All Posts By कोशी प्रेस

    Showing ७,७११-७,७२० of १३,७०८ items.
  • प्रजातन्त्र दिवसका अबसरमा नेकपा एमाले इटहरीद्वारा रक्तदान

    इटहरी / प्रजातन्त्र दिवसका अबसरमा नेकपा एमाले इटहरी उपमहानगर कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । इटहरी उपमहानगरपालिका अगाडि प्रजातन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा निवर्तमान पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीकोको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख अतिथि चौधरीले नेकपा एमाले राजनीति मात्र नभएर समाजमा आवश्यक पर्ने विभिन्न सामाजिक गतिविधिहरु निरन्तरताका साथ गरिरहेको बताउँदै रक्तदान पनि त्यसैको एउटा पाटो रहेको र जनतालाई आवश्यक पर्ने जस्तासुकै काममा पनि नेकपा एमाले अग्र स्थानमा रहने बताउनुभयो

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ३९१ पटक पढिएको
  • प्रजातन्त्र दिवसमा सहारा नेपाल साकोस विराटचोक सेवा केन्द्रद्वारा विभिन्न कार्यक्रम

    सुन्दरहरैंचा /  प्रजातन्त्र दिवसकाे अवसर पारेर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटचोक सेवा केन्द्रले वित्तिय साक्षरता,  पर्यटकीय क्षेत्र सरसफाई तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।सहारा नेपाल  सेवा केन्द्र बिराटचाैक संचालन उप समिती  सदस्य रन्जु थापाको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम विस्वास खवासको प्रमूख आतिथ्यमा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ स्थित किचकगढ पर्यटकीय क्षेत्रमा भएको कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी सहित संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा किचकगढ पर्यटकीय क्षेत्र संचालन समितीका अध्यक्ष

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ३५३ पटक पढिएको
  • मन्वय, सहकार्य र एकताका आधारमा मुलुकलाई समुन्नत र समृद्ध बनाउन सकिने कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश संरचनालाई जनताले सुनिने, देखिने र अनुभव गर्ने बनाउन आफुहरु क्रियाशिल रहेको बताउनुभएको छ । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा कोशी प्रदेश सरकारले बुधबार विराटनगर स्थित मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघिय, प्रदेश र स्थानीय सरकार बीचको समन्वय, सहकार्य र एकताका आधारमा मुलुकलाई समुन्नत र समृद्ध बनाउन सकिने धारणा राख्नुभयो । उहाले मुलुक र संविधानको रक्षा कुनै एक व्यक्ति वा संस्था भन्दा पनि सम्पूर्ण नेपालीको एकता र सहकार्यबाट मात्र सम्भव रहेको उल्लेख गर्नुभयो । नेपालको सा

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • २६४ पटक पढिएको
  • न्यूनतम पारिश्रमिक निर्धारण गर्दा भौगोलिक आधार बनाउन सुझाव

    इटहरी । आगामी साउनमा मजदुर, कामदार तथा कर्मचारीको नयाँ न्यूनतम वेतन निर्धारण गर्दा भौगोलिक आधारलाई अपनाउन पूर्वका उद्योगीले सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको आयोजनामा भएको न्यूनतम वेतनसम्बन्धी छलफलमा नयाँ दर देशको आर्थिक अवस्थालाई बुझेर मात्रै निर्धारण गर्न सुझाव दिएका हुन् ।  श्रम ऐन अनुसार सरकारले प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दछ । जस अनुसार आगामी साउनदेखि देशभर नयाँ दरको न्यूनतम पारिश्रमिक मजदुरका लागि सिफारिस हुने छ ।  कोशी प्रदेशका उद्योगी व्यवसायीले भने देशभरको समान मापदण्ड बनाउन नहुने निष्कर्षसहित सरकारलाई भौगोलिक वा प्र

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ३६८ पटक पढिएको
  • चौदण्डीले अतिक्रमित जग्गा खाली गराउँदै

    इटहरी  । लामो समयदेखि स्थानीयले अतिक्रमण गर्दै आएका उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रको सरकारी तथा नदी उकास जग्गा स्थानीय सरकारले खाली गराउन थालेको छ । जग्गा खाली गराउनुपूर्व सुरुमा ३५ दिनको, त्यसपछि १५ दिनको र अन्तिममा सात दिनको सूचना जारी गरेर जग्गा खाली गर्न आह्वान गर्दा पनि अटेर गरेपछि चौदण्डीगढी नगरपालिकाले एक्साभेटर लगाएर जग्गा खाली गराउन सुरु गरेको हो । नगरपालिकाले बेल्टार बजार क्षेत्रमा पर्ने नदी उकास जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी निर्माण गरेका घरटहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीसहितको टोलीमार्फत एक्साभेटर लगाएर हटाएको हो । नगरको वडा नम्बर ७ स्थित बाख्रा बजा

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • १९४ पटक पढिएको
  • फाल्गुनन्द ३ का वडाध्यक्ष नेम्वाङको निधन

    इटहरी । पाँचथरको फाल्गुन्द गाउँपालिका ३ का वडाध्यक्ष सुखबीर नेम्वाङको निधन भएको छ । ५६ वर्षीय नेम्वाङ घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।  उहाँको बुधबार बिहान फाल्गुनन्द ३ पौवासार्तापस्थित घरमा निधन भएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिनुभयो । उहाँलाई लामो समयको उपचार पश्चात भक्तपुर क्यान्सर अस्पतालले दुई साताअघि घर फर्काएको थियो । नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति समेत रहनु भएका नेम्वाङ २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ कुशल भलिवल खेलाडी समेत हुनुहुन्थ्यो ।

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • १२८ पटक पढिएको
  • जेठाजुको कुटपिटबाट बुहारी घाइते

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनमा फागुन ३ गते बुहारीमाथि जेठाजुले कुटपिट गरेको घटना बाहिर आएको छ । भाइको दुर्घटनामा परी मृत्यु भएको सात वर्षपछि मधुवन मेजर टोलका ३८ वर्षीय अरुणकुमार मेहताले बुहारीलाई कुटपिट गरेर घाइते बनाएको घटना बाहिर आएको हो । शनिवार मकै खेतमा पानी लगाउने क्रममा आफूलाई जेठाजु अरुणकुमार मेहताले आक्रमण गरेको २६ वर्षीया बुहारी आशाकुमारी महतोले बताउनुभयो । जेठाजुको कुटपिटबाट घाइते आशाको सप्तकोशी न्यूरो अस्पताल भोक्राहामा उपचार भइरहेको छ । जेठाजु मेहताले आफू नेपाली सेना भएकाले जे पनि गर्ने भन्दै धम्की दिँदै आएको आशाले बताउनुभयो । जेठाजु सेनामा कार्यरत रहेको र घरमा

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ८१ पटक पढिएको
  • ताप्लेजुङको पाथीभरामा आउने दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी द्वारा हेल्प डेस्कको स्थापना

    इटहरी । ताप्लेजुङको पाथीभरामा आउने दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले हेल्प डेस्कको स्थापना गरेको छ । पूजामा सहभागी हुने तीर्थयात्रीको मध्यनजर गर्दै आजदेखि फुङ्लिङ नगरपालिका १० स्थित बलुडाँडामा हेल्प डेस्कको स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्म ताप्लेजुङका प्रहरी नायब उपरीक्षक डिएसपी नरेश महर्जनका अनुसार शसस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस काफ्लेपाटीबाट ५ जनाको टोलीलाई हेल्प डेस्कमा सहजिकरणका लागि खटाइएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर बेघाको कमाण्डमा तालिम प्राप्त ५ जना मेडिकल टोली परिचालन गरिएको प्रनाउ महर्जन

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ५९ पटक पढिएको
  • कवि निमेष अविरल रुकमान थेबेको कविता सङ्ग्रह ‘नदीको यात्रा’ सार्वजनिक

    इटहरी । कवि निमेष अविरल रुकमान थेबेको कविता सङ्ग्रह ‘नदीको यात्रा’ सार्वजनिक गरिएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठान ताप्लेजुङले बुधबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको कार्यक्रमकाबिच कविता सङ्ग्रह सार्वजनिक गरिएको हो । कवि अविरलले पहिलो कृतिका रुपमा प्रकाशन गर्नुभएको कविता सङ्ग्रह अग्रज साहित्यकार तथा सङ्गीतकार भरत गुरुङलगायतले कार्यक्रममा सार्वजनिक गर्नुभएको हो । कविता सङ्ग्रहको समीक्षा भने कविद्वय दुःखी महल तिम्सिना र लेकाली कान्छा मुक्कुमले गर्नुभएको छ । सङ्ग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थितिजस्ता भावलाई चित्रित गर्ने खालका कविताहरु समावेश गरिएका छन् । कुल १७० पृष्ठको पुस

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • ७४ पटक पढिएको
  • समाजवादका निम्ति एकताभास सन्देश दिँदै सामना साँस्कृतिक कार्यक्रम इटहरीमा गरियो

    इटहरी | समाजवादका निम्ति एकताभास सन्देश दिँदै सामना साँस्कृतिक कार्यक्रम इटहरी उपमहानगरपालिका–६ स्थित म्याजिक स्टेसन अगाडि सम्पन्न भएको छ । साँस्कृतिक कार्यक्रम झरी पानीकै बाबजुद पनि जनवादी गीत संगीतलाई माया र सम्मान गर्ने प्रगतिशील कम्युनिस्ट नेताकार्यकर्ता र आम दर्शकहरुको उपस्थितिमा कार्यक्रम भएको हो । सामना परिवारद्वारा संरचालित “सामना सांस्कृतिक अभियान २०८१” अन्तर्गतमा इटहरीमा पनि कार्यक्रम भएको हो । समाजवादलक्षित सामना सांस्कृतिक प्रस्तुति कार्यक्रमले उपस्थित सबै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नुका साथै कम्युनिस्ट एकताको आभास दिलाएको छ । क्रान्तिको रणमैदानबाट एक ढिक्का भएर जीत हास

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • १७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]