटना बिमा कार्यक्रममा समेटिने भएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले पेसागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै पत्रकारको दुर्घटना बिमा कार्यक्रम मङ्गलबार शुभारम्भ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख उपस्थितिमा पत्रकार बिमा कार्यक्रम प्रदेशका १४ जिल्लामा शुभारम्भ गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पत्रकारको हकहित र संरक्षणका लागि फराकिलो व्यवहार गर्ने बताउनुभयो । कोशी प्रदेश सरकारले बीमित पत्रकारको प्रिमियमबापतको रकम एकमुस्ट उपलब्ध गराउने छ । पत्रकार

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ६९ पटक पढिएको
  • ट्याक्टर दुर्घटनामा दुई जना घाइते, अवस्था गम्भीर

    इटहरी। पाँचथरको हिलिहाङ गाउँपालिका–६, गुराँसेमा मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन्।फिदिमबाट जोरपोखरी जाँदै गरेको मे १ त ६२१९ नम्बरको ट्याक्टर राति ९ः३० बजे सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा हिलिहाङ गाउँपालिका–५ का २६ वर्षीय चालक रमन पदालुङ र सोही ट्याक्टरमा सवार हिलिहाङ–५ कै डिल्ली सुहाङ घाइते हुनुभएको छ। घाइते दुवै जनाको अवस्था गम्भीर रहेकाले पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताउनुभयो।उहाँका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाब

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ९९ पटक पढिएको
  • तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आगामी भदौ २४ गते सञ्चालन हुने भएको छ । तिम्बुङ पोखरीको पर्यटकीय क्षेत्रको प्रचार र प्रवर्द्धनका लागि ट्रेल रन प्रतियोगिता सञ्चालन हुने भएको हो ।तेस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको आयोजक तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो  । उहाँका अनुसार यस वर्ष खुल्ला र महिलातर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ । समितिका अध्यक्ष अमिर राईका अनुसार खुल्लातर्फ प्रथम हुनेले ८३ हजार ५२५, दोस्रोले ६३ हजार ५२५ र तेस्रो हुनेले ४३ हजार ५२५ रुपि

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १२३ पटक पढिएको
  • प्रणामी अस्पतालले न्यूनतम शुल्कमा स्वास्थ्य सेवा दिँदै

    इटहरी । इटहरीस्थित एमआरएस प्रणामी अस्पतालले सर्वसाधारणलाई न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । अस्पतालले स्वास्थ्य सेवालाई नाफामुखी भन्दा सेवामुखी बनाउने उद्देश्यका साथ विभिन्न उपचार तथा परीक्षण सेवा सर्वसुलभ दरमा उपलब्ध गराउँदै आएको हो। अस्पतालका अध्यक्ष हेम घिमिरेका अनुसार सर्वसाधारणको स्वास्थ्य उपचार सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अस्पतालले न्यूनतम शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । उहाँका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकको ओपीडी सेवा २ सय, इमर्जेन्सी शुल्क २ सय र बेड शुल्क ८ सय मा उपलब्ध छ । अस्पतालमा दैनिक बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १३१ पटक पढिएको
  • पूर्वाञ्चल सेकेन्डरी स्कुलले जित्यो स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति ७–ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि

    इटहरी । सुनसरीको इटहरीमा आयोजित स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति चौथो अन्तरविद्यालय सेभेन–ए–साइड फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ । अल स्पोट्र्स कलेक्सनको आयोजनामा इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा आइतबार देखि सुरु भएको दुईदिने प्रतियोगितामा सुनसरीका ३२ विद्यालयका टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको रोमाञ्चक फाइनल खेल पूर्वाञ्चल सेकेन्डरी स्कुल र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ बीच भएको थियो। निर्धारित समयमा दुवै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा सयपत्रीलाई ३–२ गोलले पराजित गर्द

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १२९ पटक पढिएको
  • दुई स्थानमा स्वास्थ्य शिविर, १५६ जनाले लिए विशेषज्ञ सेवा

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–१ घुमाउने र सङ्खुवासभाको धर्मदेवी नगरपालिका–५ बुद्धचोकमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य जाँच तथा उपचार शिविरबाट १५६ जना लाभान्वित भएका छन् । घुमाउनेस्थित स्कुलडाँडा आधारभूत स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ३१ जनाले सेवा लिएका छन् । शिविरको आयोजना प्रगतिशील कृषि तथा पशुपन्छीपालन कृषक समूह, घुमाउनेले गरेको हो । त्यस्तै, धर्मदेवी नगरपालिका–५ बुद्धचोक स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरबाट १२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । उक्त शिविर धर्मदेवी नगरपालिका–५ नम्बर वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्स

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १५७ पटक पढिएको
  • अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलन सम्पन्न, सिर्जना राईको नेतृत्वमा नयाँ कमिटी चयन

    इटहरी । अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीको दोस्रो प्रदेश सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सिर्जना राईको अध्यक्षतामा नयाँ प्रदेश कमिटी चयन गरेको छ । महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका सवाललाई प्रभावकारी रूपमा उठाउँदै आगामी दिनमा महिला आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्य सहित सम्मेलन सम्पन्न भएको अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीले जनाएको छ। सम्मेलनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका भद्रा हमाल, केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, केन्द्रीय सचि

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]