All Posts By कोशी प्रेस

    Showing ७,६५१-७,६६० of १३,७०८ items.
  • सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनापछि आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताउनुभयो ।

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १६० पटक पढिएको
  • इटहरीमा फागुन १८ र १९ गते कोशी मिनी यन्त्र ३.० आयोजना

    इटहरी / नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्य सहित कोशी मिनी यन्त्र ३.० आयोजना गरिँदैछ । यस वर्षको संस्करण फुजिसन  सगरमाथा बोडिङ स्कुल भवनीपुरमा सम्पन्न हुने भएको छ । बुधबार फुजिसन  सगरमाथा बोडिङ स्कुलको सभाहलमा  रोबर्टस एसोसिएसन अफ नेपाल इस्ट द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत फागुन १८ र १९ गते  कोशी मिनी यन्त्र ३.० आयोजना  हुने जानकारी गराइएको होे ।  विद्यार्थीहरूलाई प्रविधि र नयाँ विचारमा संलग्न गराउनु, व्यावहारिक सिकाइ र समस्या समाधान क्षमताको विकास गराउनु, प्रविधि–आधारित उद्यमशीलता र अनु

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ४०० पटक पढिएको
  • पाथीभरा केबलकार झडपस् थप दुई जना पक्राउ

    इटहरी। पाथीभरा केबलकार विवादको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । पाँचथर याङवरक गाउँपालिका २ की ४३ वर्षीय इन्दिरा धौराली र फक्ताङलुङ गाउँपालिका ५ का ३७ वर्षीय सुवास तुम्बाहाङफेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फुङलिङ बजारको विरेन्द्रचोक शनिवार साँझ भएको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनापश्चात् फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा सोमबार फुङलिङ नगरपालिका ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि १५ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानलाई जारी राखेको छ । जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १६९ पटक पढिएको
  • मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति अन्योलमा, बजेट फ्रिज हुने खतरा

    इटहरी   । माथिल्लो सगरमाथाका तीन जिल्लासहित पाँच जिल्ला जोड्ने सिद्धिचरण राजमार्ग अन्तर्गत मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नति गरी कालोपत्रे गर्न सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रकम फ्रिज हुने अवस्थामा पुगेको छ । अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाका रूपमा स्रोत सुनिश्चित गर्न आनाकानी गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको मिर्चैया–कटारी–घुर्मी सडक योजना कार्यालयले हालसम्म ठेक्का प्रव्रिmया सुरु गर्न सकेको छैन । सरकारले जारी गरेको चालु आवको बजेट खर्च हुने सात महिनाको समय व्यतीत भइसक्दा पनि उक्त सडकको स्तरोन्नतिका लागि  कुनै प्रव्रिmया थालनी गर्न

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ३१७ पटक पढिएको
  • खोटाङको जङ्गलमा महिला र पुरुष मृत फेला

    इटहरी । खोटाङमा एक महिला र एक पुरुष मृत भेटिएका छन् ।  वराहपोखरी गाउँपालिका–१ वराहपोखरीस्थित डाँडाखर्कमा महिला र पुरुष मृत भेटिएका हुन् । गाउँ नजिकै दारेगौडा जङ्गलमा दुवै जना मृत अवस्थामा भेटिएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । डाँडागाउँका करिब २२÷२३ वर्षीय सरिता बिष्ट बस्नेतको जङ्गलमा हत्या भएको अवस्थामा मृत भेटिएको वडाध्यक्ष कार्कीको भनाइ छ । उक्त महिलाको घाटीमा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको छ । सोही गाउँका अन्दाजी १९÷२० वर्षका शिखर बस्नेत पनि सोही जङ्गलमा मृत भेटिएका छन् । महिलाको शव रहेको करिब २५ मिटर तल रुखमा झुण्डिएको अवस्थामा पुरुष मृत फेला परेका हुन्

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १६६ पटक पढिएको
  • उर्लाबारी उद्योग वाणिज्य संघ द्धारा फागुन १५ देखि उर्लाबारी महोत्सव २०८१ को आयोजना

    इटहरी  । उर्लाबारी उद्योग वाणिज्य संघले फागुन १५ गतेदेखि उर्लाबारी कृषि औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को आयोजना गर्ने भएको छ ।महोत्सवस्थल उर्लाबारी –४ मा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले महोत्सवका विषयमा जानकारी गराएको हो । महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईका अनुसार औद्योगिक, कृषि, अट्टोमोवाइल्स, घरेलु उत्पादनका १३५ वटा स्टल रहने छन् । उर्लाबारीको सौन्दर्यकरणसँगै आगो निभाउने रिफिल ब्यवस्थापनका लागि खर्च ब्यवस्थापन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सव तीन लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । १५ करोडको ब्यापार हुने र २० लाख आम्दानी गर्ने महत्वकांक्षी

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १८१ पटक पढिएको
  • मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक सेवा भौंसावारीबाट

    इटहरी। मोरङको कानेपोखरी गाउँपालिकाले बिहीबारदेखि प्रमुख प्रशासनिक सेवा वडा ५ को वडा कार्यलय भौंसावारीबाट दिने भएको छ । साविक वयरवन गाविसको कार्यालयबाट दिँइदै आएको सेवा भौंसावारीबाट दिन लागिएको हो । महाशिवरात्रि पर्वको अवसर पारेर गाउँपालिकाले प्रशासनिक सेवा दिने स्थान परिवर्तन गरेको हो । पालिका अध्यक्ष राजमति इङ्नामले बिहीबारबाट नियमित सेवा प्रवाहका लागि बुधबार कार्यालय सारिएको बताउनुभयो । हाल पालिका सरेको भवनमा यसअघि ५ नं। वडा कार्यालय रहेको थियो । ५ नम्बर वडा कार्यालयलाई अब अन्यत्र व्यवस्थापन गरिने भएको छ । २०७२ सालमा राज्यपुनर्संचना हुँदा कानेपोखरी गाउँपालिकाको सेवा तत्कालिन वयरवन गाविसको भव

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ११२ पटक पढिएको
  • पाँचथर गोल्डकपको ‘एन्थम’ सार्वजनिक

    इटहरी। पाँचथर गोल्डकपको ‘एन्थम’ सार्वजनिक गरेको छ । फिदिम नगरपालिकामा एक कार्यक्रम आयोजना गर्दै आयोजक पाँचथर क्लवले एन्थम सार्वजनिक गरेको हो । प्रमुख मित्रप्रसाद काफ्लेले प्रमूख अतिथिको आसनबाट गोल्डकपको एन्थम सार्वजनिक गर्नुभयो । प्रतियोगिता फागुन २४ देखि चैत्र २ गतेसम्म फिदिम माविको खेल मैदानमा आयोजना हुँदैछ । ५ औँ संस्करणको पाँचथर गोल्डकपलाई यो वर्ष ‘वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटबल प्रतियोगिता’ भनिएको छ । गीतलाई ‘पाँचथर गोल्डकपको अफिसियल एन्थम’ भनिएको छ । गीत सार्वजनिक कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल र खेलकुद सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि र पत्रकार उपस्थित थिए । भ

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • २३० पटक पढिएको
  • आगलागीमा घाइते भएका शरदलाई काठमाडौं लगियो

    इटहरी । गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा भएको आगलागीमा परी घाइते भएका सञ्चालक शरद सुुब्बालाई थप  उपचारका लागि काठमाडौं लगिएको छ । आगो निभाउने क्रममा अनुहार तथा शरीरमा आगोको लप्काले भेटेर घाइते भएका सुुब्बा राति नै बेहोस् भएपछि इलाम अस्पताल ल्याइएको थियो । अस्पतालले प्राथमिक उपचार गरेर डिस्चार्ज गरे पनि पोलेको घाउ नघटेपछि अहिले थप उपचारका लागि काठमाडौं पठाइएको सुुब्बाका दाजु गृष्म सुुब्बाले बताउनुुभयो । सुुब्बा दाजुुभाइ मिलेर करिब दश वर्ष यता उक्त चिया कारखाना सञ्चालन गर्दै  आउनुुभएको थियो । चिया क्षेत्रका गहनाका रुपमा रहेका शरदलाई पछिल्लो पटक काठमाडौंमा आय

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १०८ पटक पढिएको
  • खोरेत रोग विरुद्धको खोप सेवा जारी

    इटहरी । सुनसरीको इनरुवा नगरपालिकाका १८ हजार पशुमा खोरेत रोग विरुद्धको खोप लगाउने काम जारी छ । पशुमा लाग्ने महामारी खोरेत रोग विरुद्धको खोप सेवा तीन दिन अघि नगर प्रमुख केदार भण्डारीले उद्घाटन गर्नुभएकोमा हाल चार हजार पशुमा खोप लगाएकोइनरुवा नगरपालिका कृषि तथा पशु शाखा प्रमुख डा राजकुमार यादवले जानकारी दिनुभयो । इनरुवा नगरपालिका र कोशी प्रदेशमा दुग्ध तथा मासु जन्य उत्पादन अभिवृद्धि गरि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न समेतमा योगदान गर्न भएकोले खोरेत रोग विरुद्धको खोप सेवा सुरु गरेको प्रमुख भण्डारीले बताउनुभयो । भण्डारीले नगरलाई दुग्ध तथा मासु उत्पादनको क्षेत्रमा दिगो रुपमा आत्मनिर्भरता

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • १२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]