हरिनगरा / हरिनगरा गाउँपालिका भुटाहामा पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुदै। हरिनगर स्पोर्ट्स क्लबको आयोजना तथा नेपाल खेलकुद महासङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा मोरङ र सुनसरीका आठवटा पालिकाको टिम सहभागी भएका थिए। हरिनगर स्पोर्ट्स क्लबका अध्यक्ष मेराज अन्सारी को अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रामप्रसाद मेहताको प्रमुख आतित्यतामा सुरु भएको थियो।आयोजक हरिनगर गाउँपालिका र बुढीगंगा गाउँपालिका मोरङ बीच भएको रोचक प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हरिनगर गाउँपालिकाले जित हासिल गरेको थियो। २०८१ फागुन ७ गते बाट सुरु भएको प्रतियोगिता को फाइनल खेल फागुन १५ गते बाल
इटहरी । ताप्लेजुङको पूर्वी क्षेत्रको याङ्पाङ–मामाङ्खे सडक खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङ हुँदै कञ्चनजङ्घा आधार शिविर जोड्ने सडकको याङ्पाङ–मामाङ्खे खण्डमा धमाधम कालोपत्रे गर्न सुरु भएको हो । सिरिजङ्घा गाउँपालिका–५ पेदाङको याङ्पाङ र वडा ६ मामाङ्खे खण्डमा सडक कालोपत्रे गर्न थालिएको हो । निर्माण कम्पनी रौताहा÷सेवालुङ जेभीका प्रवन्ध निर्देशक जसबहादुर लिम्बूका अनुसार हिजोआज कालोपत्रेको काम भइरहेको छ । रौताहा÷सेवालुङ जेभीले उक्त सडकको ७।५ किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा लिएर अहिले धमाधम काम गरिरहेको लिम्बूले जानकारी दिनुभयो । कालोपत्रेको काम चाँडै सम्पन्न गर्नेगरी कामलाई
इटहरी । धरानमा मोटरसाइकल चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा दुर्घटना भएको छ । सो क्रममा घटनास्थलबाट प्रहरीले गाँजा फेला पारेको छ । धरान उपमहानगरपालिका वडा नं। ८ तीनकुने चोकस्थित भित्री सडकखण्डमा अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी गस्ती टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको बा ८३ प २९०४ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा भागेको थियो । प्रहरीले पिछा गर्दै जाने क्रममा सेउती पुल छेउमा उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकमा लडेको अवस्थामा फेला परेको थियो । मोटरसाइकल चालक तत्काल फरार रहेपनि मोटरसाइकलमा सवार धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं। २ बस्ने २१ वर्षीय सुरेश शिवालाई नि
इटहरी। ताप्लेजुङमा सुपर काबेली जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी गरिएको छ । हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको काम सम्पन्न भएसँगै १२ मेगावाट क्षमताको विद्युत् उत्पादनको तयारी गरिएको हो । सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी जलविद्युुुत् आयोजना निर्माण गरिएको हो । विद्युत् उत्पादनको तयारीसँगै गएको बुधबारदेखि आन्तरिक परीक्षण सुरु गरिएको आयोजनाका सम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । ढुङ्गानाका अनुसार बाँध, सुरुङ, विद्युत् गृह, प्रशारण लाइन, स्विचार्डलगायतका संरचनाको परीक्षण गरिँदै छ । उहाँले बुधबार र बिहीबारसम्ममा नेपाल विद्युत् प्राधिक
इटहरी । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन न्याय तथा विकासका लागि सामाजिक सञ्जाल ९एसएनजेडी० ले गरिरहेको उहाँले बताउनुभयो । यो कार्यक्रमका लागि युएनडिपीको रु ८१ लख २५ हजार आठ सय, कचनकवल गाउँपालिका र भूमिगत सिँचाइ आयोजनाको रु एक
इटहरी। भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य एकाइ स्थापनाले यहाँका करिव तीन सय घरपरिवार लाभान्वित बनेका छन् । लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरिएको
इटहरी । दुई दिनदेखि लगार चलेको हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवासहित विभिन्न स्थानका किसानले लगाएको केरा खेतीमा ठुलो क्षति भएको छ । आइतबार राति र सोमबार साझँको हावाहुरीले खेतमा लगाएको केराको बोट ढलेर क्षति भएको हो । हावाहुरीले केरा खेतीमा लाखौंको क्षति भएपछि किसान चिन्तित भएका छन् । भोक्राहा नरसिंह २ का केरा किसान जब्बार मियाँका अनुसार भोक्राहा र इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवामा १४ विघा क्षेत्रफलमा सामूहिक केरा खेती गरेकोमा हावाहुरीले हजारौं बोट ढलेर ठुलो क्षति भएको छ । फल्न सुरु गरेको र केही तयारी हुने अवस्थामा रहेको केरा हावाहुरीले लडाएकाले लगानी उठा
इटहरी। बाढीले बगाएको थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि निःशुल्क जग्गा प्राप्त भएको छ । थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि स्थानीय निमा सेर्पिनीले ३५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । गाउँपालिकाको अनुरोधमा स्थानीय निमा सेर्पिनीले निःशुल्क जग्गा प्रदान गर्नुभएको हो । गत साउन ३१ गते गएको हिम पहिरोका कारण आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि स्थानीय निमा सेर्पिनीले स्वर्गीय श्रीमान् साङ्गेछोतर शेर्पाको सम्झनामा निःशुल्क जग्गा प्रदान गर्नुभएको खुम्बुपासाङल्हामु गाउँपालिका(४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।
भोजपुर । भोजपुरको अरुण गाउँपालिको महेन्द्रोदय माध्यमिक विद्यालयको ६८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरको छ ।अरूण गाउँपालिका वडा नम्बर -६ स्थित महेन्द्रोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र दाहालको अध्यक्षता तथा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको प्रमुख आथित्यता कार्यक्रम गरिएको थियो । विद्यालयको आर्थिक तथा वार्षिक प्रतिवेदन, वार्षिकउत्सवको उपलक्ष्यमा भएका विद्यार्थी तथा अभिभावको विचमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता भएका लाई पुरस्कार तथा प्रमाण पत्र वितरण, भर्खरै सम्पन्न विद्यालयका शिक्षक हरुको वि
सुबास घिमिरे। काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले संविधानले दिएको संवैधानिक अधिकार कानुनले काट्न नमिल्ने बताउनु भएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी छलफलमा भाग दिँदै सांसद चौधरीले त्यस्तो बताउनु भएको हो। विधेयकले थारु र मुस्लिमलाई वा भनेर उल्लेख गरी समावेशी व्यवस्थाको उल्लङ्घन गरेको बताउनु भएको छ । उँहाले भने, 'थारु समुदायलाई ५ प्रतिशत छुट्टाएको जुन सरासर गलत छ । विधेयमा भएको थारु वा मुस्लिम भनेर राखिएको व्यवस्था सरासर गलत छ । यसमा थारु तथा मुस्लिम भनेर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.