ठगी गर्ने इटहरीका सुन पसले जेल चलानइटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।रामधुनी नगरपालिका–३ का २७ वर्षीय सफरोज मियाँलाई प्रहरीले रामधुनी–५ झुम्काबाट पक्राउ गरेको हो। उनलाई ‘करीया’ नामले समेत चिनिने प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा मियाँलाई पक्राउ गरेको हो। मियाँ लागूऔषध मुद्दामा झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। अघिल्लो भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। पक्राउपछि उनलाई इलाका प्रहरी
ठगी गर्ने इटहरीका सुन पसले जेल चलानइटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।रामधुनी नगरपालिका–३ का २७ वर्षीय सफरोज मियाँलाई प्रहरीले रामधुनी–५ झुम्काबाट पक्राउ गरेको हो। उनलाई ‘करीया’ नामले समेत चिनिने प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा मियाँलाई पक्राउ गरेको हो। मियाँ लागूऔषध मुद्दामा झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। अघिल्लो भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। पक्राउपछि उनलाई इलाका प्रहरी
रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान साढे ७ बजेसम्म प्राप्त विवरणअनुसार हालसम्म ४६९ जनाको शव फेला परेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी)ले जनाएको हो । फेला परेका शवमध्ये धादिङमा ३३, नुवाकोटमा ३७, रसुवामा १२, गोरखामा ४४, नवलपरासी पूर्वमा ११०, तनहुँमा २८, चितवनमा १७५ र नवलपरासी पश्चिममा २७ जना रहेका छन्। एनईओसीका अनुसार ७३ जना घाइते भएको तथा ३ हजार २ सय ५३ जनाको उद्धार गरिएको छ । विपद्का घटनामा परी हालसम्म ७३ जना घाइते भएका छन्। तीमध्ये रसुवामा ४३, धादिङमा ३ र नुवाकोटमा २७ जना छन् । उद्धार तथा राहतका
इटहरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामका दुई पालिकाले रु ३५ लाख सहयोग गर्ने भएका छन्।जिल्लाको चुलाचुली गाउँपालिकाले रु २५ लाख र माई नगरपालिकाले रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्। बिहीबार बसेको चुलाचुली गाउँपालिकाको ७६औँ कार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सात दिन तथा वडाध्यक्ष र सदस्यले पाँच दिनको सेवासुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुले बताए। अध्यक्ष केरुङका अनुसार गाउँपालिकाका विभिन्न तहका कर्मचारीको पारिश्र
इटहरी : मोरङको बेलबारीमा आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ।बेलबारी नगरपालिका–८ की बालिकालाई भदौ १ गते बाबुले जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे बालिकाकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।जाहेरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले आरोपित बाबुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
इटहरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–७, बेलाहामा रहेको ‘एन्टिस्नेक भेनम’ उत्पादन उद्योगले तीन वर्षदेखि बैङ्कबाट ऋण प्राप्त गर्न नसक्दा सर्पदंशविरुद्धको औषधी उत्पादन सुरु गर्न सकेको छैन । नेपालमै निजी क्षेत्रको लगानीमा स्थापना भएको उद्योगले आवश्यक मेसिनरी जडान तथा आन्तरिक संरचना निर्माणका लागि करिब २० करोड रुपियाँ लगानी आवश्यक पर्ने भए पनि बैङ्कबाट ऋण नपाउँदा उत्पादनको काम अघि बढ्न नसकेको हो । उद्योगका सञ्चालक तथा अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलका अनुसार उद्योग सञ्चालनका लागि सरकारले वित्तीय सहुलियत तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि व्यवहारमा बैङ्कबाट ऋण प्राप्त हुन सकेको छ
काठमाडौं । भोटेकोसी बाढीमा परी मृत्यु भएका ३५९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार विभिन्न जिल्लाबाट उक्त संख्यामा शव संकलन गरिएको हो ।रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा २, नुवाकोटमा २, चितवनमा १३२, तनहुँमा २२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बाढीपछिको विपद्मा हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको पनि प्रहरीले जनाएको छ ।विपद्मा परेकाको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८ जना प्रहरी कर्मचारी खटिएका छन् । त्यस्तै, बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
इटहरी। बुधवार बिहान अकस्मात् रुपमा रसुवा जिल्ला हुँदै नुवाकोटतिरबाट नारायणीमा मिसिएको बाढी पहिरोमा परेर उदयपुरका ६ जना पुरुष बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न वडाका नागरिकहरु रोजगारीको क्रममा रसुवाका हाइड्रोपावरमा काम गर्नै मजदुरहरु, कोही गोसाईंकुण्ड घुम्न गएका कोही रसुवाको टिमुरेमा नेपाली सेनाको व्यारेकमा कार्यरत कोही माथिल्लो त्रिसुली हाइड्रो पावर ३ बि मा कार्यरत कर्मचारी रहेका छन् । जिल्ला प्रासन कार्यालय उदयपुरले दिएको जानकारी अनुसार रसुवामा आएको बाढी पहिरोबाट पीडित तथा बेपत्ता हुनेहरुमा त्रियुगा नगरपाल
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपद्का घटनासँग सम्बन्धित मानवीय रुपमा संवेदनशील तस्बिर, श्रव्यदृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपिल गरेको छ ।मन्त्रालयले विपद्को विषम परिस्थितिमा सञ्चारमाध्यम तथा आमनागरिकबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले जिम्मेवार र संवेदनशील ढङ्गबाट सूचना सम्प्रेषण गर्न आग्रह गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर राना मगरद्वारा जारी विज्ञप्तिमा विपदबाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी स
काठमाडौं । भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने सम्भावना देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।चीनतर्फबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण गर्दा भदौ १० गते विनाशकारी बाढी आएको स्थानमा नदी थुनिएर ठूलो ताल बनेको देखिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त तालमा पानीको मात्रा निरन्तर बढिरहेको र कुनै पनि बेला ताल फुटेर भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम देखिएको हो। प्रारम्भिक चिनियाँ सूचनाअनुसार छोचेन खोला र पुरेपु साङ्पो नदीको संगम आसपास करिब २० लाख घनमिटर पानी जम्मा भएको ताल ब
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.