इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा झापाका जुनुन राई र निरज सिलवालको जोडी प्रथम हुनुभएको छ । सुनसरीका लाक्पा शेर्पा र ज्योतिहाङ राईको जोडीलाई पराजित गर्दै राई र सिलवालको जोडी प्रथम भएको हो । प्रथम बनेको राई र सिलवालको जोडीले ट्रफीसहित ४० हजार रुपियाँ नगद पुरस्कार पाएको छ । उविजेता बनको शेर्पा र राईको जोडीले ३० हजार रुपियाँ नगद पुरस्कारमा चित्त बुझाउनुपरेको छ । यस्तै, प्रदेशस्तरीय भेट्रान्सतर्फ पाँचथरको दीपक आङ्देम्बे र गणेश राई प्रथम हुनुभएको छ । ताप्लेजुङको मानबहादुर पालुङ्वा र अमृत लिम्बूको जोडीलाई पराजित गर्दै प्रथम बनेको
इटहरी । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ । काँकडभिट्टा–लौकही सडक योजना पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको बताउनुभयो । उहाँका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति
इटहरी । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए । शिविर यही चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम छ । आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क
इटहरी । बढ्दो डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह कार्यक्रम आयोजना गरिएको छ । सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्न थालेपछि त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालयको धनकुटाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाको संयोजनमा वन डढेलो सचेतना सप्ताह आयोजना गरिएको हो । एक हप्तासम्म विभिन्न सामुदायिक वन डढेलो रोकथामसम्बन्धी सचेतना, फायर लाइन सफा, नमुना अभ्यास, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका काम गरिएको सामुदायिक वन महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर था
इटहरी । नौ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बाह्रदशी गाउँपालिका ६ का ३५ वर्षीय विकास भट्टराईको मृत्यु भएको छ । बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारका क्रममा शनिबार राति ८ बजे भट्टराईको मृत्यु भएको हो । यही चैत १ गते राति १२ः४५ बजे बाह्रदशी ६ नारायण चोकस्थित भित्रि पक्की सडकखण्डमा चारपानेबाट बिहीबारेतर्फ जाँदै गरेको मे ३ प ६२२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भट्टराई घाइते हुनुभएको थियो । उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । मोटरसाइकल इलाका प्रहरी कार्यालय घैलाडुब्बाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
इटहरी । झापाको दमक दुम्सेमा केही दिनयता रेबिजको प्रकोप देखिन सुरु गरेको छ । रेबिज लागेको एक कुकुरले रेबिज फैल्याएको बताइएको छ । टोलमा रेबिजको संक्रमण फैलिएपछि नगरपालिकाले उच्च शर्तकता अपनाउन आग्रह गरेको छ । एउटै कुकुरले गाईसहित १४ वटा चौपायालाई टोकेकोमा दुई वटा गाईको मृत्यु भएको दमक नगरपालिकाले जनाएको छ । नगरपालिकाको पशु सेवा शाखाले मृत्यु भएको गाईको परीक्षण र अन्य पशुचौपायामा देखिएको लक्षण रेबिजको नै भएको जनाएको नगर प्रमुख रामकुमार थापाले बताउनुभएको छ । दमक ३ का मान बहादुर कुरुम्बाङको एउटा गाई, मनमाया राईले पालेको गोरु लगायतका पशुचौपायाहरुको मृत्यु भएको हो । रविन आङदेम्बेले पालेको गाईको अवस्थ
इटहरी । धरान उपमहानगरपालिकामा ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण सुरु भएको छ । पछिल्लो समय सामान्य रुपमा मातृभाषा बोलेपनि लिपि नबुझ्दा पुस्तान्तरणमा समस्या हुँदै आएको कारण यसको सहजताको लागी किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित किरात राई यायोक्खा भवनको सभाहलमा किरात सिरिजङ्गा लिपिको दुई दिने प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न किराया वडा कार्यसमिति, भाषिक, भातृ संस्थाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको किराया नगर सचिब गिता राईले जानकारी दिनुभयो । सबै जातीको भाषा, धर्म, संस्कार, संस्कृतिको सरक्षण गर्ने दायित्व तीनै तहको सरकारको भएको प्र
सुनसरी | राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुनसरी जिल्लाको चौथो जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा कुल बहादुर कार्कीलाई अध्यक्षमा चयन गरेको छ । नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सरोज कुमार चौधरी, महिला उपाध्यक्षमा रञ्जिता कुमारी चौधरी, सचिवमा हरि प्रसाद गौतम, सहसचिवमा कुशा घिमिरे, कोषाध्यक्षमा संगीत कोइराला चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा कविता कुमारी चौधरी, केशब खत्री, चन्द्र बहादुर श्रेष्ठ र विजय मेहता रहेका छन्।नयाँ नेतृत्व चयनसँगै स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण, सेवा प्रवाह सुधार तथा पेशागत सुरक्षाका विषयमा महासंघले आगामी दिनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता रहेको
इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको साझा फुलबारी टोल विकास संस्थाको १०औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।शनिबार सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष विष्णु प्रसाद धमलाको अध्यक्षता रहेको थियो भने इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।साधारणसभाको प्रमुख अतिथि उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले स्थानीय विकासका लागि टोल विकास संस्थाहरूको भूमिका महत्त्वपूर्ण र
इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्चपदस्थ छ जना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिने तयारी गरेको छ । नगरपालिकाले राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई यही महिना बाँसबाट बनाइएको एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरेको हो । स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वनयन गर्न माग गर्दै उच्चपदस्थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.