इटहरी । प्रेस सेन्टर तेह्रथुमको अध्यक्षमा विरेन्द्र लिम्बु चयन हुनुभएको छ। प्रेस सेन्टर नेपाल तेह्रथुमको छैटौ जिल्ला अधिवेशनबाट पत्रकार लिम्बुलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको हो। बिहीबार जिल्लामा सम्पन्न अधिवेशनले उपाध्यक्ष रुद्रप्रसाद गुराँगाई, सचिवमा सागर पोख्रेल, सहसचिवमा आमोस लिम्बु र विकिता लिम्बु।, कोषाध्यक्षमा अमृत मनोज गौतम चयन हुनुभएको छ। ११ सदस्य रहेको समितिको इन्चार्जमा दिपक कट्टेल र सह इन्चार्जमा बबिता किराती राई चयन हुनुभएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य दुर्गाप्रसाद चापागाईको प्रमुख आथित्यमा आयोजित अधिवेशनमा प्रेस सेन्टरका पदाधिकारी, जनवर्गीय संग
इटहरी । प्रहरीले धरान १३ का ३५ वर्षीय राजकुमार राई, मोरङ उर्लाबारी(२ का ३१ वर्षीय संदिप कटुवाललाई ब्राउनसुगर सहित बुधवार विराटनगर(१५ बाट पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको उनीहरूबाट चेकजाँच गर्दा ३ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ । यसैगरी सोही स्थानबाट पथरीशनिश्चरे १० का ३२ वर्षीय प्रेम बहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ । धरान १७ का २२ वर्षीय पासाङ तामाङ र २४ वर्षीय सुमन राईलाई धरान(१३ अमरहाट अस्थायी प्रहरी चौकीको टोलीले लागुऔषध सहित पक्राउ गरेको छ । उनीहरूबाट
इटहरी । ताप्लेजुङको ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माण गर्नु पर्ने माग अघि सारिएको छ । नेपाल–चीन व्यापार प्रवर्द्धनका लागि सुख्खा बन्दरगाह निर्माण गर्न स्थानीयहरूले माग अघि सारेका हुन् । हाल उक्त नाकामा सडकको पहुँच भइसकेको र उत्तर दक्षिण सीमा जोडिने सबैभन्दा कम दुरीको सडक भएको हुँदा सो नाका सुख्खा बन्दरगाह निर्माण गर्न उचित हुने देखिएको फक्ताङलुङ गाउँपालिका ७ वडा अध्यक्ष छेतेन लामाले बताउनुभयो । उहाँले गत सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै सुख्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन ृडिपिआरे तयार गर्न आग्रह गर्नुभएको छ । ओलाङचुङगोलाको मवाटार क्षेत्रमा सुख्खा बन्दर
इटहरी। धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल ४ वर्षदेखि अलपत्र छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा एक वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन १३ गते १ करोड २१ लख ८६ हजार ८ सय १३ रुपियाँमा वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको थियो । तर ८९ लाख ५० हजार १ सय ७३ रुपियाँ रकम भुक्तानी लिएर निर्माण कम्पनी बेपत्ता भएका छन् । चार वर्ष बित्दासमेत पुल नबन्दा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । यता नियामक निकाय भने ठेकेदारकै पक्षमा उभिएर स्थानीयलाई दुःख दिने गरेको छ । स्थानीयको विरोधपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विक
इटहरी । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सङ्खुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न नपाइने भएकाले उपभोग्य वस्तु वा सेवाको गुणस्तर परीक्षणलाई कार्यालयले तीव्र बनाएको जनाउँदै डिभिजन कार्यालयका अधिकृत आनन्द डङ्गोलले सदरमुकाम खाँदबारीका छ वटा होटल र १३ वटा खाद्य पसलमा अनुगमन गरिएको बताउनुभयो । बरामद गरिएका खाद्य सामग्री आज जिल्ला प्रशासन कार्यालयका साथै घरेलु तथा साना उद्योग कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला प्रहरी कार्यालय
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले दलित समुदायलाई ‘व्यावसायिक सीपमूलक कार्यक्रम’ सुरु गरेको छ । न्यून आय भएकालाई आर्थिक रुपमा सक्षम, उद्यमशीलसँगै आत्मनिर्भर बनाउन कार्यक्रम थालेको हो । गाउँपालिकाले दलित समुदायका सदस्यलाई आत्मनिर्भर बनाउन १५ दिने मुढा बनाउने तालिम सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । आर्थिक रुपमा कमजोर वर्गलाई पालिकाले आयआर्जनका विविध कार्यक्रममा सहभागी गराउन यस्ता सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । पालिकाले महिलाहरुलाई अचार बनाउने, ढाका बुनाइ, सिलाइकटाइ, बेमौसमी सागसब्जीखेती, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालनलगायत कार्यक्रम
इटहरी । प्रहरीकै सेटिङमा भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएको घटना बाहिरिएको छ। राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाको संयुक्त टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीको दुर्गा मन्दिर नजिकैबाट अन्दाजी एक करोड मूल्य बराबरको लत्ताकपडा तथा मोर्टर पार्टस् बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, बोर्डर आउट पोस्ट नकलबन्दा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र नकलबन्दा प्रहरी चौकी लगायतको सेटिङमा तस्करीको लाइन खुलाएर
इटहरी । इलाममा यस वर्षको उत्पादन सुरु हुन थालेको छ । चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा केही उद्योगका लागि पहिलो टिपाइ वा ‘फस्ट फ्लस’ को काम सुरु भएको छ ।बर्सैभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वसाथ लिने गरेका छन् । यस पटक अन्तुको श्रीअन्तु फार्मस् टी प्रालि, कन्याम चिया सहकारी र इलाम नगरपालिका–४ स्थित फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिजले पहिलो टिपाइको चिया प्रशोधन नै गर्न थालेका छन् । साँखेजुङस्थित ग्रिनहिल टी इन्ड्रस्टिजले पनि यही चैत १४ देखि यस वर्षको चिया प्रशोधन सुरु गर्ने जनाएको छ । पहिलो टिपाइको चिया निकै महत्वपूर्ण हुन्
इटहरी। एसियन हाइवेका रूपमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग निर्माण सुरु भएको १३ महिना भइसक्दा पनि १५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन यो सडक २०८० कात्तिक २ गते सम्झौता भई माघ १९ गतेदेखि काम सुरु भएको थियो । आयोजना निर्देशनालय ९एडिबी० का निर्देशक चुडाराज ढकालले यो अवधिमा २० प्रतिशत भौतिक प्रगतिको अपेक्षा गरिएको भए पनि सोचे अनुसार प्रगति नभएको बताउनुभयो । ग्रामीण र जङ्गल क्षेत्रमा लक्ष्य अनुसार नै प्रगति भइरहेको छ तर सहरी क्षेत्रमा विद्युत् पोल र घरटहरा हटाउन धेरै झमेला भइरहेकाले प्रगति सन्तोषजनक नभएको हो । यद्यपि अघिल्ला तीन महिनाभन्दा भौतिक प्
इटहरी । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि हवाई उडान सञ्चालन हुने भएको छ । हवाई उडान ठप्प भएको करिब साढे तीन महिनापछि आगामी शनिबारबाट नियमित हवाई उडान सुरु हुने भएको हो । नेपाल वायु सेवा निगमसँग रहेको दुई वटा जहाज ग्राउण्डेड भएपछि गत मङ्सिर २८ गतेदेखि ताप्लेजुङमा उडान अबरुद्ध भएको थियो । पुस पहिलो साता काठमाडौंबाट जहाज उडे पनि खराब मौसमका कारण बिचबाटै फर्किएको थियो । तत्कालका लागि एउटा जहाजको मर्मत सम्पन्न भएकाले आगामी शनिबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्ने तयारी भइरहेको नेपाल वायु निगम ताप्लेजुङका कर्मचारी कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालका लागि स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.