All Posts By कोशी प्रेस

    Showing ७,९४१-७,९५० of १३,७१६ items.
  • सोलुखुम्बुको २१ तारा गुम्बाको छानो हावाहुरीले उडायो, क्षतिग्रस्त सामग्रीको व्यवस्थापन जारी

    इटहरी। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –५ थामेमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा –५ स्थित २१ तारा गुम्बाको छानो हावाहुरीले उडाएको छ ।  शुक्रबार दिउँसो साढे १२ बजेको समयमा गुम्बाको ढुङ्गा माटोको गाह्रो र सिमेन्टको पिलर टिनको छानो भएको गुम्बाको छानो हावाहुरीले उडाएको हो । इलाका प्रहरी कार्यालय थाम्बुचेबाट शनिबार बिहान गएको प्रहरी टोलीले भत्किएको सामग्रीको व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ९८ पटक पढिएको
  • आजदेखि विराट एक्स्पो, उपप्रधानमन्त्री पौडेलले उद्घाटन गर्ने

    इटहरी । कोशी प्रदेशको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो, २०२५ शुरू हुँदैछ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो विराटनगरस्थित डिग्री क्याम्पसको खाली मैदानमा एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ । माघ २० गतेसम्म सञ्चालन हुने सो एक्स्पोमा विशेषगरी प्रदेशका उपभोक्ता, उत्पादक र बिक्रेताबीच प्रत्यक्ष सम्पर्क स्थापित भई औद्योगिक तथा कृषि उत्पादन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । यसैगरी आयोजक पक्षबाट यस क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, कृषि, उद्योग, बैंकिङ तथा रोजगारीका क्षेत्रमा सकारात्मक प्रभा

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २५८ पटक पढिएको
  • झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री

    इटहरी । यो वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो । कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ५८० दशमलव ६२ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताए । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दा यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल रु चार हजारसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका–४ का किसान पहलमान खड्काले बताए । गत वर्ष तीन हजारदेखि

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २५५ पटक पढिएको
  • ताप्लेजुङको टिप्तालासम्म गाडी सञ्चालन, पर्यटन र व्यापारमा नयाँ सम्भावना

    इटहरी । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ ।तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् । टिपताला क्षेत्रको सहज पहुँचले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार सडक मर्मतसँगै अहिले धेरै यात्रु टिपताला क्षेत्र भ्रमण गर्न सवारीमार्फत आउन थालेका छन् । पहिले कठिन यात्राका रूपमा लिइने यो खण्डमा अहिले सहज रूपमा सवारीसाधन चल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । फक्ता

    • प्रकाशित मितिः माघ १२, २०८१
    • १७२ पटक पढिएको
  • इलाममा ४.७९ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

    इटहरी । प्रहरीले इलामा सूर्योदय नपा ८ का ३१ वर्षीय मुस्कान तामाङ र सूर्योदय(६ का २७ वर्षीय पूजन तामाङलाई बिहीबार लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इलामको किटनी प्रहरी चौकी र ट्राफिक प्रहरीको चेकजाँचमा प्रदेश १०१०१७ प ५०७५ नम्बरको मोटरसाइकलमा ४ ग्राम ७९ मिलिग्राम ब्राउनसुगर सहित दुवैलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ १२, २०८१
    • ११३ पटक पढिएको
  • वराहक्षेत्रमा सहकारीका पदाधिकारी र कर्मचारीलाई नेतृत्व विकास तथा व्यवस्थापन सिप सम्बन्धी कार्यक्रम

    इटहरी । वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि नेतृत्व विकास तथा व्यवस्थापन सिप सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिम बिहीबार र शुक्रवार दुई दिन सञ्चालन भएको थियो । आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि नेतृत्व विकास तथा व्यवस्थापन सिप सम्बन्धी कार्यक्रम एवम् सहकारी संस्थाका परिमार्जित नीति सम्बन्धी जानकारी द

    • प्रकाशित मितिः माघ १२, २०८१
    • १६६ पटक पढिएको
  • गाईघाटमा विश्व बैङ्कको सहयोगमा सडक निर्माण तीव्र, पाँच महिनाभित्र सम्पन्न हुने लक्ष्य

    इटहरी । विश्व बैङ्कको सहयोगमा सुरु गरिएको गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रमा सानाठुला गरी विभिन्न १३ वटा सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समयसीमाभित्र काम सम्पन्न नभए विश्व बैङ्कको सहयोग कटौती हुने भएपछि निर्माण कम्पनीले सडक निर्माणको कामलाई तीव्रता दिएको हो । अबको पाँच महिनाभित्रमा सम्पूर्ण काम समाप्त गर्ने गरी क्यालेन्डर डेका आधारमा तीव्र गतिमा उच्च गुणस्तरको कालोपत्रे सडक निर्माणलाई तीव्र गतिमा अगाडि नबढाउने हो भने तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिने र त्यसबाट यो योजना नै अलपत्र हुनसक्ने भएकाले अब  चौबिसै घण्टा निर्माण कार्य गर्न जरुरी भएको त्रियुगा नगरप

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २५१ पटक पढिएको
  • उर्लाबारीमा रोकिएको सडक निर्माण पुनः सुरु, २०८२ असारभित्र सम्पन्न गर्ने लक्ष्य

    इटहरी। निर्माण कम्पनीले भुक्तानी नपाएपछि लामो समय निर्माण रोकिएको उर्लाबारीको ५।२७६ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुचारु भएको छ ।  करिब तीन महिना काम रोकिएपछि उर्लाबारी नगरपालिकाले पटक पटक प्रधानमन्त्री र वल्र्ड बैङ्कका प्रतिनिधिसँग छलफल गरेपछि काम अगाडि बढेको हो । उर्लाबारी नगरपालिकासँग निर्माण कम्पनीले मोबिलाइजेसन शुल्क भनेर अढाई करोड रुपियाँ लिएको थियो । २०७९ फागुन २१ गते निर्माण सम्झौता भएको सडक भारतको सिपेल इन्फ्रा हैदरावालले ग्लोबल टेन्डरमार्फत निर्माणको जिम्मा लिएको थियो तर सिपेलले काम गरेन । उर्लाबारीका स्थानीय निर्माण व्यवसायी अर्जुन तुम्रोकको  तुम्रोक कन्स्ट्रक्सनलाई काम

    • प्रकाशित मितिः माघ १२, २०८१
    • २८३ पटक पढिएको
  • राष्ट्रिय कबीर धर्म परिषद नेपालद्वारा दुहबीको सोनापुरमा संत सम्मेलन

    सुनसरी | सुनसरीको दुहवी नगरपालिका वडा नं. ८, सुनापुरको रानी गाउँमा राष्ट्रिय कबीर धर्म परिषद नेपालले माघ ११ र १२ गतेको दिन दुईदिने भव्य "संत सम्मेलन" सुरु भएको छ । सम्मेलनको उद्देश्य कबीर धर्मको राष्ट्रिय पहिचान स्थापना गर्ने, धर्मावलम्बीहरूबीच एकता र भाइचाराको सम्बन्ध मजबुत बनाउने, र समाजमा शान्ति तथा सद्भावको सन्देश फैलाउने रहेको थियो।कार्यक्रममा राष्ट्रिय अध्यक्ष महन्थ आलोक साहेव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले कबीर साहेबका आदर्शहरूलाई आत्मसात् गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।कार्यक्रमको अध्यक्षता महन्थ जेबल साहेवले गरेका थिए। उनले सम्मे

    • प्रकाशित मितिः माघ ११, २०८१
    • ३६३ पटक पढिएको
  • नेपालमा पहिलोपटक एशियन सुटिङबल च्याम्पियनसिप आयोजना हुने

    इटहरी | नेपाल सुटिङबल संघले माघ १७, १८ र १९ गते इटहरी उपमहानगरपालिकामा एशियन सुटिङबल च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको छ। गत वर्ष सन् २०२४ मा सुटिङबल वर्ल्ड कपमा नेपालको महिला तथा पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै लेखी स्थान हासिल गरेकोमा सम्मानस्वरूप एशियन सुटिङबल फेडरेसनले यो प्रतिष्ठित प्रतियोगिता नेपाललाई आयोजना गर्न दिएको हो।प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र यूएईका महिला तथा पुरुष टोलीको सहभागिता रहनेछ। आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा 'ए' र 'बी' गरी चार टोलीलाई प्रतिनिधित्व गराउनेछ। प्रतियोगिता इटहरीको कस्तूरी एकेडेमीको खेल मैदानमा हुनेछ।यस च्याम्पियनसिप

    • प्रकाशित मितिः माघ ११, २०८१
    • ३२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]