All Posts By कोशी प्रेस

    Showing ८,०४१-८,०५० of १३,७२० items.
  • ‘गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला प्राथमिकताका साथ अघि बढाउन आवश्यक’

    इटहरी। नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिनुहुँदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । शनिबार बिहान रङ्गशालाको अनुगमन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवम् शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि

    • प्रकाशित मितिः माघ ५, २०८१
    • २७४ पटक पढिएको
  • प्रकृतिसँग माफी माग्दै पाँचथरमा ‘लक्ष्य हवन’ र पूजा सुरु

    इटहरी । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि पाँचथरका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन भएको छ । आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नम्बर ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । यी दुई खोलामा विगत दुई वर्षमा आएको बाढीले फिदिम नगरपालिका, हिलिहाङ र फालेलुङ गाउँपालिकाका तटीय क्षेत्रमा अत्यधिक क्षति गरेको छ । खोलालाई अप्राकृतिक रूपमा नियन्त्रण गरिएका कारण प्रकृतिमाथि शोषण भएको ठहरका साथ माफी माग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोज

    • प्रकाशित मितिः माघ ५, २०८१
    • २३८ पटक पढिएको
  • भोजपुरको भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’

    इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नबर ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय धेरै घरमा पिउने पानी वितरण गरेको छ । वडाले अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो । पिउने पानीको समस्या रहेका सबै स्थानीयको घरमा ‘एक घर, एक धारा’ सञ्चालनमा ल्याएको छ । वडाभित्रका सम्पूर्ण चार सय ६८ घरमा धारा जडान भएको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । यसले स्थानीयको वर्षौँदेखि पानीको समस्या समाधान भएको छ । 

    • प्रकाशित मितिः माघ ५, २०८१
    • १७६ पटक पढिएको
  • उत्तर– दक्षिण कोशी राजमार्ग खुल्यो

    इटहरी । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथांका सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए। शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी जिरेलले बताए। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ३२८ पटक पढिएको
  • बच्चासहित आएको माउ हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचामा एक जनाको मृत्यु

    इटहरी । मोरङको सुन्दरहरैचामा गएराति जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । सुन्दरहरैंचा नगरपालिका(८ का ७१ वर्षका हरि प्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । केही महिना यतादेखी सुन्दरहरैंचाका उत्तरी क्षेत्रमा हात्ती आउने गरेका छन् । गएराति १ बज्न लाग्दा घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । बच्चासहित आएको माउ हात्तीले घिमिरेमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । हात्तीको आक्रमणबाट घिमिरेको घटनास्थलमै ज्यान गएको थियो । घिमिरेको शव पोष्टमार्टमका ल

    • प्रकाशित मितिः माघ ५, २०८१
    • १५१ पटक पढिएको
  • धरानमा बिहानै खुकुरी प्रहार, घाइते युवक चिन्ताजनक अवस्थामा

    इटहरी । धरानमा शनिवार बिहानै २ बजेर ४० मिनेटको समयमा एक युवक माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि विराटनगर स्थित विराट नर्सिङ अस्पतालमा पुर्‍याइएको छ । इलाका प्रहरीका धरानका अनुसार बिहानको समयमा रितेश राई माथि धरानको सदन रोडमा खुकुरी प्रहार भएको हो । घाइते राईको अवस्था जटिल रहेकोले बिपी प्रतिष्ठानबाट विराट नर्सिङ लगिएको डिएसपी प्रकाश जवेगुले बताए । घटना लगत्तै धरानमा पटक(पटक हुने खुकुरी आतङ्कले असुरक्षा बढेको भन्दै स्थानियबासीहरुले सामाजिक सञ्जालहरूमा चिन्ता जनाएका छन् । डिएसपी जवेगुले आक्रमण गर्नेको पहिचान भए पनि उनीहरूको तीव्र अनुसन्धान भई खोजीक

    • प्रकाशित मितिः माघ ५, २०८१
    • १५० पटक पढिएको
  • तमोर कोरिडोरमा सुधार नेपाली गाडी पहिलो पटक टिपतालाको सिमानासम्म

    इटहरी। चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेका छन् । हाल कच्ची सडक भए पनि तमोर कोरिडोर मर्मत गरिएसँगै टिपतालासम्म सवारीसाधन पुग्न थालेका हुन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि ओलाङचुङ्गोला हुँदै द्विदेशीय सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेको हो । वर्षायाममा बाढीपहिरोले ठाउँ ठाउँमा क्षति गरेको तमोर कोरिडोर मर्मत गरिएपछि सवारीसाधन सञ्चालनमा ल्याउन सम्भव भएको हो । अहिले यात्रुवाहक जिप, ट्याक्टरलगायतका साधन टिपतालासम्म पुग्न थालेका हुन् । हिजोआज टिपताला क्षेत्रको भ्रमणमा जानेहरू सवारीसाधन चढेरै सिमानासम्म पुग्न थालेका ओलाङचुङ्गोलाका स्थ

    • प्रकाशित मितिः माघ ५, २०८१
    • १५० पटक पढिएको
  • माओवादी नेताको सम्पत्ती छानविन हुन्छ : प्रचण्ड

    विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्‌ना केन्द्रीय सदस्यहरुले सम्पत्तीको स्रोत देखाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको केही दिन अगाडि सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरुले सम्पत्ती विवरण बुझाउनु पर्नेसहितको प्रतिवेदन पारित गरेको थियो ।विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ती विवरण बुझाउनु पर्ने मात्रै नभएर सम्पत्तीको स्रोत पनि देखाउनु पर्ने र गैरकानूनी ढंगले कमाएको देखिए कारबाही गरिने पनि बताए । ‘कारबाही गर्नकै लागि त्यो भनिएको हो । हामीले पहिले पनि महाधिवेशनबाट पनि यो कुरा (सम्पत्ती विवरण बुझाउने कुरा) उठा

    • प्रकाशित मितिः माघ ४, २०८१
    • २७८ पटक पढिएको
  • एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल, २ देखि ५ दिनभित्र टुंग्याउन मुख्यमन्त्रीको कार्की निर्देशन

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल, २ दिनदेखि ५ दिनभित्र टुंग्याउन निर्देशन दिनुभएको छ । उहाँले प्रदेश सरकारको अर्थिक वर्ष २०८१ ८२ को अर्धवार्षिक समिक्षा कार्यक्रममा निर्देशन दिँदै सहमतिका लागि गएको फाइलहरु अड्किँदा काम ढिलो भएको बताउनुभयो । समिक्षा कार्यक्रममा उहाँले जेठ १५ गते भित्र अन्र्तक्रिया गोष्ठी जस्ता कार्यक्रमहरु सक्नका लागि पनि निर्देशन दिनुभयो ।  'जेठको अन्तिम लागेपछि कार्यक्रममा जानको लागि हैरान हुन्छ, दिनमा तीन चारवटा कार्यक्रम हुन्छन्, त्यसले नतिजा पनि दिएको छैन र जनताले पनि पचाएका छैनन'

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ९८५ पटक पढिएको
  • चाँदबेलामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न, २४० जना लाभान्वित

    सुबास घिमिरे। इटहरी /सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटि मण्डप, काठमाडौंको आयोजना, नेपाल निजामती कर्मचारी संगठन र ग्रामिण महिला उत्सुक्ता विकास मञ्च फर्वाड सुनसरीको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो । शुक्रबार इनरुवा नगरपालिका ७ को हरी आधारभुत विद्यालयको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य जाँच शिविरमा २४० बढीलाई सेवा दिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन गर्नुहुदै पूर्व मन्त्री तथा संघीय सासद प्रतिनिधि सभा सदस्य भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा समाज कल्य

    • प्रकाशित मितिः माघ ४, २०८१
    • ४४० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]