All Posts By कोशी प्रेस

    Showing ८,०२१-८,०३० of १३,७२० items.
  • हिसान सुनसरीको स्पोर्ट्स शनिबारदेखी, कूल ८ सय बिद्यार्थीले प्रतिष्पर्धा गर्ने

    इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ शनिबार देखी सुरु हुने भएको छ । आइतबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औं संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।   एक साता सम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिनुभयो । बिगत दुई बर्षदेखी सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको का

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ४२१ पटक पढिएको
  • मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र

    इटहरी । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको सात अर्ब ९० करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६र७७ देखि सुरु भएको हो । हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए ।  विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा १० अर्ब १३ करोड रुपैयाँ बराबरको ठेक्का लागेको थियो । जसमा ७८ प्

    • प्रकाशित मितिः माघ ६, २०८१
    • २३८ पटक पढिएको
  • दुहवीका ७० विपन्न परिवारलाई न्यानो कपडा वितरण

    सुबास घिमिरे सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिव ७० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहर सँगै चिसो अत्यधिक बढेपछि मेट लाइफ इन्सुरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले आयोजना गरेको हो भने कार्यक्रमको संयोजन फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले गरेको थियो ।हिजो मात्रै सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ अन्तर्गत औरवानी पश्चिम टोल र गढी टोलका २०० विपन्न परिवारलाई न्यानो कपडा (फाइवर सिरक) वितरण गरिएको थियो।कार्यक्रममा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ३८९ पटक पढिएको
  • बालश्रममुक्त स्थानीय तह घोषणा अभियान

    इटहरी । नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा रहेको तथ्यांक पाइएको छ । जसमा निकृष्ट श्रममा २ लाख २२ हजार रहेको तथ्यांक पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा धनकुटा बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । नेपालमा हाल १० देखि १४ वर्ष उमेर समूहका १५ दशमलब ३ प्रतिशत बालबालिका कुनै न कुनै रूपमा बालश्रममा संलग्न रहेको तथ्यांक प्रस्तुत गरिएको हो । जसमा सबैभन्दा धेरै कर्णाली प्रदेश र सवैभन्दा कम बागमती प्रदेश रहेको पाइएको छ । सरकारले सन २०२५ भित्रमा देशका सबै स्थानीय तहलाई बालश्रम मुक्त गर्ने लक्ष्य रा

    • प्रकाशित मितिः माघ ६, २०८१
    • १९८ पटक पढिएको
  • राष्ट्रिय परिचयपत्र विवादको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदै

    काठमाडौं । राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले निर्णय सुनाउने छ । यसअघि पुस २६ गते बहस सकिएको मुद्दामा फैसला सुनाउनका लागि पुस २९ गते पहिलो पेसी तोकिएकोमा अन्तिममा सूचीबाट हटेकोमा आजका लागि निर्णय सुनाउने ९निसु० तोकिएको थियो । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय उठेको भन्दै उक्त रिट पूर्ण इजलासमा पठाएको थियो । यसअघि राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरेको र त्यसलाई अनिवार्य गर्दा ज्येष्ठ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • १६१ पटक पढिएको
  • ताप्लेजुङमा दुई समाजसेवीद्वारा विद्यालयका लागि दुई लाख ५० हजारको अक्षयकोष स्थापना

    इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा दुई जना समाजसेवीले दुई लाख ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ। विद्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका स्थानीय डने शेर्पा र फुपुडोमा शेर्पाले सो अक्षयकोष स्थापना गर्नुभएको हो। विद्यालयका शिक्षक देउकुमार लिम्बूका अनुसार डने शेर्पाले एक लाख ५० रुपियाँको अक्षयकोष स्थापना गरिदिनुभएको हो। उहाँ उक्त विद्यालयका संस्थापक तथा तत्कालीन लेलेप गाउँ पञ्चायतका प्रधानपञ्चसमेत हुनुहुन्छ। यस्तै फुपुडोमाले एक लाख रुपियाँको अक्षयकोष स्थापना गर्नु भएको हो। उहाँ वर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य हुनुहुन्छ।

    • प्रकाशित मितिः माघ ६, २०८१
    • २८७ पटक पढिएको
  • नेपाली चियाको विदेशी बजारमा सुधार, अर्गानिक प्रमाणीकरणले तेस्रो मुलुकमा माग बढायो

    इटहरी। कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेको छ । उत्पादकका अनुसार यस वर्ष उत्पादन भएको तयारी चिया पूर्ण रूपमा निर्यात भइसकेको छ । तयारी चिया करिब सक्किएको इलामको साँखेजुङस्थित ग्रिनहिल टी इन्डस्ट्रिजका सञ्चालक टङ्क दाहालले बताउनुभयो । यसैबिच नेपाली चियाको निर्यात बढाउन केन्द्रीय चिया सहकारी सङ्घले नेपालको सहकारी र फ्रान्सको एक सहकारीसँग सम्झौता गरेर चिया निर्यात थालेको छ । फ्रान्सको ‘इक्युटेबल कोअपरेटिभ’ सँग वार्षिक सम्झौता गरी चिया निर्यात थालेको सङ्घले जनाएको छ ।  विभिन्न विदेशी संस्थाबाट निरन्तर अर्गानिक प्रमाणीकरण भइरहेका सहकारीको चिया पठाउन थ

    • प्रकाशित मितिः माघ ६, २०८१
    • ३०१ पटक पढिएको
  • मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीले उपद्रो मच्चाउन छाडेन

    इटहरी।   सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति  घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उहाँको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा सहित आएको गाउँमा आएको थियो  । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले समुदायलाई आतङ्कित नहुन र सकेसम्म जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गर्नुभएको छ । नगरको उत्तरतर्फको सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको र स्थानीयवासीलाई रातभर त्रास दिएको यहाँका वडाध्यक्ष  खेम

    • प्रकाशित मितिः माघ ६, २०८१
    • १४९ पटक पढिएको
  • झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती

    इटहरी।  नवीनतम प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्साहित भएका हुन् । ‘कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम’अन्तर्गत शून्य खनजोत प्रविधिबाट जिल्लाका तीन स्थानमा मकैखेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०–१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट प्रदर्शनीको रूपमा मकैखेती गरिरहेको छ । प्रदर्शनी खेती गरिएको ठाउँमा अनुगमन गरेर आवश्यक युरिया, पोटास, जिङ्कलगायत मलखाद उपलब्ध गराइएको कार्यालयका निमित्त प्रमुख सागर व

    • प्रकाशित मितिः माघ ६, २०८१
    • १७१ पटक पढिएको
  • नेपाल खेलकुद महासङ्घ धरान उपमहानगरको अध्यक्षमा रन्जित शाह

    धरान /  नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको अध्यक्षमा रन्जित शाहको नेतृत्वमा १७ सदस्य कमिटी चयन भएको छ । नेकपा एमाले धरान पार्टी कार्यालयमा भएको नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको पुनर्गठन  कार्यक्रम कोशी प्रदेश सभा सदस्य विजय राई को प्रमुख अतिथ्यता तथा  नेकोस स्थायी कमिटी तथा पार्टी प्रदेश कमिटी सदस्य धरान इन्चार्ज सन्तोषी श्रेष्ठ, नेपाल खेलकुद महासङ्घ स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज भेसराज कार्की, नेपाल खेलकुद महासङ्घ सुनसरी अध्यक्ष विकल पौडेलको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा रन्जित शाहको अध्यक्षतामा गठित कमिटीमा उपाध्यक्ष

    • प्रकाशित मितिः माघ ५, २०८१
    • ४८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]