All Posts By कोशी प्रेस

    Showing ८,०८१-८,०९० of १३,७३६ items.
  • धरानमा लागूऔषधसहित दुई महिला पक्राउ

    इटहरी । धरानमा लागूऔषधसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१० कोठाभाडामा बस्दै आएकी ७ वर्षीया मनिका बिक र ३८ वर्षीय रेनुका लिम्बू रहेकी छन् । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा बिक सुत्ने खाटमाथि राखेको कालो सुटकेसभित्र लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै, उनको कोठामा बस्ने ३८ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ४, २०८१
    • १५७ पटक पढिएको
  • मेची राजमार्गको स्तरोन्नति र वैकल्पिक मार्ग निर्माणको माग

    इटहरी  । मेची राजमार्ग अन्तर्गत पर्ने इलामको राजदुवाली–भञ्ज्याङ सडकको मर्मत गर्न उद्योग व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल कृष्णको नेतृत्वको उद्योगी–व्ययवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत सरकारलाई बिहीबार ध्यानाकर्षणपत्र बुुझाउँदै सो माग गरेका हुन् । बर्खायाम सुरु हुनअगावै मेची राजमार्ग वा वैकल्पिक मार्गलाई तयारी गर्न सरकारको ध्यानाकर्षण गराइएको व्यवसायीको भनाइ छ । पूर्वी पहाडलाई जोड्ने ‘लाइफ लाइन’ सडकका रुपमा रहेको मेची राजमार्गको बिग्रिएको स्थानमा आकाशे पानी पर्नासाथ यातायात अवरुद्ध हुनेगर्छ । त्यही कारण समयमै स

    • प्रकाशित मितिः माघ ४, २०८१
    • २१८ पटक पढिएको
  • मोरङको सुन्दरहरैँचा –८ सलकपुरमा निर्माणाधीन नाट्यघरमा आगलागी

    इटहरी । मोरङको सुन्दरहरैँचा –८ सलकपुरमा निर्माणाधीन नाट्यघरमा आगलागी भएको छ । बिहीबार अपरान्ह साढ ३ बजेतिर खरले छाएका दुईवटा घरमध्ये एउटा घरमा आगलागी भएको हो । सुन्दरहरैँचा –८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेका अनुसार नगरपालिकाले लिजमा लिएर दुई वटा पौराणिक शैलीका घर बनाएका थियो । बाँस र खरमात्र प्रयोग गरी निर्माण गरिएका दुई घरमध्ये एउटा घर जलेर नष्ट भएको वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।  सुन्दरहरैँचा नगरपालिकाको वारुणयन्त्र मर्मतका लागि पठाइएकाले आगजनीबाट घर जोगाउन नसकिएको उहाँले बताउनुभयो । ढिलोगरी बेलबारीबाट आएको वारुणयन्त्र, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएक

    • प्रकाशित मितिः माघ ४, २०८१
    • १५० पटक पढिएको
  • भीरमा फसेका जर्मन नागरिकको उद्धार

    इटहरी। सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा पर्ने टोकटोक र बैंकरबिचमा रहेको जंगलमा बिहीबार विहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर भ्रमणगरी लुक्लातर्फ फर्कनेक्रममा बाटो भुलिएर खच्चड हिड्ने पुरानो बाटोबाट जाँदा चिप्लिएर करिब ५ देखि ६ मिटर तल झरी भीरमा अल्झिरहेको अवस्थामा उद्धार गरिएको हो । फाक्दिन प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बहादुर खड्काको नेतृत्वमा गएको टोलीले स्थानीयहरु समेतको

    • प्रकाशित मितिः माघ ४, २०८१
    • १५७ पटक पढिएको
  • लाफा गाउँमा सात वर्षदेखि चर्चामै सीमित घरबास कार्यक्रम, अब सञ्चालनको तयारी

    इटहरी। धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेबासस्थित लाफा गाँउमा एकल मगर जातिको मात्र बसोबास छ । ९५ घरधुरी रहेको यो गाँउमा घरबास सेवा सञ्चालनमा ल्याउने कुरा चलेको धेरै वर्ष भयो । स्थानीय तहको पहिलो चुनावपछि यहाँ लक्षित गरेर घरबास सेवा सञ्चालन गर्ने योजना सँगै प्रदेश सरकारको सहयोगमा मगर जातिको कला, संस्कृतिको प्रवर्धन गर्न सङ्ग्रहालयसमेत बनेको छ तर घरबास सेवा सञ्चालन गर्ने चर्चा चलेको सात वर्षभन्दा बढि हुँदा पनि कार्यक्रम सञ्चालन हुन सकेको छैन । अहिले पालिकाले दोस्रो कार्यकालको जनप्रतिनिधि पाइसकेको छ । लाफा गाँउमा होमस्टे सञ्चालन गर्ने चर्चा अहिले पनि छ । स्थानीयवासीको व्यस्तताका कारण कुरामा मात्र

    • प्रकाशित मितिः माघ ४, २०८१
    • २६९ पटक पढिएको
  • कानुन मन्त्रीको सचिवालय आइ टी प्रमुखमा पिछडीएको वर्ग प्रतिनिधीत्व गर्दै कविता मुसहर नियुक्त

    बिराटनगर / कोशी प्रदेशका आन्तरिक ममिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको सचिवालयमा विपन्न वर्गकी छात्रालाइ नीयुक्त गरीएको छ । इटहरी १७ निवासी कबिता मुसहर (ऋषिदेव ) कानुन मन्त्रीको सचिवालयमा आइ टी प्रमुखको रुपमा नियुक्त भएकी हुन ।समावेसी लोकतन्त्रमा जातीय हिसाबले पिछडीएको वर्गको प्रतिनिधीत्व होस भन्ने हेतुले सचिवालयमा नियुक्त गरीएको कोशी प्रदेशका आन्तरीक मामीला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताउनुभएको छ । कविता मुसहर हाल ब्राइट भिजन ल क्याम्पस मा बिए एल एल बि अध्यनरत हुनुहुन्छ । उहाँले सरस्वती जब्दी माध्यमिक बिद्यालय बाट एस इ इ उतिर्ण साथै राष्ट्रिय मा. बि. बाट +२ उतिर्ण गर्नुभएको ह

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ८७४ पटक पढिएको
  • कोशी प्रदेश स्तरीय क्रीकेट प्रतियोगिता स्व: शान्ति गुरुङ भण्डारी कप इनरुवामा सुरू

    इनरुवा । नेपाल खेलकुद महासंघको १६ औ स्थापना दिवसको अवसरमा इनरुवा नगर कमिटी द्वारा कोशी प्रदेश स्तरीय क्रीकेट प्रतियोगिता स्व: शान्ति गुरुङ भण्डारी कपको इनरुवामा  सुरू भएको छ । नेपाल खेलकुद महासंघ  इनरुवा अध्यक्ष सराेज बस्नेतकाे अध्यक्षतामा तथा कोशी प्रदेश सामाजिक  विकास मन्त्रालयका मन्त्री  पाँचकर्ण राईकाे प्रमुख अतिथ्यतामा भएको उदघाटन समारोहमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशका सबै खेललाई व्यवस्थित र सबल बाउन तथा खेलको विकास लागि खेलकुद विधेयक ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । बिहीबार सुनसरीको इनरुव

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३५२ पटक पढिएको
  • ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात

    काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो । मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो । घटना हाे, पुस २६ गते शुक्रबारको । याे घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार (माघ ३ गते) कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।

    • प्रकाशित मितिः माघ ३, २०८१
    • २५८ पटक पढिएको
  • बजेटमा व्यवस्थित ढंगले योजना समेट्न आयोजना बैंक सञ्चालनको प्रकृया सुरु भयाे : मुख्यमन्त्री कार्की

    बिराटनगर / कोशी प्रदेश सरकारले बजेटमा व्यवस्थित ढंगले योजना समेट्नका लागि आयोजना बैंक सञ्चालनको प्रकृया सुरु गरेको छ । यो आयोजना बैंक सुरु भएमा प्रदेशमा व्यवस्थित रुपले योजनाहरु कार्यान्वयनमा जाने कोशी प्रदेश सरकारले विश्वास लिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट बनाउँदा चर्काे आलोचना खेप्नु परेको र त्यसलाई थितिमा बाँधेर काम गर्न आयोजना आवश्यक्ता परेको बताउनुभयो । उहाँले आयोजना बैंकमार्फत योजनाहरु ल्याउनका लागि प्रदेश योजना आयोगलाई जिम्मेबार र बलियो बनाएर लैजाने बताउनुभयो । कोशी प्रदेश आयोजना बैंक कार्यविधि २०८१को मस्यौदालाई सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री कार्कील

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ३७३ पटक पढिएको
  • पुर्व राष्ट्रपति भण्डारी माघ १५ गते जनता मावि इटहरीआउँदै

    इटहरी । इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयको स्थापना दिवसमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् ।  आउँदो माघ १५ गते मंगलबार हुने विद्यालयको ६८ औं स्थापना दिवस तथा अभिभावक भेलामा भण्डारी आउन लागेकी हुन् । उनले नव निर्मित १२ कोठे भवनको उद्घाटनसमेत गर्नेछिन् । राष्ट्रपति भण्डारीले भवन उद्घाटन गर्नुका साथै अविभावकहरुलाई सम्बोधन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए । इटहरीको पुरानो विद्यालयमध्ये एक रहेको जनता माविले पछिल्लो समय भौतिक पुर्वाधार थप गर्दै विद्यालयको अवस्थालाई निरन्तर सुधार गर्दै लगेको छ । सोही क्रमममा थपिएको १२ कोठाको भवन उद्

    • प्रकाशित मितिः माघ ३, २०८१
    • ५१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]